इटहरी । बेटर टुमोरो नेपाल फाउन्डेसनको आयोजनामा इलाका प्रहरी कार्यालय, पकलीमा फूल रोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
समुदायलाई स्वच्छ, हरियाली र सुन्दर बनाउने उद्देश्यले आयोजित कार्यक्रममा प्रहरी कार्यालय परिसरमा ३० थान फूलका बिरुवा रोपण गर्नुका साथै सरसफाइ गरिएको थियो। कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रिचन खत्री, संस्थापक मनीष चौधरी तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन विशेष सहयोग तथा समन्वय गर्नुहुने प्रहरी निरीक्षक सन्जिब ओली लगायत इलाका प्रहरी कार्यालय पकलीका सम्पूर्ण प्रहरी टोलीप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता सामाजिक तथा वातावरणमैत्री अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने फाउन्डेसनले जनाएको छ ।


