विराटनगर । मोरङको बेलबारी नगरपालिकाका मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी भएको छ।राप्रपाका मेयर उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख शान्तिराज कोइरालाले शुक्रबार बिहान करिब २ बजे आगजनी भएको जानकारी दिए।उक्त घटनामा शंकास्पद एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डे रहेका छन् ।आगजनीको खबर पाएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गौतमको घर पुगेको थियो। पाण्डेले पेट्रोल छर्किएर कारको अगाडि र पछाडिको भागमा
काठमाडौँ । गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले टेकुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी रहेका छन् ।काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक वा वित्तीय संस्था
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो।सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ। शिक्षा तथा मानव सोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले अधिकांश विद्यालय मतदान
इटहरी : मोरङका सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि बम जस्तो शङ्कास्पद बस्तु फेला परेको छ।सुन्दरहरैंचा-११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकर बम जस्तो शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उक्त स्थानमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ।
इटहरी / स्थानिय निर्वाचनको मिती नजिकिदै गर्दा सुनसरीको इटहरीमा चुनावी माहोल तातिदै गएको छ । बिभिन्न राजनीतिक दलहरुले आ आफ्नो एजेण्डाहरु बोकेर घरदैलो अभियानलाइ तिब्रता दिदै आएका छन् । यसैबिच नेकपा एमालेले पनि स्थानिय निर्वाचनमा जित हाशिल गर्न यतिबेला चुनावि एजेण्डा सहित जनताको घरदैलो अभियानलाइ तिब्रता दिदै आएको छ ।इटहरीको वातावरणिय अवस्था, भौगलिक समस्या, पूर्वाधार बिकाशका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेकपा एमालेबाट इटहरीमा मेयरकालागि यामकुमार सुब्बा उपमेयरमा संगिता चौधरी लगायत २० वटै वडाका वडाध्यक्ष देखि सदस्यहरु सम्म घरदैलो अभियानमा ब्यस्त देखिएका छन ।नगरवासिको आयआर्जनमा सहज वनाउने र घ
सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र रातभरको वर्षाका कारण डुबानमा परेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको छ । सभाका लागि अघिल्लो दिन नै तयार पारिएका मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् । अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै चितवन आएर भरतपुर बसेका छन् ।आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,
जिल्लामा नेकपा एमालेले तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ। स्थानीय तह निर्वाचनको दौरानमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेको, पार्टी हित विपरीत लागेको लगायत आरोप लगाउँदै उनीहरूलाई निष्कासन गरिएको हो । भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईं पार्टी निष्कासनमा परेका हुन् । उनीहरू तीनैजना मेचीनगर नगरपालिकाका स्थानीय एमाले नेता हुन् । पार्टीका नगर अध्यक्ष राजु पोखरेलले बिहीबार विज्ञप्ति निकालेर उनीहरूलाई निष्कासन गरेका हुन् । मेचीनगर–२ का वडाध्यक्षका एमाले उम्मेदवार दिपक बराललाई हराउन लागेको आरोप उनीहरूउपर लगाइएको छ। उनीहरूले स्वतन्त्र उम्मेदवारको पक
इटहरी । भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो । चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय स
इटहरी / नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओली आगामी २४ गते इटहरी आउने भएका छन् । नेकपा (एमाले) इटहरी उपमहानगर कमिटिले आयोजना गर्ने स्थानीय निर्वाचन लक्षित आससभालाई सम्बोधन गर्न उनी इटहरी आउने लागेका कार्यक्रम संयोजक एवम् एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतमले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएकी हुन् ।निर्वाचन आयोगको आचारसंहिताका कारण सार्वजनीक स्थल, विद्यालयका खुल्ला चौर र अन्य सरकारी कार्यालयका सभाहलमा कार्यक्रम गर्न नमिल्ने भएकाले साथी पेट्रोल पम्पको पछाडी रहेको व्यक्तिको जग्गामा कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक गौतमले जानकारी दिइन्।कार्यक्रमका लागि जिल्ला प्रशासन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.