इटहरी । बिराटनगरको रानीदेखी किमाङथान्का जोड्ने कोशी राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगरपालीकाले शुक्रवार इटहरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्कान सुरु गरेको हो । रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब अभीयानकै रुपमा अगाडी लैजाने बताएका छन । &n
नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटीका अध्यक्ष टिका पराजुलीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्नुअघि माओवादी केन्द्रको इटहरी नगर सचिवालय सदस्यसमेत रहेका पराजुलीले नेकपा माओवादी केन्द्रमा रही राजनीति गरेर जनताले चाहेको परिवर्तन र समाजवादको गन्तव्य प्राप्त गर्न नसकिने भएकाले सो पार्टी आफूले परित्याग गरेको उनले एक विज्ञप्ति जारी गरी बताएका छन् । नेकपा एमालेले अख्तियार गरेको जनता
सुन्दरदुलारी उद्याेग वाणिज्य संघले इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र बिराटनगरका मोहन न्यौपानेकाे निधन प्रती दुख ब्यक्त गरेकाे छ । शुक्रबार एक बिज्ञप्ती जारी गर्दै संघले दुवैकाे असमायिक निधन प्रति श्रद्धाञ्जली प्रकट गर्दै व्यवसायी प्रती सरकारलाइ उत्तरदायी हुन अनुराेध गरिएकाे छ । बैंककाे चर्काे ब्याजदर नीति परिमार्जन गरी व्यवसायीहरूलाइ शान्तकाे बातावरणमा व्यवसाय गर्न दिनुपर्ने संघकाे माग छ । सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन सुन्दरदुलारी उद्याेग वाणिज्य संघ अध्यक्ष जिबन प्रसाद ढुंगाना द्वारा हस
धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्। घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन्। पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन्। 'लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया
झापा । युवा उद्यमी प्रेम आचार्यको सम्झनामा बिर्ताामोड उद्योग वाणिज्य संघले दिप प्रज्ज्वलन गरेर शोक सभा गरेको छ । इलामको सूर्योदय नगरपालिका निवासी आचार्यको निधनले आम ब्यवसायी दुखी भएको भन्दै ब्यवसायीको विषयमा गम्भिर बन्न विर्तामोड उद्योग वाणिज्य संघले सरकारसंग माग गरेको छ । बिर्तामोड स्थित मुक्ति चाोकमा बुधबार साँझ शोक सभाको आयोजना गरेर सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन आग्रह गरेको हो ।आचार्यले कुनै पनि ब्यवसायबाट सफल हुन नसकेको तथा राज्यको नितिकै काारण आफु आत्मदाह गर्न बाध्य भएको भन्दै मंगलबार शरीरमा पेट्रोल खन्याएर संसद भ
तेह्रथुम । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई लायन्स क्लब अफ ईन्द्रपुरद्वारा तेह्रथुमको ओख्रेमा रहेको श्री निसान आधरभुत बिद्यालय र भगवती आधरभुत बिद्यालयमा अधयनरत बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरीका सामाग्री हरु बितरण गरेको छ । उक्त कार्यक्रम छथर गाउँ पालिका अध्यक्षको प्रमुख आतिथ्यमा भएको वितरण कार्यक्रममा लायन्स क्लब ईन्द्र्पुरका अध्यक्ष गोबिन्द प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ईन्द्रपुरका चार्टर प्रेसिडेन्ट उद्योगपति भोलेश्वोर दुलाल,सुन्दरहरैचाका निबर्तमान
इटहरी । उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बिच संघको २३ औ तथा २४ औ साधारण सभा सम्पन्न भएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ को समय कोभिड संक्रमण न्युनीकरण तथा सचेतना अभियान सञ्चालनमा सहयोग गरेको भन्दै इटहरीका विभिन्न संघसंस्थाहरुलाइ सम्मान गरिएको छ । सम्मान हुनेमा होटल व्यवसायी संघ इटहरी,रोटेरी क्लव अफ इ
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा आज बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो ।प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो ।कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए । सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य पछ्याएको कस्त
इटहरी । दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको २२औं स्थापना दिवसको अवसर पारेर इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताहरुले रक्तदान गरेका छन । सहकारीका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा समाजसेवी राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४३ जना महिला पुरुषले रक्तदान गरेका हुन । जाडोको समयमा रक्तदान कार्यक्रमहरु न्युन हुने गरेको तर्फ मध्यनजर गर्दै सहकारीको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नवराज पौडेलले जानकारी दिए ।स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रग
मधेश प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या घट्दै गएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७९÷८० को पुस महिनासम्ममा ३ सय ४७ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष ०७८÷०७९ मा भने ९ सय ८२ जनाले आत्महत्या गरेको थियो ।आव ०७९÷८० मा मधेश प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा बढी धनुषा जिल्लामा ६३ जनाले आत्महत्या गरेका छन् भने सिरहामा ६२,बारामा ५६,महोत्तरीमा ४४,सर्लाही र सप्तरीमा ३६÷३६ जनाले आत्महत्या गरेका छन् भने सबभन्दा कम पर्सा जिल्लामा २४ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । सो मध्ये १ सय ४३ जना पुरुष,१ सय २४ जना महिला तथा ८० जना बालबालिका रहेका छन् । त्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.