इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ विषेश सूचनाका आधारमा उनिहरूलाई प्रहरीले गाजासहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–७, गर्जुवाका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन् । जङ्गलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाइ राखिएको १० वटा बोरामा जम्मा दुई सय पाँच किलोग्राम गाँजा बरामद गरीएको धनकुटाका प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अन
इटहरी | राष्ट्रिय प्रजातन्त्र पार्टी का युवराज घिमिरे (गोपाल) बुधबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नुभएको छ। इटहरी–२०, तामाङ टोल एलेम्बर चोकमा आयोजित कार्यक्रममार्फत उहाँलाई पार्टीमा स्वागत गरिएको हो।युवराज घिमिरेले नयाँ राजनीतिक यात्रामा इमान्दारिता, पारदर्शिता र जनसेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।यसैगरी, इटहरी–२ निवासी शान्तिराम खनाल (गोविन्द खत्री) ले पनि सोही अवसरमा पार्टी प्रवेश गर्नुभएको छ। उहाँ यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध रहनु भएको थियो र त्यहाँबाट अलग भई रास्वपामा आवद्ध हुनुभएको हो।नवप्रवेशी दुवै नेताहरूलाई
इटहरी। फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले निर्वाचनका लागि आवश्यक कर्मचारी परिचालन गर्ने भएको हो ।धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा रहेका छन् । जसका लागि आवश्यक पर्ने एक हजार ८ कर्मचारी परिचालन हुने भएका हुन् । एक सय ६६ मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी परिचालन हुने भएका छन् । मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगि परिचालन हुने जिल्ला निर्वाचन कार्यालय
इटहरी । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम ९केजी० गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरा
इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका विभिन्न स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ भएका छन् ।सम्भावित आपराधिक गतिविधि र विस्फोटक जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप यो व्यवस्था गरिएको हो । हालसम्म जिल्लाका छ स्थानमा बम डिस्पोजल टोली तैनाथ भइसकेको जिल्ला सुरक्षा समितिका संयोजक एवं झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यसका साथै निर्वाचन नजिकिँदै जाँदा थप स्थानमा यस प्रकारको टोली परिचालन गरिने विषयमा छलफल भइरहेको छ।जिल्लामा संवेदनशील मानिएको चन्द्रगढी विमानस्थल र झापा कारागारमा सेनाले सुरक्षा दिन थालिसकेको छ । विमानस
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा ‘फुजिसन खेलकुद प्रतियोगिता’ मंगलबारदेखि सुरू भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयका खेलाडीहरूबीच फुटबल, भलिबल, दौड ९रन०, तेक्वान्दो, टेबल टेनिस, डोरी तान, एथलेटिक्स, बास्केटबल, कबड्डी लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने छ।यसैगरी प्रतियोगितामा अभिभावकहरूबीच पनि भलिबल, फुटबल र डोरी तान जस्ता खेलहरू
इटहरी ।२०८२ फागुन १ गतेदेखि ३ गतेसम्म सञ्चालन गरिएको ‘समिट सरस्वती क्याम्प’ भव्यतापूर्वक सम्पन्न भएको छ । बालबालिकाहरूको नेतृत्व विकास तथा व्यावहारिक दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त क्याम्प तीन दिन दुई रात सञ्चालन गरिएको थियो। उद्घाटन समारोह नेपाल स्काउट अन्तर्गत सरस्वती दलका इकाइ प्रमुख लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल स्काउट बराहक्षेत्र नगरपालिकाका स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घि
इटहरी । तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा तमु (गुरुङ) समुदायको महान पर्व माङी पर्व सम्पन्न भएको छ । कार्यक्रम परिषदकी जिल्ला अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगीता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिका रूपमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, आदिव
इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका तीन दर्जन सवारीका साधन लिलाम बिक्री गरेको छ ।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलामीमार्फत बिक्री गरिएको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार चालु आर्थिक वर्षमा चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका सवारीका साधन लिलाम बिक्री गरिएको हो । उहाँले ३५ वटा मोटरसाइकल र एक वटा स्कुटर गरी जम्मा ३६ वटा लिलाम बिक्री गरेको जानकारी दिनुभयो ।उक्त लिलाम बिक्रीबाट एक लाख ८० हजार छ सय रुपियाँ राजश्व सङ्कलन भएको उहाँले बताउँनुभयो । लामो समयसम्म दाबी गर्न
काठमाण्डौ । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । त्यसअघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.