सुनसरी/ सुनसरीको इटहरीस्थित पूर्वलाईनमा रहेको बेदान्त हस्पिटलले अप्रेशन सेवा बिस्तार गरेसँगै सेवाग्राहीको संख्यामा उल्लेख्य बृद्दि भएको छ। बेदान्तमा माइनर तथा मेजर अपरेसन शुरु गरेपछी शल्यक्रियाका लागि बिरामीहरु बढेका हुन्।बरिष्ठ हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.रोविन श्रेष्ठ र डा.धिराज सिंहसहित टिम र बरिष्ठ सर्जरी बिशेषज्ञमा डा.रबि सिंह र डा.सुमित अग्रवालले अप्रेसन सेवा प्रदान गर्न शुरु गरेको बेदान्त हस्पिटलका प्रबन्ध निर्देशक ईन्द्र श्रेष्ठ जानकारी दिएका छन्।प्रबन्ध निर्देशक श्रेष्ठले बरिष्ठ हाडजोर्नी तथा नशा रोग सम्बन्धि बिशेषज्ञद्वारा C-arm machine प्रबिधीबाट भाँचिएको हड्डिह
इटहरी । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०० औं जन्मजयन्ती सुनसरीको इटहरीमा नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती समारोहको आयोजना गरी मनाइएको छ। नेपाल एकीकरणको ऐतिहासिक पाटोको स्मरण गर्दै वि.सं. २०६९ साल देखि हरेक वर्ष इटहरीमा पौष २७ गते नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती मनाउदै आए बमोजिम यस वर्ष पनि औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।सन्तवहादुर डुम्जनको संयोजकत्वमा नेपाल एकीकरण तथा ३००औं पृथ्वी जयन्ती समारोह गठन गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरिएयो । समारोह संयोजक डुम्जनको अध्यक्षता तथा प्रा.डा.राजाराम सुवेदीे प्रमुख वक्ताका रुपमा आयोजना गरिएको कार्यक्रममा प्
काठमाडौं । बालबालिकाको पेटमा प्रायः समस्या भइरहन्छ । उनीहरु कहिले ‘पेट दुख्यो’ भन्छन् त कहिले ‘पेट ढुस्स भयो’ भन्छन् । कहिले पातलो दिसा त कहिले चुर्ना परेर हैरान । बालबालिकाले ‘पेट दुख्यो’ भन्नु सामान्य हो । कहिलेकाही यस्तो समस्या विभिन्न रोगको संकेत हुनसक्छ । खराब तथा गलत खानपानका कारण पनि बालबालिकालाई पेटको समस्या हुने गर्छ । आखिर बालबालिकामा पेटको समस्या किन हुन्छ ? यहाँ केही कारण दिइएको छ ।आन्द्राको समस्याबालबालिकामा आन्द्रा सम्बन्धि समस्या भएमा पेट दुख्ने गर्छ । त्यस्तै, ‘इरिटेबल बाउल सिन्ड्रोम’ भएमा उनीहरुमा कब्जियतको समस्या हुन्छ, जसले गर्दा पेटमा पिडा हुने गर्छ ।संक्रमणविभिन्न खाले बैक
सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि, कुनै पनि महिलामा पछिल्लोपटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी अवस्थाको संज्ञा दिइन्छ ।महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । महिनावारी शुरु भएको एक–दुई वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ । नियमित महिनावारी
इटहरी । नेकपा एमाले सुनसरीको नयाँ नेतृत्वका लागि सदरमुकाम इनरुवामा भएको सातौँ अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनको मतगणना जारी छ। १७३ मत गणना हुँदा पोखरेलले ७६ मत ल्याएका छन् भने भण्डारी ८७ मत ल्याउन सफल भएका छन्। यता चौधरीले १० मत मात्र ल्याएका छन् ।उपाध्यक्षमा बराहक्षेत्रमा मेयर निलम खनालले अग्रता लिएंका छन् ।अहिले सम्म १७३ मत गणना गरीसकिएको र भोलि बिहान १०:३० बजे देखि बाकी मतगणना गर्ने गरि स्थगित भएको छ। हाल सम्मको मत परिणाम:-अध्यक्ष १) खेमराज पोखरेल ७६२) द्वारिकलाल चौधरी १०३) रेवतीरमण भण्डारी ८७उपाध्यक्ष १) नन्द बस्नेत ६९२) निलम खनाल १०
इटहरी । इटहरी आसपासका उपभोक्तालाई लक्षीत गर्दै भिभो मोबाईलको सर्भीस सेन्टर खुलेको छ । इटहरीको सेन्ट्रल प्लाजामा पुर्वी नेपालकै उत्कृष्ट सर्भीस सेन्टरको सुरुवात भएको हो । मंगलबार एक कार्यक्रमका बिच सर्भीस सेन्टरको उद्धघाटन गरिएको छ । पुर्वी नेपालकै उत्कृष्ट विक्रेता हरिभक्त श्रेष्ठ र इटहरी एरिया वितरक रोशन ढकालले संयुक्त रुपमा रिवन काटेर सेन्टरको उद्धघाटन गरेका हुन् । कार्यक्रममा विक्रेताहरुलाई भिभोको इतिहास, सर्भीस पोलीसी र एसोसिरीजको बिषयमा सर्भीस म्यानेजर अल्बर्ट राईले जानकारी गराए । उनका अनुसार बिगत ४ बर्षदेखी बजारमा उपलब्ध हूँदै आएको भिभो मोबाईलमा नगन्य समस्या रहेको उनले बताए ।&n
सुनसरी/नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशन अन्तरगत जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्न मतदान भएको छ । इनरुवा नगरपालिका-१ स्थित जेल फिल्डको मतदान केन्द्रमा मंगलवार मतदान सम्पन्न भएको हो । मंगलवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशनको नेतृत्वको लागि कडा प्रतिस्पर्धाकाबीच चुनाव सम्पन्न भएको छ । कार्यतालिका अनुसार मतदान केन्द्रमा चुनाव सम्पन्न भएलगत्तै मतगणना शुरु भएको थियो । मतगणना शुरु भएपनि मतगणनाको अन्तिम परिणाम भोलि (बुधबार) सार्वजनिक हुने श्रोतले जनाएको छ ।
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ५ को बाँसबारी चोकमा लायन्स क्लब अफ बाँसबारीको अगुवाईमा,लियो क्लब अफ बाँसबारी, लायन्स क्लब अफ सलकपुर, लायन्स क्लब अफ इटहरी बुद्ध, लायन्स क्लब अफ मोरङ र लायन्स क्लब अफ इटहरी कर्पोरेटको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सपन्न गरेको छ।'रक्तदान जीवनदान' भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीले लायन्सले यस किसिमको कार्यक्रम हरेक बर्ष गर्दै आइरहेको र यसपाली लायन्स क्लब इन्टरनेशनलका फाउन्डर मेलबिन जोन्सको १४३औं जन्मोत्सवको अवसर पारेर सप्ताहव्यापी सर्भिस कार्यक्रम गरेकोमा
इनरुवा : सुनसरी एमालेमा सातौँ अधिवेशनको क्रममा अहिले नेतृत्वमा पुग्न रस्साकस्सी छ । अध्यक्षको लागि मङ्गलवार हुने निर्वाचनमा रेवती रमण भण्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी प्रतिस्पर्धा हुदैछ । तिन जना चुनावी मैदानमा भए पनि खासमा प्रतिस्पर्धा भने खेमराज पोख्रेल र रेवती रमण भण्डारी बिच हुने माहौल देखिन्छ ।भण्डारी र पोख्रेल यी दुवै पात्र प्रतिनिधिसभा विघटनपछि नेकपा र कालान्तरमा एमाले भित्रको अन्तरसंघर्षमा केपी ओलीकै लाइनमा रहेका व्यक्तिहरू हुन् । एमाले र माओवादीलाई सर्वोच्चले पुरानै अवस्थामा पुर्याएपछी ओली समूहको लीडिंङ गरेर पछिल्लो पटक अध्यक्ष बनेका हुन भण्डारी । जसले सुनसरीमा करिब शून्यमै
इनरुवा : नेकपा एमाले सुनसरीको सातौं अध्यक्ष सहित १३५ पदका लागि निर्वाचन सुरु भएको छ । जिल्ला निर्वाचन कमिटि सुनसरीका निर्वाचन अधिकृत सुमन ढुंगेलका अनुसार दिउसो १२:३० देखि निर्वाचन सुरु भएको हो ।१० बजे देखिनै सुरु हुने भनिएपनि निर्वाचन प्रमुख गोबिन्द मिश्रले हस्ताक्षर गर्न ढिलाई भएपछी अढाई घाटा ढिलो सुरु भएको हो । निर्वाचनको लागि ४ किसिमको ५ ओटा मतपत्र रहेका छन् । जसमा पदाधिकारी, भूगोल, क्लस्टर र दुई वटा खुल्ला सदस्यको मतपत्रको व्यवस्था गरिएको छ ।अधिवेशनमा २१ सय ५० जना अधिवेशन प्रतिनिधिहरुले मतदान गर्नेछन् । जसको लागि ११ ओटा बुथहरुको व्यवस्था इनरुवा स्थित जेलफिल्डमा गरिएको छ ।अध्यक्षमा तिन जना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.