नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीद्धारा मानव धर्मका प्रणेता सतपालजीको ७२ औ जन्मोत्सव एक कार्यक्रम गरी मनाइएको छ । शुक्रवार इटहरी स्थित संस्थाको आश्रममा वृहत सत्संग कार्यक्रम गरी सतपालजीको ७२ औँ जन्मोत्सव मनाइएको हो । आश्रम प्रभारी महात्मा नन्दनी बाइजीको अध्यक्षतामा आयोजीत कार्यक्रममा आध्यात्मीक प्रवचन,भजन साथै सांस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । सोही कार्यक्रमका बीच समाजमा भइरहेका सामाजीक तथा आध्यात्मीक गतिविधिहरु पत्रपत्रीका तथा सञ्चार माध्यमबाट जनमानसमा पुर्याउन योगदान गरेको भन्दै संचारकर्मी हरु बिकल पौडेल, बिकल रेग्मी, साथै बिबेक बिवश रेग्मीलाइ सम्मान गरीएको थिय
इटहरी । सुनसरीको इटहरीमा सञ्चालित सिबी कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रमको आयोजना गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा १२ का विद्यार्थीहरुले ११ मा अध्यनरत विद्यार्थीलाई स्वागत गरेको हो । सिवी कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री तथा प्रदेश प्रवक्ता उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक नृत्य तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैबीच कलेजले बिभीन्न समयमा आयोजना गरेको अतिरिक्त कार्यक्रम तथा अन
स्वास्थ्य बिमाकाबारे नागरिकलाई अझै पनि राम्रो सँग जानकार छैनन् । बिमाकाबारे ज्ञान नहुँदा राज्यदिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । बिमाको बारे कमै मात्र ज्ञान छ र बिमा पनि कमै गरेका छन । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सयले वार्षिक १ लाख बराबरको स्वास्थ्यबिमा गराउँदै आएका छ । वर्षमा ३५ सय तिर्न नै सकेकाकारण स्वास्थ्य उपचारमा लाखौं खर्च गर्न बाध्यभई रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिकाभित्रका सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गराउने भएको छ । नागरिक सँगै प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउने उद्देश्यका गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्यबिमामा स
इटहरी : अवैध रूपमा नेटवर्किङ व्यवसाय चलाउने सक्रिय एक समूहलाई प्रहरीले इटहरीमा पक्राउ गरेको छ । ग्लोबल ओरियन्स कम्पनीको नाममा नेटवर्किङ व्यवसाय चलाउने गिरोहका ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उक्त कम्पनीले केही महिना देखि इटहरी उपमहानगरपालिका वडा नम्बर ९ साथी पेट्रोल पम्प पछाडि एक घरमा कोठा भाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको थियो । गोप्य सूचनाका आधारमा आज (सोमबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध नेटवर्किङ चलाउने मुख्य मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई र सुन्दरहरैँचा नगरपालिका घर भएका
इटहरी । संविधान दिवस २०७९ को सन्दर्भमा राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगरकमिटि द्वारा इटहरी उप-महानगरपालिका परिसरमा दिप प्रज्ज्वलन गरिएको छ । राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष जितेन्द्र थापा , नेकपा एमाले इटहरी उप-महानगर कमिटि अध्यक्ष याम सुब्बा, राष्ट्रिय युवा संघ सुनसरी जिल्ला अध्यक्ष सुजन लामा , युथ फोर्स नेपाल सुनसरी अध्यक्ष रोशन सिं लामा युवा नेत्री रन्जु सिग्देल, मन्दिरा भट्टराई,यमुना चापागाईं लगायत स
सुन्दरहरैचा । संविधान दिवसको सन्दर्भमा सुन्दरहरैचामा दिप प्रज्ज्वलन गरिएको छ । विराटचौक बजार चौक मा र सुन्दरहरैचा नगरपालिकाको कार्यालयमा दिप प्रज्ज्वलन गरेर संविधान दिवस मनाइएको हो । सुन्दरहरैचा स्थित विराटचौकमा पहिलो पाहिला नेपाल र सुन्दरहरैचा नगरपालिकाको कार्यालय परिसरमा नगरपालिकाको आयोजनामा दिप प्रज्ज्वलन गरिएको हो । दिप प्रज्ज्वलन कार्यक्रमममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकलीदेवी चौधरी, वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल लगायत स्थानिय समाजसेबी, बुद्धिजिबी व्यक्तीहरुको
इटहरी । सुनसरी इटहरीमा विगत तीन वर्ष देखि रमाइलो मेला सञ्चालन हुन नसकिरहेको समयमा यस वर्ष भने दशैं तिहारको अवसर पारेर रमाइलो मेला लगाइने भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयमा हरेक वर्ष वनाइने दुर्गा पुजा स्थल नजिकै रमाइलो मेला सञ्चालन गर्ने तयारी गरिएको हो । इटहरी फुटवल क्लवको आयोजनामा चाडपर्वको अवसर पारेर असोज १० गते देखि रमाइलो मेला सञ्चालन गर्न लागिएको मेला सञ्चालक कपिल गुरुगंले जानकारी दिए । उनले विगत तीन वर्ष देखि इटहरीमा मेला सञ्चालन नभईरहेको अवस्थामा आफुहरुले मेला सञ्चालन गर्न लागेको समेत वताए ।इटहरीमा विगत एक दशक अघि देखि साम
इटहरी । चाडबाडको समयमा बजारमा खाने तेलको मूल्य सस्तिएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । सरकारले तेलको कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने निर्णयको सकारात्मक असर उपभोक्ता मूल्यमा देखिएको हो । सरकारले लगाउँदै आएको भन्सार महसुल घटाउने निर्णयसँगै विश्व बजारमा तेलको कच्चा पदार्थको मूल्यमा भारी गिरावट आएका कारण पनि नेपाली बजारमा तेलको भाउ सस्तिएको हो ।जेठ–असार महिनामा खाने तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । त्यसबेला प्रति १० लिटर सोयाविन तेलको फ्याक्ट्री मूल्य २५०० रुपैयाँ र उपभोक्ता मूल्य ३३० रुपैयाँभन्दा बढी पुगेको थियो । आइतबार सोयाविनको तेलको फ्याक्ट्री मूल्
इटहरी । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालका ९३ जना प्रदेशसभा सदस्यमध्ये ३३ जनाले सत्तामा पुगेर सरकार चलाउने अवसर प्राप्त गरेका छन् । प्रदेश १ मा हाल १४ सदस्यीय मन्त्रीमण्डल मौज्जुदा छ । प्रदेशसभाको ५ वर्षे कार्यकाल सकिएसँगै यो कार्यकालमा ७ पटक प्रदेशको मन्त्रीमण्डल पुनःगठन तथा विस्तार भयो ।प्रदेशमा मन्त्रीको संख्या धेरै बनाउने पार्टी नेकपा एमाले बन्यो । एमालेबाट प्रदेश १ मा २ जना मुख्यमन्त्री र १६ जना मन्त्री बने । एमालेबाट शेरधन राई र भीम आचार्य मुख्यमन्त्री बने भने १६ जना मन्त्री भएका थिए । यस्तै नेपाली काँग्रेसबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ४ जना, नेकपा (एकीकृत समाजवादी)बाट एक मुख्यम
भोजपुर । भोजपुरमा आत्महत्याका घटना हरेक वर्ष बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरी कार्ययोजना–२०७९ अन्तर्गत आज (आइतबार) सुरु आत्महत्या न्युनीकरण कार्यक्रमअनुसार भोजपुर प्रहरीले थालेको सचेतना अभियानक्रममा यस्तो जानकारी गराइएको हो । आत्महत्याका घटना निरुत्साहित गर्ने उद्देश्यले प्रहरीले सचेतना अभियान सुरु गरेको हो । यो कार्यक्रम देशभर आजसुरु भएको हो । आत्महत्या न्यूनीकरणका लागि प्रहरीले जिल्ला सदरमुकाममा विद्यार्थी र सरोकारवाला निकायसहित करिब नौ सय जनाको सहभागितामा कार्यक्रम गरेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक नितेशकुमार सिंहले भोजपुरमा आत्महत्या
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.