इटहरी । झापाको कमल गाउँपालिका(७, ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ ।झापा बाह्रदशी घर भई कमल ७ मा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो । मङ्गलबार अपराह्न ४ः३० बजे घरको सिढीबाट लेडेर घाइते हुनुभएको उराजवंशीको उपचारका लागि मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले ५ः४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक नविन राईको कमान्डमा प्रहरी टो
इटहरी। प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा ओझेलमा परेको छ। पूर्वाधार तथा प्रचारप्रसार भए पनि गुफाले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेको छैन। करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा करिब १५० मिटर लामो गुफा मुख्य आकर्षणका रूपमा रहेको छ।त्यस्तै, साना–ठूला गरी एक दर्जनभन्दा बढी गुफा यहाँ रहेका छन्। प्राकृतिक रूपमा मिलेर बसेका ढुङ्गाका थाक, ठूला–ठूला चट्टान, पहरा तथा विभिन्न प्रजातिका वनस्पति यहाँका प्रमुख आकर्षण भएको स्थानीय बिनोद भट्टराईले जानकारी दिनुभयो। यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको वासस्थान रहेको
इटहरी । नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु(याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । सयौँ नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यव्रmममा उहाँले सबैको अधिकार, पहिच
इटहरी। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कुनै पनि भाषा मर्दा त्यससँग सम्बन्धित ज्ञान प्रणाली पनि मर्ने भएकाले भाषिक र सांस्कृतिक विविधताको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो ।‘छथर’साहित्यिक समाज तेह्रथुम र नेपाल प्रज्ञा– प्रतिष्ठानको सामाजिक शास्त्र विभागको संयुक्त रुपमा छथर सुदापस्थित च्याङलुङ गुफा क्षेत्रमा छथर क्षेत्रका जातीय–सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीको उद्घाटन गर्दै कुलपति राईले भाषासँग जोडिएका संस्कृति, मौलिक जीवनपद्धति, लोकज्ञान र सामाजिक मूल्यहरू पनि जोगाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज उप्रेतीका अनुसार प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक जित्न सफल दुई विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । एथ्लेटिक्सतर्फ तीन हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गर्ने १२ वर्षीया सुस्मिता राई र लङजम्पकी स्वर्ण पदक विजेता सुस्मिता गुरुङलाई जनही १५ हजार रुपियाँ नगदसहित सम्मान गरिएको उप्रेतीले जानकारी दिनुभयो । प्रति
इटहरी । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैध रूपमा स्थापना गरिएको बताइएको छ ।डिभिजन वन कार्यालय ओखलढुङ्गाले चाइनिज होओचेङ बायोटेक्नोलोजी प्रालि नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानुन अनुसार प्रारम्भिक वातावरणीय प्रभाव परीक्षणलगायतका प्रमाणपत्र पेस नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ । कार्यालयका अनुसार कम्पनीलाई आवश्यक कानुनी कागजात पेस गर्न पटक पटक निर्देशन दिइएको थियो तर सो निर्देशन पालना नगरेपछि कानुन अनुसार कारबाही
इटहरी । पाँचथर जिल्लाका १ हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको ९एचपिभी०खोप लगाउन सुरु गरिएको छ । २९ गतेसम्म अभियन सञ्चालन गर्ने बताइएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका आधारभुत र माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अभियान विद्यालयमै पुगेर खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले जानकारी दिनुभयो ।यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्यकर्मीहरू बताएका
इटहरी। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैधरुपमा स्थापना गरिएको बताइएको छ । डिभिजन वन कार्यालय ओखलढुङ्गाले चाइनिज होओचेङ बायोटेक्नोलोजी प्रा।लि। नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानून अनुसार प्रारम्भिक वातावरणीय प्रभाव परीक्षणलगायतका प्रमाणपत्र पेश नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ । कार्यालयका अनुसार कम्पनीलाई आवश्यक कानुनी कागजात पेश गर्न पटक–पटक निर्देशन दिइएको थियो । तर सो निर्देशन पालना नगरेपछि कानुनअनुसार क
इटहरी। आगामी फागुन २१ गतेको निर्वाचनका लागि इलाममा निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रियामा आचारसंहिता कार्यान्वयनको माग गरिएको छ । निर्वाचन नजिकिंदै गर्दा जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि र सञ्चारकर्मीसँग आचारसंहिताका विषयमा छलफल गरेको हो । कार्यक्रममा आउँदो निर्वाचनका लागि अघिल्ला निर्वाचनको भन्दा निर्वाचन आचारसंहिता धेरै परिवर्तन भएको जानकारी दिइएको छ । जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयाँलले यस पटकको निर्वाचनमा दल र उम्मेदवारले गर्न हुने र नहुने कार्यबारेमा जानकारी गराउनुुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स
इटहरी । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।चुनाव प्रचारप्रसार समिति, धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री सङ्ग्रौलाले कांग्रेस ुजेनजीु को मर्मअनुसार रूपान्तरण भएको र अब सबैको भरोसाको केन्द्रका रूपमा उभिएको बताउनुभयो । अन्य दलहरूले नेतृत्व र नीतिमा परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने त्यसमा सफलता हासिल गरेको उहाँको दाबी थियो । कांग्रेस रोजगार, पूर्वाधार, स्वास्थ्य र शिक्षासहितका १० बुँदे दृष्टिकोण लिएर निर्वाचनमा होमिएको उहाँले जानकारी दिनुभयो ।कांग्रेसले १०६ जना नयाँ अन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.