इटहरी। खोटाङमा नेपाली कांग्रेस प्रदेशसभा ९ख०को सभापतिमा बाजिन्द्र बिष्ट विजयी भएका छन् ।असोज १७ गते साँझ सम्पन्न निर्वाचनमा २९१ मत ल्याउँदै बिष्ट प्रदेशसभा ९ख०को सभापतिमा बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नइन्द्र राईले २८१ मत पाएका छन् । निर्वाचन अधिकृत मिलन कसजूका अनुसार प्रदेशसभा ९ख०को उपसभापतिमा ढकबहादुर कार्की, सचिवमा बबिन कटवाल, सह(सचिवमा बिजय राई निर्वाचित भएका छन् । सह–सचिव कविता ढकाल पोखरेल भने निर्विरोध चयन भएकी छन् ।यस्तै, प्रदेशसभा ९क०को सभापतिमा राजेन्द्र राई सर्वसम्मत चुनिएका छन् । राई दोस्रो कार्यकालकालागि प्रदेश ९क०को सभापतिमा दोहोरिएका हुन् । प्रदेशसभा ९क०को उपसभापतिमा मनकुमा
इटहरी स् नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को रोकिएको क्षेत्रीय निर्वाचन तत्काल पुनः सञ्चालन गर्न माग गर्दै क्षेत्रीय सभापति पदका उम्मेदवार सुदिप अधिकारीले निर्वाचन समितिमा औपचारिक उजुरी दर्ता गराएका छन्।रोकिएको निर्वाचन पुनः गराउनुपर्ने मागसँगै क्षेत्रीय समिति गठन नहुँदै महाधिवेशन प्रतिनिधि छनोट गरिएको भए त्यसको वैधानिकतामाथि समेत अधिकारीले प्रश्न उठाएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गते इनरुवास्थित सत्य साई पार्टी प्यालेसमा क्षेत्रीय सभापति चयनका लागि मतदान सुरु भएको थियो। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान सुरु गरिएको थियो।
इटहरी स् पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवतीमाथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा भेला भएका गोर्खा समुदायका प्रतिनिधिसमक्ष आरोपित डाक्टरले हात जोडेर माफी मागेको बताइएको छ।घटनापछि आक्रोशित गोर्खा समुदायका मानिसहरू अस्पताल परिसरमा भेला भएर विरोध जनाएका थिए। उनीहरूले अस्पतालमा कार्यरत सम्बन्धित डाक्टरसँग घटनाबारे स्पष्टीकरण माग्दै भविष्यमा यस्तो व्यवहार नदोहोर्याउन चेतावनी दिएका थिए। विरोधका क्रममा डाक्टर मजुमदारले गोर्खा समुदायसमक्ष माफी माग्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको बता
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।विराटनगर–१७ निवासी हकले ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्। कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्ये प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। करिब डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका छन्। पार्टीक
इटहरी। कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटेलको प्राङ्गणमा सञ्चालन हुँदै आएको मेलामा रोजगारी खोज्ने युवा, विद्यार्थी वैदेशिक रोजगारीबाट फर्किएका युवा र विभिन्न क्षेत्रका रोजगारदाताको सहभागिता रहेको छ । मेलामा सूचना प्रविधि, हस्तकला, होटेल तथा पर्यटन, प्राविधिक सिप, घरेलु व्यवसाय, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा रोजगारी तथा सिपका अवसरबारे जानकारी दिने व्यवस्था गरिएको छ । सिप विकासका लागि विभिन्न तालिमका लागि आवेदन दिन सकिने व्यवस्था प
इटहरी। रोजगारीका लागि आवश्यक सीपसँगै कृत्रिम बौद्धिकता ९एआई० को ज्ञान लिनुपर्ने आईटी विज्ञले बताउनुभएको छ ।प्रविधिको विकाससँगै काम गर्ने शैली र रोजगारीको प्रकृति परिवर्तन भइरहेकाले सीपसँगै एआईको प्रयोग पनि सिक्नु पर्ने आईटी विज्ञ दिपेन्द्र चापागाईंले बताउनु भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा आइटी विज्ञ चापागाईंले सो कुरा बताउनुभएको हो । नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटलको प्राङ्गणमा सञ्चालित ‘सीप तथा रोजगार मेला–२०८३ अन्तर्गत नेपालको श्रम बजार प्रवद्र्धनका लागि सीपयुक्त जनशक्तिको निर्माण र दीर्घकालीन उपयोग विषयमा आयोज
इटहरी। याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठुलो क्षति भएको थियो । यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठुलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए । उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । स्
इटहरी। अलैँचीको मुख्य सिजनमै मूल्य घटेपछि धनकुटाका किसान चिन्तित बनेका छन् । भदौको पहिलो साता ९८ हजार रुपियाँ प्रतिमनमा कारोबार सुरु भएको यो सिजनको अलैँची पछिल्लो समय ८५ हजार रुपियाँ प्रतिमनमा कारोबार भइरहेको छ । एक महिनाको अन्तरालमा अलैँचीमा प्रतिमन १३ हजार रुपियाँले कमी आएको हो । मूल्य निरन्तर ओरालो लागेपछि समस्या परेको धनकुटाको पाख्रीबास नगरपालिका–१, सान्नेका कृषक निर्मल स्याङ्देन बताउनुहुन्छ । दसैँअघिको यो समय अलैँचीको मुख्य सिजन मानिन्छ । किसानले यतिबेला नै अलैँची बजारमा ल्याउने गर्छन् । बजारमा आउनासाथ मूल्य घटेको र व्यापारीले पनि ‘स्टक’ बढेको बढान थालेको अर्का किसान लाखमान घिसिङले ब
इटहरी । इटहरी–६, संगीत चोकस्थित पिनाकल फिटनेसले स्वास्थ्य तथा फिटनेसप्रति रुचि राख्नेहरूलाई लक्षित गर्दै विशेष छुट अफर सार्वजनिक गरेको छ। पिनाकल फिटनेसले यही असोज २० गतेदेखि २७ गतेसम्म सीमित अवधिका लागि सदस्यता तथा फिटनेस सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ।दैनिक व्यस्त जीवनशैलीका कारण आफ्नो स्वास्थ्य र शारीरिक तन्दुरुस्तीमा पर्याप्त ध्यान दिन नसकिरहेका तथा नयाँ फिटनेस यात्रा सुरु गर्न चाहनेहरूका लागि यो अफर उपयोगी हुने विश्वास गरिएको छ। नियमित व्यायाममार्फत शरीरलाई स्वस्थ, तन्दुरुस्त र सक्रिय राख्न चाहनेहरूले यस विशेष अफरको अवसर लिन सक्नेछन्।सीमित अवधिका लागि मात्र लागू हुने भएका
मोरङ । मोरङको केराबारी गाउँपालिकामा पशुचौपायामा लाग्ने खोरेत रोग नियन्त्रण तथा रोकथामका लागि निःशुल्क खोप अभियान सुरु भएको छ।केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनकुमारी मगरको उपस्थितिमा खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पशु प्राविधिक तथा पशुपालक कृषकहरूको सहभागिता रहेको थियो।पशुधनमा खोरेत रोगको संक्रमण न्यूनीकरण गर्दै कृषकका पशुचौपायाको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा पशुचौपायालाई समयमै खोप लगाउन तथा रोगबाट बच्न आवश्यक सावधानी अपनाउन कृषकला
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.