All Posts By कोशी प्रेस

    Showing १,५६१-१,५७० of ११,७७० items.
  • झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ आतङ्क

    इटहरी । झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ देखापर्न थालेपछि स्थानीयहरू त्रसित भएका छन् । बाघले बाख्रा खान थालेपछि स्थानीयहरू त्रसित भएका छन् । झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखिइएको हो । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका वीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  उहाँका अनुसार दुई वटा ब्याउने बाख्रा बाघले मार्दा करिब ४० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । बाघको खोजी भए पनि पत्ता नलागेको बताइएको छ । यसभन्दाअघि चितुवा पनि यस क्षेत्रमा देखिँदै आएको

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १५६ पटक पढिएको
  • ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ

    इटहरी । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन ९हेक्याफ–३६०० ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो। स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दैआएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरेसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा सरसफाइ गरेको छ। हेक्याफ–३६० ले फोहोरको वर्गीकरण गरी सोहीअनुसार उचित र प्रभावका व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइएको जनाएको छ । यो सँगै

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ११६ पटक पढिएको
  • रास्वपाद्वारा नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी

    इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर ३ मा संगठन सुदृढीकरणलाई तीव्रता दिँदै सचिवालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।रास्वपाका सुनसरी क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार तथा नेता अशोक कुमार चौधरीद्वारा जारी गरिएको पत्रमार्फत थापालाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा पार्टीलाई बलियो, सुदृढ र व्यवस्थित बनाउँदै लैजान थापाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।पत्रअनुसार पार्टी निर्माण तथा संगठन विस्तारका लागि सचिवालयको कामकाज जिम्मेवारीपूर्वक सञ्चालन गर्न आवश्यक ठानी थापालाई मनोनयन गरिए

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ४८१ पटक पढिएको
  • उच्च अदालत विराटनगरद्वारा जिल्ला अदालत मोरङको फैसला आंशिक उल्ट्याइयो, गोरे भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष जेल सजाय

    इटहरी। बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो ।उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति यो फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत मोरङले गोरेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद ९२० वर्ष० को सजाय सुनाएको भए पनि अपहरण तथा शरीर बन्धक मुद्दामा भने सजाय तोकेको थिएन ।

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १६५ पटक पढिएको
  • ताप्लेजुङमा सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५५ पदकसहित मैवाखोला गाउँपालिका प्रथम

    इटहरी । ताप्लेजुङमा सम्पन्न जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । विभिन्न ५५ वटा पदक जित्दै सोमबार सम्पन्न प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको हो ।आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अनुसार यहाँका आठ वटा स्थानीय तहलाई पछि पार्दै मैवाखोला गाउँपालिका प्रथम भएको हो । मैवाखोलाले जितेको विभिन्न खेल विधाका ५५ पदकमध्ये २३ वटा स्वर्ण पदक रहेको छ । बाँकी २० वटा रजत र १२ वटा कास्य पदक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू ९गणेश० ले जानकारी दिनुभयो ।समिति अध्यक्ष लिम्बूका अनुसार १३ स्वर्ण पदक, १३ रजत र २१ कास्य

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १६६ पटक पढिएको
  • झापाको बुद्धशान्ति गाउँपालिका–२ इन्द्रेणी चोकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना घाइते

    इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका २ इन्द्रेणी चौकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन् । यही माघ २४ गते राति बुद्धशान्ति २ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र।१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे। १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँएको थियो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ६ का ३५ वर्षीय प्रविण आङदेम्बे र सोही मोटरसाइकलमा सवार पाँचथर फाल्गुनन्द ७ घर भई हाल बिर्तामोड १ बस्ने ४८ वर्षीय हरि आङदेम्बे घाइते हुनुभएको थियो । घाइते दुबै जनालाई उपचारका

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ११६ पटक पढिएको
  • मेघालय कोइलाखानी विस्फोटमा मृत्यु भएका खोटाङ बराहपोखरीका तीन युवाको सिलाङमा अन्त्येष्टि, सरकारी सहयोग नपाएको आफन्तको गुनासो

    इटहरी। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ।शव नेपाल ल्याउने सम्भावना नभएपछि खोटाङका एकै घरका दाजुभाइ सहित तीन युवाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको हो। माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्सस्थित अवैध कोइलाखानीमा विस्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको दाहसंस्कार गरिएको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभयो। पूर्णबहादु

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १६३ पटक पढिएको
  • खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडियो

    इटहरी  । खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोशीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो ।खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोशीमा शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो ।  अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १३० पटक पढिएको
  • साकेला शिलीदेखि शिक्षा र पर्यटनसम्म, रैथाने ज्ञानलाई संस्थागत गर्ने उद्देश्यले रामप्रसादराईमा महोत्सव आयोजना

    इटहरी ।  जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत ९रैथाने० ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवमार्फत स्थानीय पहिचानलाई बलियो बनाउने र समुदायभित्र रहेको ज्ञानलाई साझा गर्ने प्रयास गरिएको

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ११७ पटक पढिएको
  • झापाको बिर्तामोड–२ चारपानेस्थित ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय कामदारको मृत्यु

    इटहरी । झापाको बिर्तामोड नगरपालिका(२, चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।सोमबार राति ११ बजेको समयमा सो रेडिमिक्समा हेल्परका रूपमा काम गर्दै आएका शिवसताक्षी नगरपालिका ४ बस्ने २८ वर्षीय राजीव राजवंशी रेडिमिक्स मेसिन सफाइ गर्ने क्रममा अचानक विद्युत सर्ट भई सख्त घाइते हुनुभएको थियो ।उहाँको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा सोही राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । हाल घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । 

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]