इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ को उद्घाटन गरिएको छ ।
सोमबारदेखि भोजपुरको चखेवा क्षेत्रमा स्थानीय रैथाने परिकार, कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव सुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भोजपुर जिल्लाका प्रदेश सभा सांसद तथा जिल्ला अर्थ समिति संयोजक विनोद वान्तावाले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवमा रैथाने खानेकुराका २० वटा तथा कृषिसम्बन्धी विभिन्न स्टलहरू रहेका छन्।
यस अवधिमा खानपानमा मात्र सीमित नभई स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा विभिन्न पर्यटकीय गतिविधिहरू पनि सञ्चालन गरिनेछ । स्थानीय उत्पादनको बजार विस्तार गर्नुका साथै पर्यटकहरूलाई यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदासँग परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङले जानकारी दिनुभयो।
महोत्सवले स्थानीय रैथान खानाको प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने कार्यक्रमका प्रमुख अतिथि विनोद वान्तवाले बताउनुभयो। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले महोत्सवमार्फत स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको बताउनुभएको छ । उहाँका अनुसार महोत्सवमा सहभागी हुने पर्यटकहरूले यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा तथा अतिथि सत्कारको अनुभवसँगै स्थानीय जीवनशैलीलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् ।
उहाँले पर्यटन प्रवद्र्धनका लागि महोत्सवलाई आगामी दिनहरूमा समेत निरन्तरता दिँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच, २०८३ सालको नयाँ वर्षको अवसर पारेर भोलि मंगलबार वैशाख १ गते स्रष्टा सम्मेलन आयोजना गरिने कार्यक्रम रहेको छ भने महोत्सवको समापन वैशाख २ गते हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेल , नेपाल प्रहरी भोजपुर जिल्ला शाखा प्रमुख राजु लामा ,शसस्त्र प्रहरी भोजपुर जिल्ला शाखा प्रमख दिव्यराज कोइराला ,पौवादुङ्मा गाँउपालिका उपाध्यक्ष जोत्सना राई ,टेम्केमैयुङ गाँउपालिका उपाध्यक्ष रमा राई,डिभिजन वन कार्यलय भोजपुरका प्रमुख रबुदास मियाँ , टेम्केमैयुङ गाँउपालिकाका वडाअध्यक्षहरू ,खोटाङका जनप्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।


