बिराटनगर \ महालक्ष्मी जीवन बिमाले आफ्नो चौथो बार्सिक उत्सब बिराटनगर ४ कन्चनबारी स्थिति शुभ पार्टी प्यालेसमा सम्पन्न गरेको छ। ''प्रत्येक नेपालिको घरघरमा पुगि सुखि नेपाली र समृद्ध नेपाल बनाउन का साथै बच्चाको सुनिश्चित भबिश्य,युवाको लक्ष्य प्राप्ति , बयस्कहरूको आर्थिक सुरक्षा, बृद्ध बृद्धाको लागी बुढेसकालको सारथि बन्ने'' उद्देश्य रहेको कार्यक्रमका सभापति बिराटनगर शाखा प्रमुख तथा उप-क्षेत्रीय प्रबन्धक हिरा निराैलाले बताए | कार्यक्रममा उत्कृष्ट एजेन्सी मेनेजर हरु धिरेन्द्र यादव, सरोज पौडेल,समि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
इटहरी । मानिसहरुको उपचारका लागि आवश्यक पर्ने रगत पुर्वका स्वास्थ्य संस्थाहरुमा अभाव भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा इटहरी लेडि जेसिजको रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इटहरी लेडि जेसिजको जेसिज सप्ताह अन्तरगत दोस्रो कार्यक्रम रक्तदान कार्यक्रम आयोजना गरिएको हो । इटहरी लेडि जेसिजकी अध्यक्ष दुर्गा ख्डका आचार्यको अध्यक्षता तथा युमुना वुढाथोकीको संयाजकत्वमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानको प्राविधिक रहेको थियो । अहिलेको समयमा रगत अभाव भईर
इटहरी । पेट्रोलिय पद्धार्थको मुल्य दिनप्रतिदिन वढी रहेको समयमा नेपालमा विद्युतिय सवारी साधनको प्रयोग वढी रहेको छ । यही क्रममा सुनसरीको इटहरीमा नव दुर्गा ग्रुपले लुयान कम्पनीको इस्कटर विक्री सुरु गरेको छ । नव दुर्गा ग्रुपले सञ्चालनमा ल्याएको ईस्कुटरको बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले एक कार्यक्रमका विच उद्घाटन गरेकी हुन । लुयान कम्पनीको इस्कुटर एक पटक गरिएको चार्जले ८० किलोमिटर माइलेज दिने र प्रति घण्टा ७० किलोमिटर स्पीड सम्म चलाउन सकिने स्कुटरको विक्री सुरु गरिएको हो । नव दुर्गा ग्रुपका चार जना युवाहरुले विभिन्न व
इटहरी । इटहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्धेश्यले ट्राफिक प्रहरीलाई नो पाकिंगका साइबोर्ड उपलव्ध गराइएको छ । केटिएम बबलटी इटहरीले उपलव्ध गराएको ८ थान नो पाकिगंका साइन बोर्ड बुल्स इलेभेलनको संयोजनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले प्रदेश ट्राफिक प्रहरी इटहरीलाई हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरपालिकाको मुख्य चौक क्षेत्रको तिन सय मिटर क्षेत्रफलमा पार्किगं गर्न नपाइने गरी नगरक्षेत्रलाई व्यवस्थित वनाउने काम भई रहेकोमा आफनो तर्फबाट पनि केही सहयोग पुगोस भन्ने उद्धेश्यले साइनवोर्ड उपलव्ध गराइएको केटिएम बबलटीक
इटहरी । कोशी भिजन फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म अभियानको पहिलो प्रिमियर शो इटहरीमा गरिएको छ । किपटको कथामा आधारित लाखमान योञ्जनकोे लेखक, निर्देशक तथा निर्माण रहेको फिल्म अभियान प्रदेश नम्बर १का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यमा पहिलो प्रिमियर गरिएको हो । इलाइट सिनेमा हलमा प्रिमियर शो मा प्रदेश १ का सामाजिक विकास मन्त्री राई सहित प्रदेश सभा सदस्य सर्वध्वज सावा र आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राममान्डुप राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । शो अघिको औपचारिक कार्यक्रमको आयोजना गरी फिल्म निर
सुन्दरहरैँचा। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ। उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज बिहान १० बजेर २५ मिनेटमा विराटनगरमा निधन भएको छ ।स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगर स्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा केही समय राखी आजै अन्तिम संस्कारका लागि भोजपुर हेलिकोप्टरबाट लगिएको छ । उहाँको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । वि .
१९ भदौ, सुनसरी । नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ । सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।भ्रष्टाचारको आरोपमा अदाल
सुन्दरहरैँचा l सुन्दरहरैंचा न.पा. १० मा रहेको पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रो वार्षिक साधारण सभा विराटचोकको पानस पार्टी प्यालेमा २०७९ भदौ १८ गते शनिवार, भव्य रुपमा सम्पन्न भएको छ।पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि का सेयर सदस्य तथा बचतकर्ताहरुको बृहत सहभागिता रहेको उक्त सभामा संस्थाका अध्यक्ष श्री शिवलाल कटुवाको सभा अध्यक्षतामा र मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष श्री सोम प्र.निरौलाको प्रमुख आतिथ्यमा पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को सोह्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
इटहरी । मेची महाकाली बुहारी सयुंक्त आवाजले महिला हिंसाबिरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।इटहरीमा आइतबार भएको बुहारी आवाजको तेस्रो वार्षिक उत्सवले महिला तथा वालबालिकाको हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मेची महाकाली बुहारी सयुंक्त आवाज नेपाल ४८ जिल्लामा संगठित छ । सवै जिल्लामा अभियान सशक्त बनाउने निर्णय गरिएको छ।संस्थाकी केन्द्रीय अध्यक्ष यामु शर्मा सुब्बाले अनलाइनमार्फत् अमेरिकाबाट समारोहलाइ सम्बोधन गर्दै महिलाहरु न्यायिक ढिलासुस्तीको सिकार भइरहेको बताइन् । समारोहका विशिष्ट अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानले दिएको स्वतन्त्रताको हक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.