इटहरी, एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीले एक गाँउ एक उद्योग स्थापना गरिने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्वर ३ का प्रत्येक एक गाँउमा एक उद्योग स्थापना गरेर बेरोजगारको समस्या हल गर्न सकिने उहाँको भनाई छ । चौधरीले भन्नुभयो “हामीले लगाउने लुगाको टाँक समेत बिदेश बाट ल्याउनुपर्ने अवस्था छ,लुगा कपडा,ज्याकेट लगायत बिदेश बाट ल्याइन्छ,हामी हाम्रै गाँउमा किन उत्पादन नगर्ने ?”। एक गाँउ एक उद्योग स्थापना गर्दा मजदुर,सर्वसाधारण महिला,युवा र पढेलेखेका जनशक्तिले समेत रोजगार बन्न सक्ने उहाँको भनाई छ । भिजनरी नेतृका रुपमा परिचित चौधरीले फरवार्ड माइक्रोफाइनान्स मार्फत देशभरका तीन लाख
इटहरी,नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गर्नु भएको छ । भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर श्वेत पत्र सार्वजनिक गर्नु भएको हो । तीनवर्ष छ महिना सातदिन प्रदेश नं १ को संस्थापकमुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्लाभोजपुरको विकास निर्माणका गरेकाकामहरु श्वेतपत्रमाउल्लेख गरेको बताउनुभयो । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायत का ४सय २४ वटा योजनामा ४ अर्व,९२ करोड,९२ लाखका
सुनसरी । सुनसरी क्षेत्र नं ३ प्रतिनिधीसभा सदस्यकि उम्मेद्वार एमाले नेतृ भगबती चौधरीले आगामी मंसिर ४ गतेको निर्वाचनमा अत्याधिक मत प्रदान गरि बिजयी गराउन मतदाताहरूसंग अपिल गर्नुभएको छ । क्षेत्र नं ३ अन्तरगत सुनसरीको दुहबी नगरपालीका १२ र बर्जु गाउपालीका १ को बिभिन्न गाउहरूमा मत माग्न पुग्नुभएको चौधरीले स्थानीय गाउकै साना साना समस्याहरूलाइ चुनावी एजेन्डा बनाउनुभएको छ । एमाले नेतृ चौधरीले सुनसरी ३ का मतदाताहरूमाझ केहि समय बिताउनुभएको थियो ।सोहि क्रममा त्यस क्षेत्रमा रहेका मतदाताहरूले भोग्दै आइरहेका बिद्यमान समस्याहरू र सामधानको विषयमा पनि छलफल गर्नुभएको थियो ।मत माग्ने क्रममा उहाले मतदाताहरूम
बिर्तामोड । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा लोकतान्त्रिक बाम–गठबन्धनबाट झापा क्षेत्र नं. २ को साझा उम्मेद्वार बनेका हरिकुमार रानाले आदिवासी तथा जनजातीले उठाउँदै आएका मुद्दाहरु लागू गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले बिजयी बनेर सदन पुग्दा दृढका साथ आदिवासी र जनजातीले उठाउँदै आएका पहिचानका मुद्दा लागू गर्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । रानाले पहिचानका मुद्दादेखि लिएर आदिवासी जनजातीका सांस्कृतिक, धार्मिक जस्ता मुद्दाहरु पनि सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् । नेपाल आदिबासी जनजाती महासंघ झापाको आयोजना तथा फोनज झापाको सहकार्यमा शनिवार (आज) बिर्तामोडमा भएको आदिबासी जनज
दुहवी : पटक पटक सांसद मन्त्री भएर समेत विकाश गर्न नसकेको सुनसरी क्षेत्र नम्बर ३ का काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारको आलोचना भएको छ । जनता समाजवादी पार्टी नेपालको सुनसरी ३ को दुहबीमा आयोजित कार्यक्रममा बोल्दै नेताहरूले गच्छदारबाट विकासको आस गर्न नसकिने बताएका हुन् ।सुनसरी ३ का जसपा अध्यक्ष योगेन्द्र प्रसाद मेहेताले पटक पटक स्थानीयहरूबाट अनुमोदित भएर सांसद मन्त्री भए पनि गच्छदारले विकाशको 'माखो' मार्न नसकेको बताए । जसपाका जिल्ला उपाध्यक्ष हरि शंखर कर्णले सुनसरी भरिनै जसपा र एमालेको तालमेलले चुनाव जित्न सहज रहेको बताए ।जसपा केन्द्रीय सदस्यहरू क्रमशः भीम राई, हंस साहा, योषा गुरागाईँले एमाले स
इटहरी : आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी ३ बाट भगवती चौधरी र विजय गच्च्दार मैदानमा छन् । ०७० साल र ०७४ सालको निर्वाचनमा ‘लफडा’ गरेर भगवतीसँग चुनाव जितेका गच्छदार यो पटकपनि मैदानमा छन् ।गच्छदार मैदानमा उमेदवार भएपनि जितेको खण्डमा सांसद भएन हुन पाउदैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ । विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो ।जितेर पनि सांसद हुन नपाउने थाहापाए पछी अहिले स्थानीय मतदाताहरुले गच्छदार विरुद्द बोल्न थालेका छन् । कांग्रेसकै धेरै क्रियाशीलहरु पनि गच्छदा
सुनसरी क्षेत्र न ३ निक्कै चर्चित निर्बाचन क्षेत्र हो बिगत ३१ बर्ष देखि जित्दै आएका बिजय कुमार गच्छदार सङ्ग चुनाबि मैदानमा भगबती चौधरी भिड्दै छिन प्रदेश सभा क्षेत्र नम्बर ३ (ख ) मा एमाले बाट रामदेव यादव छन भने बाम लोकतान्त्रिक गठबन्धन तर्फ नेपालि काङ्रेश बाट बिन्देश्वर यादव छन । शिक्षा ,सीप , रोजगारी , महिला उधयम, सामाजिक बिकास तथा कृषिमा आधुनिकीकरण जस्ता मुख्य एजेण्डा लिएर चुनाबि मैदानमा होमिएका रामदेव यादबको क्षेत्र नम्बर ३ (ख ) मा बिजय कुमार गच्छदारको भन्दा बढि चर्चा छ । लगातार जिताए पनि आफ्नो आबस्था उस्तै रहेको र अबस्था परिबर्तन गर्न नेतृत्व नै परिबर्तन गर्नु पर्ने बताउछन बर
इटहरी । प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा सो संख्यामा महिलाहरूले गर्भपतन गराएको पाइएको हो ।सरकारी रिपोर्ट अनुसार ७ वर्ष देखि १९ वर्ष सम्मका किशोरिहरुले बिभिन्न स्वास्थ्य सस्थाबाट गर्भपतनको सेवा लिएको देखिएको छ । गर्भपतनको सेवा लिनेहरु अधिकाशं २० वर्ष भन्दा मुनिका छन् ।नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् । सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरु मध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन् । नेपालको ऐन, निय
इटहरी । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।
काठमाडाैं। पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए ।सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.