All Posts By कोशी प्रेस

    Showing २,०३१-२,०४० of १३,६०५ items.
  • भलिबल प्रतियोगिताका विजेतालाई मेरिङदेनको सम्मान

    इटहरी । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ । गाउँपालिकाको खेलाडी एवम् व्यवस्थापन टोलीलाई सम्मान गरेको हो । पूर्व राष्ट्रिय भलिबल खेलाडी कृष्ण चोङबाङकी स्वर्गीय आमा बुद्धरानी चोङबाङको स्मृतिमा आयोजित प्रथम बुद्ध रानी चोङबाङ स्मृति महिला भलिबल प्रतियोगितामा मेरिङदेन गाउँपालिकाले उपाधि चुमेको हो । गत जेठ ११ देखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथर तीन तथा ताप्लेजुङका तीन गरी छ टिमको सहभागिता रहेको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको फाइनल खेलमा मेरिङदेनले फिदिम

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १६८ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिकाद्वारा तीन सय किसानलाई हातेट्याक्टर वितरण सुरु

    इटहरी । भोजपुरको  पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर ९मिनीटिलर० वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १५८ पटक पढिएको
  • पहिरोले पाँचथरको च्याङथापूका २६ घर उच्च जोखिममा, सडक अवरुद्ध हुँदा राहत ढुवानीमा समस्या

    इटहरी । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका  २६ घर उच्च जोखिममा रहेका पाइएको छ । याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् । यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिनुभयो ।पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ३४९ पटक पढिएको
  • कोशी प्रदेशमा कानुनको डिजिटल अभिलेखीकरण सुरु, १३७ स्थानीय तहका कानुन समेटिने

    इटहरी । कोशी प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहबाट जारी भएका कानुनलाई डिजिटल माध्यमबाट व्यवस्थित र अभिलेखीकरण गर्ने अभियान सुरु गरेको छ । नेपालमा सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहले ठुलो सङ्ख्यामा ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड जारी गर्दै आएका छन् । प्रदेश सरकारले पनि आफ्नो अधिकारक्षेत्रभित्र विभिन्न कानुन निर्माण गरेका छन् तर ती कानुन एकीकृत रूपमा अभिलेखीकरण नहुँदा दोहोरोपन र पहुँचको समस्या भएको थियो । धेरै स्थानीय तहका कानुन सम्बन्धित स्थानीय तहको कार्यालय वा वेबसाइटमा सीमित थिए भने कतिपय कानुन सार्वजनिक पहुँचमै थिएनन् । कानुन कार्यान्वयन गर्ने कर्मचारी, अनुसन्धानकर्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १३२ पटक पढिएको
  • आगजनीमा परिचयपत्र जलेपछि मोरङका सेवाग्राही मर्कामा, बिना गल्ती जरिवाना तिनुपर्ने बाध्यता

    इटहरी । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीमा जिल्ला प्रशासन कार्यालय विराटनगरमा वितरणका लागि तयारी अवस्थामा राखिएका करिब ७० हजार राष्ट्रिय परिचयपत्र जलेर नष्ट भए । राज्यको सम्पत्ति तथा नागरिकको महत्त्वपूर्ण पहिचानपत्र नष्ट हुनु आफैंमा दुःखद घटना भए पनि अहिले त्यसको असर निर्दोष सेवाग्राहीले भोग्नुपरेको छ । आगजनी र तोडफोडमा संलग्न नभएका नागरिकहरू अहिले पुनः फोटो खिचाउन प्रशासन धाउन बाध्य भएका छन् । तर फोटो खिच्नु मात्र होइन, उनीहरूलाई पाँच सय रुपियाँ जरिवाना तिर्नुपर्ने व्यवस्था भएपछि सेवाग्राही असन्तुष्ट बनेका छन् । विराटनगर–२ का सेवाग्राही राजन रिजालले यसलाई अन्यायपूर्ण बताएका छन्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ८५ पटक पढिएको
  • सुनसरीको वराहक्षेत्रस्थित गहने खोलाको दहमा दलदलमा फसेर एक जङ्गली हात्तीको बच्चा मृत फेला

    इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको दहमा दलदलमा फसेर जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुवँरले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको बच्चा दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।बिहीबार बिहान हात्तीको बच्चाको शव दहमा टाउको भाग गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको उपस्थितिमा प्रहरी र डिभिजन

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १०० पटक पढिएको
  • कोशी खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष नियुक्त

    इटहरी। सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक्त गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डमा विगत सात महिनादेखि सदस्यसचिव पद रिक्त रहेको थियो । इनरुवा नगरपालिका–३ निवासी घोष करातेका पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँ लामो समयदेखि क्रिकेटसँग समेत आबद्ध रहँदै आउनुभएको छ ।घोषले विदेशी टोलीसमेत सहभागी गराएर प्रत्येक वर्ष सुनसरीमा एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उहाँ साढे तीन दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । सामाजिक विकासमन

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • २०० पटक पढिएको
  • हावाहुरीले झापामा साढे ३ करोड बढीको केरा खेती नष्ट

    इटहरी। मङ्गलबार राति आएको हावाहुरीका कारण झापाको बाह्रदशी गाउँपालिकामा साढे ३ करोड रुपियाँभन्दा बढीको केरा खेतीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–७ मा ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमध्ये ३२ बिघामा ठुलो क्षति पुगेको हो । स्थानीय किसानहरूले व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले व्यापक नोक्सानी पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । क्षतिको प्रारम्भिक अनुमान करिब तीन करोड ६० लाख रुपियाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनुभयो ।कृषि ज्ञान केन्द्र झापाक

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १५९ पटक पढिएको
  • सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाट फेरी सेवा बन्द, आवतजावत र ढुवानी ठप्प हुँदा स्थानीयलाई सास्ती

    इटहरी। पानीको बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो । खाँदबारी नगरपालिका–९, सतिघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । नदी धमिलो हुनुका साथै बहाव तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ ।सतिघाटको फेरी भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि य

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ९५ पटक पढिएको
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक, तीन दिनमै ५४ गाडी बिक्री

    इटहरी । इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइल द्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागिता सहित जारी रहेको छ । जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ। मेलाअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]