इटहरी। सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन (त्रिखुट्टी) का नट–बल्टु चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइनका नट–बल्टु चोरी गरिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका–७ निवासी २९ वर्षीय सुशान्त तामाङ रहनुभएको छ। उहाँलाई बिहीबार साँझ सप्तकोशी नदीकिनार क्षेत्रबाट चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमान्डमा खटिएको गस्ती टोलीले सप्तकोशी नदीकिनार क्षेत्रमा प्रोकोपाइनबा
इटहरी । रोटरी क्लब अफ इटहरीले इटहरीका १० हजार बालबालिकाको आँखा परीक्षण गर्ने लक्ष्यसहित वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ।क्लबले इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा शिविर सञ्चालन गरी बालबालिकामा देखिने आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्ने तयारी गरेको छ। यसै क्रममा क्लबले १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै बिहिबार विराटनगर आँखा अस्पतालसँग सम्झौता गरेको छ। आर्थिक अभाव वा जानकारीको कमीका कारण सामान्य समस्या पनि जटिल बन्न सक्ने भएकाले यो अभियान सुरु गरिएको क्लबका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो। अभियान अन्तर्गत भदौ ६ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी
इटहरी । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्रीले सामुहिक राजीनामा दिएका छन् । विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सामुहिक राजिनामा बुझाए पछि औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरु ४ वटा मन्त्रालय सहित ५ जना सहभागी थिए । राजिनामा बुझाउने बेला मन्त्री सुनुवार सहित पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्
इटहरी । शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सेवाः हाम्रो प्रतिबद्धता, हाम्रो पहिचान’ भन्ने नाराका साथ गछिया युवा समाजले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । संस्थाले सुन्दरहरैँचा–५ स्थित श्रीलाल आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई ब्याग, कापी तथा पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको हो। गछिया युवा समाजका अध्यक्ष सरोज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो। प्रमुख अतिथि चौधरीले बालबालिकाको शिक्षामा गरिने सहयोग समाज विकासको मूल आधार भएको बताउनुभयो। कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश थापाले शैक्षि
इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा मानिसलाई एउटा खुला पुस्तकका रूपमा अध्ययन गर्ने उद्देश्यले ‘चिया सँग कथा ः एक मानव पुस्तकालय अनुभव’ कार्यक्रम सम्पन्न भएको छ। गोल्स फाउन्डेसनको आयोजना तथा एनवाईसिए विराटनगर र इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल, पूर्वाञ्चल विश्वविद्यालय शाखाको सहकार्यमा एलिट क्लबमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वातावरण पत्रकार डा. रामचन्द्र अधिकारीले वातावरण पत्रकारिताका आयाम र तथ्यपरक समाचार लेखनका अनुभव साट्नुभएको थियो । यस्तै, साहित्यकार सीमा आभासले महिलाका रूपमा भोगेका सामाजिक चुनौती र व्यक्तिगत संघर्षबारे चर्चा गर्नुभयो। त
इटहरी । पछिल्लो समय धार्मिक तथा सामुदायिक सद्भावमा चुनौती देखिन थालेका बेला युवाको भूमिका र जिम्मेवारीबारे बहस आवश्यक रहेको सन्देशसहित मोरङको सुन्दरहरैंचामा नगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले बुधबार आयोजना गरेको प्रतियोगितामा ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवद्र्धनमा युवा विद्यार्थीको भूमिका’ विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए । प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालयकी समृद्धि लुईटेल प्रथम , सुकुना माध्यमिक विद्यालयकी रेमीका चौधरी द्वितीय, टेन्टरफिट बोर्डिङ स्कुलकी प्र
इटहरी । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेलका नवराज गुरुङ साउन १७ गते लिदिङ खोलाको काठको साँघुबाट भेलमा खसे ।राखाबांदेलबाट ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कतर्फ जानेक्रममा गुरुङ मक्किएको साँघुबाट बाईकसँगै खोलामा खसेका थिए । वर्षामा उर्लिएको भेलले गुरुङलाई बगाउँदै घुम्ती कटायो । बग्दाबग्दै भेलमा हराएपछि सँगैका साथीहरुले मायाँ मारे । तर, करिब तीन सय मिटर तल झरेपछि गुरुङले भेलकोबीचमा रहेको ढुंगा समाए र त्यहीँबाट उद्धारका लागि गुहार गरे । खोज्दैआएका साथीभाइले तानेर खोलाबाट निकाले । गुरुङको क्षतीग्रस्त प्रदेश १–०५–००१ प २९०५ नम्बरको बाइक अहिले खोलाकै किनारमा छाडिएको छ । गुरुङ उपचारका लागि जिल्
इटहरी : तेह्रथुमको छथर गाउँपालिकास्थित शुक्रबारे बजारमा सञ्चालनमा रहेका होटल तथा खाजा पसल एलपी ग्यासको अभावका कारण प्रभावित हुन थालेका छन्। खाना पकाउन आवश्यक ग्यास सहज रूपमा उपलब्ध नहुँदा केही होटल बन्द भएका छन् भने सञ्चालनमा रहेका होटलले समेत नियमित सेवा दिन कठिनाइ भोगिरहेका छन्।शुक्रबारे बजार छथर क्षेत्रका स्थानीयको दैनिक किनमेल तथा खानपानको महत्वपूर्ण केन्द्र हो। यहाँका होटल व्यवसाय धेरै परिवारको आम्दानीको आधारसमेत बनेका छन्। तर, ग्यास अभावका कारण चुलो बल्न छाडेपछि व्यवसायीको आम्दानीसँगै बजारको आर्थिक गतिविधिमा समेत असर पर्न थालेको छ। दर्शन होटलका सञ्चालक पृथीकुमार ठकुरीका अनुसार उनको
इटहरी। कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् । यसअघि यही ८ साउनमा समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो । तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत संकलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा
इटहरी। खोटाङमा सञ्चालित करोडौँ रुपियाँको लोकतान्त्रिक सिँचाइ योजना अलपत्र परेको छ । साढे दुई वर्षमा काम सक्ने गरी २०७६ सालमा सम्झौता भएको उक्त योजनाको सात वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन । पुनः म्याद थप्ने तयारी गरिएको छ ।दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, वडा नं. ५ सप्तेश्वर छितापोखरीलगायतका खेतमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले वडा नं. ६ छितापोखरी अखटेस्थित टुवाखेलाबाट बतासेसम्म सञ्चालन हुने उक्त योजना निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो । सिँचाइ योजना अलपत्र परेपछि पानीको पर्खाइमा रहेका बतासेका खेत यो वर्ष पनि बाँझै रहने अवस्था आएको छ । आकाशे पानीको भरमा रोपाइँ हुने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.