All Posts By कोशी प्रेस

    Showing १,५४१-१,५५० of १२,७७८ items.
  • ताप्लेजुङको फुङलिङ नगरपालिका द्धारा अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

    इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा, अस्थायी संरचना तथा घरको पेटीमा राखिएका सामान सात दिन भित्र व्यवस्थापन अल्टिमेटम दिएको छ । नगरपालिकाले मेची राजमार्गअन्तर्गत बजार क्षेत्रमा बढ्दो अव्यवस्थाले आवागमनमा समस्या सिर्जना गर्नुका साथै नगरको सौन्दर्यमा नकारात्मक असर परेको भन्दै सातदिन भित्र हटाउन अल्टिमेटम दिएको हो । नगरपालिकाका अनुसार पुराना भत्काइएका घरहरूमा पाल टाँगेर बनाइएका अस्थायी टहरा, पसल तथा अन्य संरचनाले सडक किनार क्षेत्र अस्तव्यस्त बनेको छ । यसका साथै पसल अगाडि पेटीमा बिक्रीका लागि राखिएका सामग्रीले पैदल यात्रुलाई हिँडडुल गर्न कठिन बन

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १४७ पटक पढिएको
  • सुनसरीमा श्री प्रकाश माविका ६१ विद्यार्थीलाई श्रीवृद्धि कोषबाट छात्रवृत्ति वितरण

    इटहरी । सुनसरीको श्री प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीद्वारा स्थापित श्रीवृद्धि कोषबाट ६१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सात वर्षअगाडि पूर्वविद्यार्थीद्वारा स्थापित गरिएको कोषबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । पूर्वविद्यार्थीहरुले विद्यालयको श्रीवृद्धिको लागि सङ्कलन गरिएको १५ लाख रकमबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको कोषको अभियान्ता अर्जुन बुढाथोकीले बताउनु भयो । विद्यालयकै स्वामितोमा रहनेगरी कोष स्थापना गरेर राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १७४ पटक पढिएको
  • वराहक्षेत्रमा नापतौल उपकरणको चेकजाँच र नवीकरण अभियान सुरु

    इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रका व्यापारीहरूले प्रयोग गर्दै आएका नापतौलसम्बन्धी उपकरणहरूको चेकजाँच तथा नवीकरण सुरु गरिएको छ। वराहक्षेत्र उद्योग वाणिज्य संघ, चक्रघट्टीको आयोजनामा नापतौल शिविर सञ्चालन गरिएको हो। नगरका चतरा, बयरवन, भरौल, कालाबञ्जर, प्रकाशपुर बजार र चक्रघट्टीस्थित संघको कार्यालयमा वैशाख ८ देखि ११ गतेसम्म शिविर सञ्चालन गरिएको वराहक्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी श्रेष्ठले बताउनुभयो।क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको सहयोगमा नगर क्षेत्रका व्यापारीहरूले प्रयोग गर्दै आएका ढक, तराजु, लिटर, मिटरलगायत नापतौलसम्बन्धी उपकरणहरूको चेकजाँच तथा नवीकरण गर

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २०५ पटक पढिएको
  • ट्राफिक व्यवस्थापन कार्यालय इटहरी द्धारा ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन

    इटहरी । ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।कार्यक्रमअन्तर्गत चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, यात्रु सुरक्षा, तीव्र गति नियन्त्रण तथा ओभरलोडका कारण हुन सक्ने जोखिमबारे जानकारी गराइएको थियो। साथै, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको प्रहरीले जनाएको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा राख्न र जिम्मेवार तथा अनुशासित ढंगले सवारी सञ्चालन गर्न आग्रह गरे।उनले ट्राफिक निय

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २०८ पटक पढिएको
  • लेटाङमा ड्रोन प्रविधि शुभारम्भ, प्रहरी सेवालाई आधुनिक बनाउने लक्ष्य

    इटहरी ।  शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधियुक्त ड्रोन उपकरणको इलाका प्रहरी कार्यालय, लेटाङले औपचारिक शुभारम्भ गरेको छ ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले एक औपचारिक कार्यक्रमका बिच ड्रोन प्रविधिको समुद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी नायव महानिरीक्षक घिमिरेले आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज–उद्धार कार्यलाई सुदृढ बनाउँदै शान्ति–सुरक्षा व्यवस्थामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २४३ पटक पढिएको
  • सुनसरीबाट भन्सार छली गरी ल्याउदैँ गरेका कपडा, राउटर, नक्कली गहना र सुर्तीसहित मोटरसाइकल बरामद

    इटहरी ।  सुनसरीको देवानगंज गाउँपालिका–१ स्थित मध्यहर्षाही क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामानसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ।शुक्रवार बिहान करिब ०४स्१० बजेको समयमा सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० जनाको मोबाइल गस्ती टोलीले भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो। गस्ती टोलीलाई देखेपछि दुई वटा मोटरसाइकलमा रहेका व्यक्तिहरु सामान छाडेर फरार भएका थिए।बरामद गरिएको सामानमा करिब ७ लाख ३० हजार रुपैयाँ बराबरको डबल बेडका तन्ना सेटसहित १२० सेट कपडा, वाईफाईका राउ

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १७१ पटक पढिएको
  • सुनसरी प्रहरीको स्वीप अपरेसन अन्तर्गत तीन दिनमा एक सय जना बढी नियन्त्रणमा

    इटहरी ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको स्वीप अपरेसन अन्तर्गत तीन दिनमा १२० जनालाई नियन्त्रणमा लिएको छ ।यही वैशाख ९ गते साँझ देखि आज बिहान ६ बजे सम्मको अवधिमा स्वीप अपरेसन अन्तर्गत लागू औषध विक्री वितरण गर्ने ,सेवन गर्ने र समाजमा गुण्डागर्दी गर्दै हिढ्ने ११५जना पुरुष र ५ जना महिलालाई नियन्त्रण लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको सुनसरी प्रहरीले जनाएको हो । प्रहरीका अनुसार सो अवधिमा नियन्त्रणमा लिएरका १० जना पुरुष र ५ जना महिलालाई सुधार केन्द्र पठाइएको ७६ जना पुरुषलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएका, २ जना पुरुषलाई  लागू औषध मुद्दा दर्ता गरिएको र

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ११५ पटक पढिएको
  • सुन्दर सपना साँचेर बाहिरिएका उमेश, हातखुट्टा गुमाएर फर्किए

    इटहरी ।  झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय युवा उमेश खातीको एउटै सपना थियो– चुहिन लागेको घरको छानो फेर्ने र एउटा सानो पक्की घर बनाएर वृद्ध बाबाआमा र सन्तानलाई खुसी राख्ने । यही सपनाका साथ उहाँ २०८१ साल मंसिर ११ गते वैदेशिक रोजगारीका लागि दुबईको अबुधाबी उड्नु भएको थियो । उहाँ विदेशिँदा श्रीमती तीर्थकुमारी गर्भवती हुनुहुन्थो । थपिएको पारिवारिक जिम्मेवारी र आर्थिक अभावका बीच नयाँ सपना बोकेर उहाँ परदेश लाग्नु भयो । उहाँ अबुधाबीको आमफोस एन्ड क्लब होटलमा क्लिनरका रूपमा काम गर्न जानु भएको हो । विदेश पुगेको ११ दिनमा उमेशले छोरी जन्मिएको खुसीको खबर पाउनु भयो । दिनहरू सामान्य रूपमा चल्द

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २२२ पटक पढिएको
  • विराटनगरमा फुटपाथ व्यवस्थापन अभियान सुरु

    इटहरी । विराटनगर महानगरपालिकाले नगरको सौन्दर्य अभिवृद्धि गर्न र सर्वसाधारणको आवागमनलाई सहज तुल्याउन फुटपाथ व्यवस्थापन अभियान सुरु गरेको छ । सडकपेटीमा अनधिकृत रूपमा राखिएका सामग्री हटाउँदै महानगरले नगरलाई व्यवस्थित र सुन्दर बनाउने अभियान अगाडि बढाएको हो ।महानगरपालिकाले शुक्रबार बिहानदेखि बजार क्षेत्रका मुख्य सडक र पैदलयात्री हिँड्ने पेटीलाई खुला गराउने कार्य सुरु गरेको छ । यसअघि दुई दिनसम्म माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई आफ्ना सामग्री हटाउन अनुरोध गरेको महानगरले निर्धारित समयसीमा सकिएसँगै स्थलगत कारबाही अघि बढाएको हो । अभियानको नेतृत्व गर्दै महानगरका उपप्रमुख शिल्पा निराला कार्की सहितको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १६१ पटक पढिएको
  • 'परालको आगो’ आजबाट प्रदर्शनमा

    काठमाडौं । चलचित्र ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको छ । देशभर सयभन्दा माथि शो संख्या पाएको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्रलाई लक्षण सुनारले निर्देशन गरेका छन् । गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ कथामा यो सिनेमा बनेको हो । सामाजिक ग्रामीण कथा उठान गरेको सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ ।हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रकाश, सौगात र सुहानाका साथमा सृजना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय देख्न सकिनेछ ।यस चलचित्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]