इटहरी । सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन्। कर्फ्यू आदेशअनुसार महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर र दक्षिणतर्फ दुई सय मिटर क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन।त्यसैगरी इनरुवा
इटहरी । सुनसरीका छ वटा स्थानीय तहले शोक बिदा दिएका छन्। आइतबार राति जिल्लाको सीमावर्ती देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिका कारण इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, बर्जु, भोक्राहा नर्सिङ र देवानगञ्ज गाउँपालिकाले शोक बिदा दिएका हुन्।देवानगञ्ज गाउँपालिका र इनरुवा नगरपालिकाले दुई दिन तथा हरिनगर, कोशी, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाले एकरएक दिन स्थानीय शोक बिदा दिएको सूचना जारी गरी जानकारी गराएका छन्। सम्बन्धित स्थानीय तहहरूले जारी गरेको सूचनामा साउन १० गते कप्तानगञ्ज बजारमा भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै शोक बिदा दिइएको उल्लेख
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१, घुमाउनेमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकृत गर्ने अभियान हाल सञ्चालन भइरहेको छ । महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालित उक्त अभियानमा ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति, दलित ज्येष्ठ नागरिक लगायत लक्षित लाभग्राहीहरूको बायोमेट्रिक प्रमाणीकरण सहित सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा नयाँ सूचीकृत गर्ने कार्य भइरहेको छ । महालक्ष्मी नगरपालिकाका वडा सचिव भेष नारायण पौडेलका अनुसार, तोकिएको समय भित्र सबै लाभग्राहीले अनिवार्य रूपमा परिचयपत्र नवीकरण गराउनुपर्नेछ । साथै, वृद्धावस्था, अशक्त
इटहरी ।आफूविरुद्ध अनर्गल आरोप लगाएको भन्दै दासीले सनातन हिन्दु धर्मको सेवामा समर्पित आफ्नो प्रतिष्ठामाथि प्रहार भएकोमा दुःख व्यक्त गरेकी छन् । यसैबिच, साइबर ब्युरोले वेदिका केसी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।काठमाडौँ। सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्तामार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै कथावाचिका राधिका दासीले गम्भीर आपत्ति जनाएकी छन् । आफूविरुद्ध लागेका अनर्गल आरोपहरूको खण्डन गर्दै उनले एक प्रेस वक्तव्य जारी गरी निष्पक्ष कानुनी अनुसन्धान र न्यायको माग गरेकी हुन् । सामाजिक सञ्जालमा अभियन्ता दाबी गर्ने विराटनगरकी २२ वर्षीया वेदिका केसीले एक युट्
झापा। झापाको गौरादह नगरपालिका–१ गुरुङ टोलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। हिजो साँझ करिब ८ः४० बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी निरीक्षक नारायणप्रसाद भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिको जाँच गरेको थियो।जाँचका क्रममा गौरादह–१ गुरुङ टोल निवासी २८ वर्षीय अजिप मडीको साथबाट पर्सभित्र लुकाएर राखिएको २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषधसहित मडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाए
इटहरी । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभित्र मेला, महोत्सव, विवाह तथा विभिन्न सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा डिजे प्रयोग गर्न रोक लगाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।प्रशासनले सूचनाको अवज्ञा गर्दै डिजे प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। जिल्लामा शान्ति सुरक्षा कायम राख्ने तथा ध्वनि प्रदूषण नियन्त्रण ग
इटहरी । सुनसरीको धरान–१४ स्थित विजयपुरगढी क्षेत्रमा रहेको किरात राई समुदायको सांस्कृतिक सामग्री ‘बाबु ९चिण्डो०’ को प्रतिमा तोडफोड भएपछि किरात समुदायका दुई संस्थाले आक्रोश व्यक्त गरेका छन् । किरात राई यायोक्खा र किरात इन्टरनेसनल कल्चरल क्याम्पेनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन् ।यायोक्खाले प्रतिमा तोडफोडलाई साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयासको संज्ञा दिँदै घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। यस्ता गतिविधिले समाजमा हिंसा र द्वन्द्व निम्त्याउन सक्ने भएकाले सबै पक्षलाई संयम अपनाउन पनि आग्रह गरिएको छ। विज्ञप्तिमा विजयपुरगढी क्
झापा : झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेर दुःख दिएको भन्ने उजुरीपछि इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले निगरानी बढाएको थियो।सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साहलाई सोही वडाअन्तर्गत कुञ्जीबारी बजारस्थित एक होटलबाट उक्त रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउ परेका साहमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको
प्रिय आमा,आज म तपाईंको काजकिरियामा बसेको छु। शरीरमा सेतो लुगा छ, हातमा कुश छ, तर मन अँध्यारो छ। आँखाभरि आँसु छ, मनभरि पीडा छ, शब्दहरू हराएका छन्। घरभरि आफन्त र चिनेजानेकाहरूको भीड छ, तर मेरो संसार भने तपाईं सँगै रित्तिएको छ।आमा, केही दिनअघिसम्म यही घरमा तपाईंको मधुर आवाज गुन्जिन्थ्यो। बिहान उठ्नेबित्तिकै तपाईंको माया मिसिएको बोलाइले घर नै उज्यालो हुन्थ्यो। आज त्यही घरमा तपाईंको नाम लिएर सबै रोइरहेका छन्। विश्वास नै लाग्दैन—जसले यो घरलाई घर बनाउनुहुन्थ्यो, आज उहाँकै सम्झनाले यो घर मौन बनेको छ।आमा, म तपाईंको जेठो छोरो हुँ। सबैले मलाई बलियो बन्न भन्छन्। "अब तिमी नै घरको अभिभावक हौ" भन्छन्। तर कसर
इटहरी । झापाको गौरीगञ्ज गाउँपालिका वडा नंं. १ मा कार्यरत वडा सचिव अजयकुमार साह दश हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुख हैरानी दिइ घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा सो रकमसहित स्थानीय होटलबाट उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.