इटहरी / इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरूमा आज शोक बिदा गरिएको छ । उपमहानगरपालालिका परिसरमा बिहान शोक सभा गरेर शोक बिदा दिइएको हो । चौधरी परिवारले तत्कालिन इटहरी गाँउपञ्चायत रहँदै करिब तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंसा गरे । उनले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने
धरान : धरानमा माघ १ गते चर्चित गायक राजेश पायल राईको कन्सर्ट र फेसन सो आयोजना हुने भएको छ। कार्यक्रम नेपाल आइस नेचुराको प्रस्तुतिमा हुन लागेको हो।'बागिना फेसन सो एण्ड म्युजिकल नाइट २०७८' नाम दिइएको कार्यक्रममा राई इज किङ’ ले परिचित राजेशको कन्सर्टसँगै फेसन सो पनि आयोजना हुने आयोजक बागिना कला केन्द्र धरानले जनाएको छ । धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ।माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते शनिवारका दिन उनको प्रस्तुतिसँगै गायक राकेश किराँती, परेश राई, उल्टो साइकल यात्री चित्रकुमार कार्कीलगायतको प्रस्तुतिसँगै फेसन शोको मज्जा पनि लिन सकिने आयोजक बागिना कला
विराटनगर / बैंकिंङ् कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुइँटेल रहेका छन् । लुइँटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।प्रतिवादी सिताराम लुइँटेल भएको बैंकिंङ् कसुरको मुद्दामा उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.– ८१७४ मा कैद जर
विराटनगर / ब्लेडले आफ्नै घाँटी काट्दा विराटनगर महानगरपालिका–१५ का एक जना पुरुष गम्भीर घाइते भएका छन् । विराटनगर–१५ का ५० वर्षीय बलराम चौधरीले आज (बिहीबार) बिहान ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जनाएको छ । घाँटी काटेपछि गम्भीर घाइते भएका उनको उपचार जारी छ । उपचारका लागि कोसी अस्पताल ल्याइएका चौधरीलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ब्लेडले काटेको ठाउँबाट रगत बगिरहेको छ । घाँटी काटेर चौधरीले आत्महत्याको प्रयास गरेको हुन सक्ने उनले बताए । चौधरीले आफ्नै घाँटी काट्नुपर्ने कारण खुल्न बाँकी रहेको र घटना
वि.सं. २०७८ माघ २० गते बिहीवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, चन्द्रोदय : बिहान ०८:०७ बजे र चन्द्रास्त : साँझ ०६:५५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५९ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, माघ शुक्लपक्षको द्वितीया तिथि, बिहान ०८:२७ बजेसम्म, त्यसपछि तृतीया तिथि, शतभिषा नक्षत्र, बेलुका ०७:१६
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ स्थित श्री शिबपाञ्चायन मन्दिर द्वारा निर्माणाधीन सामुदायिक भवनको नगरपालिका नगरप्रमुख शिबप्रसाद ढकाल द्वारा अबलोकन । मन्दिर र भबनको वारेमा जानकारी गराउँदै मन्दिरका अध्यक्ष पोष्टकुमार श्रेष्ठ र भबन निर्माण समितिका सचिब बलभद्र बिष्ट ।
गर्मीको समयमा शरीरलाइ बढी पानीको मात्रा आबस्यक हुन्छ l हामीहरुलाई थाहै पनि छ तापक्रम बढ्दै जादा शरिरबाट धेरै पसिना आउने हुन्छ र त्यसलाई सन्तुलन गर्नको लागि टन्न पानी पिउनु पर्छ तर हामी मध्ये धेरै जनालाई पानी पिउन मन पर्दैन l आज हामी तपाइँहरुलाई ती खानेकुराहरुको बारेमा जानकारी दिदैछौ जुनले तपाइको शरीरमा पानीको मात्रा कायम गर्न सघाउ पुग्छ l काँक्रो: काँक्रोमा एकदमै धेरै पानीको मात्रा हुन्छ l काँक्रोलाइ धेरै तरिकाले खान सकिन्छ, सलाद्को रुपमा खानासंग वा अरु कुनै बेला l मुला: यसमा एन्टी-ओक्सिड्यान्ट गुण हुन्छ र गर्मीको बेलामा सलाद्को रुपमा खान ठिक मानिन्छ टमाटर: टमाटरमा ९४ % पानीको म
पाँच वर्षभन्दा कम उमेरका बच्चाको मृत्यु दरमा ७० प्रतिशत भन्दा बढी बच्चाहरुको मृत्यु निमोनियाँ, झाडापखाला, मलेरिया, दादुरा र कुपोषणका कारणले हुने गर्दछ । स्वास्थ्य कार्यकर्ताहरुले स्वास्थ्य केन्द्रहरुमा यी रोग लागेका बच्चाहरुको राम्रोसँग हेरविचार गरी मृत्यु हुने कारणबाट बचाउने सरल र प्रभावकारी उपायहरु गर्न सक्छन् ।विश्व स्वास्थ्य संगठन र युनिसेफले यस्ता अवस्थामा गर्नुपर्ने उपायहरुका बारेमा अपनाउनुपर्ने छुट्टाछुट्टै रुपमा प्रकाशित कार्य विधिहरु एउटैमा समावेश गरेका छन् । साथै हालसम्म पत्ता लागेका उच्चतम प्राविधिक तथ्यहरुलाई पनि यसमा समावेश गरी प्रयोगमा ल्याएको छ ।विश्व स्वास्थ्य संगठनको प्रतिवेदन
उदयपुर / उदयपुरमा बुधबार साँझ टिपरको ठक्करबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।कटारी नगरपालिका–३ मा बा ३ ख ४४१६ नम्बरको टिपरले ठक्कर दिँदा कटारी–३ का ७२ वर्षीय जिनिलाल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ७ः५० बजेतिर टिपरले ठक्कर दिँदा ठाकुरको घटनास्थलमै मृत्यु भएको हो ।
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा एक जना बालिका बलात्कृत भएकी छन् । स्थानीय ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ललाईफकाई घरनजिकको बाँसघारीमा लगेर चौधरीले बालिकालाई बलात्कार गरेका हुन् । घटना बाहिरिएपछि प्रहरीले बालिका बलात्कारमा संलग्न चौधरीलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए । बलात्कार पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.