All Posts By कोशी प्रेस

    Showing २,०३१-२,०४० of १२,८१४ items.
  • दमकमा बर्ड फ्लू भेटिएपछि मासु,अण्डा ओसारपसारमा प्रतिबन्ध

     इटहरी। दमक नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १५५ पटक पढिएको
  • मतदाताको विश्वासलाई शिर निहुराउन नदिने नेम्वाङको प्रतिबद्धता

    इटहरी ।  दोस्रो पटक संसदीय यात्रा तय गरेका इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा बुुवा सुुवास नेम्वाङ लड्दै गर्दा निकै कठिन भएको स्मरण गर्दै नेम्वाङले २०८१ सालको उपनिर्वाचनमा विश्वास गरेर इलामले दिएको मतलाई संसद्को १६ महिने यात्रामा उच्च बनाउने प्रयास गरेको उहाँको भनाइ छ । अहिले पनि इलामका नागरिकले दिएको विश्वासलाई शिर निहुु¥याउन नदिने बताउनुुभयो । नेम्वाङले इलाम–२ मा चुनाव लड्दै गर्दा हरेक निर्वाचनमा इलामले दिएको मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १४३ पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्य वृद्धिसँगै महँगियो इँटा

    इटहरी । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ । सरकारले डिजेलको मूल्य प्रतिलिटरमा १२ रुपियाँले वृद्धि गरेपछि इँटाको ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । इँटा उद्योगबाट निर्माणस्थलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्च बढेपछि उद्योगीले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपियाँसम्म मूल्य बढाएका छन् ।  सुन

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १३१ पटक पढिएको
  • विद्यार्थीलाई राहतःतेह्रथुममा खाना–बाससहित निःशुल्क माध्यमिक शिक्षा

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाले वसन्त माध्यमिक विद्यालयमार्फत निःशुल्क शिक्षाको नयाँ अभ्यास सुरु गरेको छ । विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी खाना, बाससहित निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएको हो । विद्यालयमा आधुनिक छात्रावास भवन निर्माण गरिएसँगै विद्यार्थीको बसोबास सुरक्षित र व्यवस्थित बनेको छ । यसले टाढा टाढाबाट आउने विद्यार्थीलाई सहज भएको छ । विशेष गरी विद्यालय टाढा परेका तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवास र खानासहितको शिक्षा व्यवस्था गरिएको पालिका अध्यक्ष अर्जुन मावोहाङले जानकारी दिनुभयो । पालिकाका प्रम

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २०४ पटक पढिएको
  • सुनसरी–२ मा लालविक्रम थापा को प्रतिबद्धताः सुशासन, विकास र जनविश्वास पुनर्स्थापना

    इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लालविक्रम थापा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३०३ र श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत पाउनुभएको थियो। करिब ४१ हजारभन्दा बढी मतान्तरसहित विजयी हुनुभएका थापा यसअघि २०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहनुभएको थियो । सिभिल इन्जिनियरिङ अध्ययनसँगै कलेज सञ्चालन र समाजसेवामा सक्रिय रहँदै आएका था

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १७४ पटक पढिएको
  • कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि बसाह क्लबलाई

    सुनसरी | लोहरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै उदयपुरको बसाह क्लबले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि जितेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा बसाहलाई उपाधि जिताउन कप्तान रितेश तामाङले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको २६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।प्रतियोगिताको विजेता टिम बसाहले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता लोहरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाएको छ । लोहरुङका मिलन लिम्बु प्लेयर अफद फ

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ३१९ पटक पढिएको
  • चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुबास संकल्प चयन

    धरान | चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनबाट सुबास संकल्प श्रेष्ठ(खेमराज) अध्यक्षमा चयन भएका छन्।आज धरान–१५ स्थीत होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा(रश्मी), कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्।सदस्यहरुमा रबिन काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिप तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ, विशाल काफले चयन भए। यसैगरी प्रदेश प्रतिनिधीमा एनएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की, सुमन भट्टराई र केन्द्रिय प्रतिनिधि बिनोद विश्वकर्मा र आरती थापा(रश्मी) चयन भए

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ३३९ पटक पढिएको
  • ताप्लेजुङमा चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने

    इटहरी  । ताप्लेजुङमा चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिने मन्त्रजप कार्यक्रम हुनेबारे जानकारी गराएको हो ।विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटारमा चैत १२ देखि १४ गतेसम्म ३ दिने मन्त्रजप कार्यक्रमको आयोजना गरिएको समितिका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ।बिसं २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड म

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १६५ पटक पढिएको
  • नेसनल प्याब्सन कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा कमल खनाल सर्वसम्मत चयन

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आयोजित अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा झापाकै सुवर्ण भट्टराई र कोषाध्यक्षमा मोरङका सन्तोष कुमार राई निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुनसरीका उमेश महतो, मोरङका लोक बहादुर रोका, महेन्द्र कुमार राई, झापाका धिरज नारायण गणेश चयन हुनुभएको

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १४६ पटक पढिएको
  • शान्तिनगर इङ्ग्लिस स्कुलमा प्रभावकारी अभिभावकत्वसम्बन्धी एकदिने कार्यक्रम सम्पन्न

    इटहरी । सहितशान्तिनगर इग्लिस स्कुलले आयोजना गरेको एक दिने इफेक्टिभ प्यारेन्टिङ कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुको सामाजिक , शारीरिक, मानसिक र भावनात्मक विकास गराउनमा अभिभावकहरु कसरी लाग्नुपर्छ  भन्ने विषयमा परामर्श प्रदान गरिएको थियो । अभिभावकहरूले प्यारेन्टिङको विषयमा धेरै कुरा जानेको भएपनि दैनिक जीवनमा वेवास्ता गरिएका कतिपय कुराबारे सजग गराईएको थियो । शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको आवश्यकता र औचित्यमाथि विद्यालयका प्रिन्सिपल उत्तम पौडेलले प्रकाशपार्नु भएको थियो । झण्डै ५ घण्टा चलेको उक्त कार्यक्रमको विचविचमा

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]