स्थानीय तह निर्वाचनका लागि सुन्दरहरैंचा नगरपालिका वडा ९ मा अध्यक्ष तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश श्रेष्ठले उमेद्वावारी दिएका छन् । बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका तरुण सभापति समेत रहेका श्रेष्ठले वडाध्यक्ष पदमा सोमवार उमेद्वारी दर्ता गराएका थिए ।खेल जिवनबाट राजनितिमा प्रवेश गरेका विभिन्न जातजाति ,धर्म संस्कृतिको धनी रहेको यो वडालाई नमुना वडाको रुपमा बिकास गर्न, इन्द्रपुर रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउने लक्ष्य बोकेका छन।आफ्नो वडामा सुकुम्बासी समस्या समाधान गर्न ब्यबस्थित बसोबासको निर्माण, कृषि बजारलाई ब्यबस्थित गर्ने, स्वरोजगार बन्न तालिम, भष्ट्राचार रहितको
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर सधैं चर्चित रहने गर्छ। सबभन्दा ठूलो महानगर, त्यसमाथि मुलुकको राजधानी अनि सम्पदा र वैभवको नगरी काठमाडौंको राजनीतिक नेतृत्व कसको हातमा जान्छ भन्ने चर्चा र चासो स्वाभाविक हो।त्यसमाथि दुई प्रमुख दल एमाले र कांग्रेसले मेयरका रूपमा ‘हाइ प्रोफाइल’ उम्मेदवार उठाएपछि काठमाडौंको चुनावमा झनै चासो बढेको छ। एमालेले केशव स्थापित र कांग्रेसले सिर्जना सिंहलाई मेयरमा उठाएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएर एमालेका विद्यासुन्दर शाक्य मेयर विजयी भएका थिए।सिर्जना सि
विराटनगर : आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा नेकपा एमाले विराटनगर महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । आफ्ना सिमानाका दुई नदिहरुलाई व्यवस्थित गरी डुङ्गा चलाउन योग्यको बनाउने प्रतिबद्धता एमालेले जारी गरेको हो । बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा एमालेले विराटनगरका दुई सीमा नदीहरूमा डुङ्गा चलाउन सक्ने गरिको खोलालाई व्यवस्थित गर्ने जनाएको छ । दुई खोलालाई हरियाली पार्कसहित नदीमा तटबन्ध गरेर डुङ्गा सञ्चालन गर्ने र माछा पालन गर्ने प्रतिबद्धता एमालेको छ । डुङ्गा सञ्चालन गर्ने र माछा पालन सँगै दुई वटै खोला किनारमा पार्क निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।एमालेले विपन्न
काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा के हुन्छ भन्ने धेरैको चासो छ । किनकी शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले स्कुल र कलेजहरु पनि सरकारी कार्यालय जस्तै दुई दिन बन्द हुने बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने लगातार २ दिन ओपीडी सेवा बन्द नगर्ने पक्षमा छ । अन्य सरकारी सेवा सातामा दुई दिन बन्द भएपनि आइतबार अस्पतालका ओपीडी बन्द नगर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडा बताउँछन् ।स्वास्थ्य सेवा अन्य सेवा जस्तो हुँदैन । सातामा दुई दिन कुनै हालतमा ओपीडी बन्द गर्न मिल्दैन,’ मन्त्री खतिवडाले अनलाइनखबरसँग
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामधुनीले बिभिन्न बडामा घरदैलो अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारीको नेतृत्वमा घरदैलो अभियान हिजो देखी सुरु गरेको हो ।घरदैलो अभियानलाई निरन्तरता दिदै मेयर पदका उम्मेदवार अधिकारी सहित उम्मेदवारहरू आसन्न स्थानीय तहको निर्वाचनका सम्म घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका नगर प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारी, उपप्रमुख पदका लागि उम्मेदवार
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार अप्रेसन फ्लाइटका लागि निगमको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्नेछ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किनेछ ।विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथ
काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधवार एक सूचना जारी गर्दै वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो ।आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजना छ । कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ ।ईपीएस अन
इटहरी : आसन्न स्थानीय तहको निर्वाचनको चुनावी अभियानको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मङ्गलवार झापा आएका छन् । एमाले झापाका अध्यक्ष दीपक कार्कीका अनुसार आज (बिहीबार) तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए । उनले स्थानीय तह निर्वाचनको सङ्घारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
विराटनगर | प्रदेश १ मा निर्वाचन सामग्री व्यवस्थापनको काम तीव्र पारिएको छ। नजिकिदै गरेको स्थानीय निर्वाचनका लागि सम्बन्धित मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको काम थालिएको हो । मतदान केन्द्रमा मतपेटिका, मतदाता नामावली र परिचयपत्र, स्वस्तिक छाप, रवर स्ट्याम्प, सुरक्षण शील, मतपेटिकामा टाँस्ने स्टिकर लगायत ५८ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। निर्वाचन सामग्री सम्बन्धित केन्द्रका मतदान अधिकृतले बुझेर लैजाने छन् । कार्यालयका अनुसार स्थानीय तहका मतदान केन्द्रमा वैशाख २७ गतेसम्ममा निर्वाचन सामग्री पुर्याइने छ । हाल मतदान के
रात्रिकालीन उडानयोग्य पूर्व भद्रपुरदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थलमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ। नियामक प्राधिकरणले आजबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घन्टा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका यी विमानस्थलहरू आजबाट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएका हन्। यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ। प्रादेशिक रूपमा आर्थिक गतिविधि बढ्नेछन्। उडान चापले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.