इटहरी । सुनसरीको बराहक्षेत्रमा रहेको ए के मन्टेश्वरी स्कुलले वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
आइतबार जनहित क्लब बराहक्षेत्र ६ को सभा हलमा आयोजित वार्षिक उत्सव तथा अभिभावक दिवसमा मन्टेश्वरीका संस्थापक टेक बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा बराह मन्टेश्वरी एकेडेमीका फाउण्डर हरिन्द्र कुमार राई रहनु भएको थियो ।
कार्यक्रममा पूर्व बाल विकास समूहबाट कक्षा १ मा प्रवेश गर्ने विद्यार्थीहरूको मनोवैज्ञानिक विकास, व्यवहारिक ज्ञान तथा समग्र शैक्षिक प्रगति अभिवृद्धि गर्ने उद्देश्यसहित यू.के.जी. का विद्यार्थीहरूको दीक्षान्त तथा सम्मान समारोह पनि सम्पन्न गरिएको विद्यालयका संस्थापक निर्देशक अवियोग राईले जानकारी दिनुभयो। उत्कृष्ट नतिजा ल्याउने, अनुशासित, नियमित उपस्थिति जनाउने तथा विभिन्न शैक्षिक क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई कार्यक्रममा पुरस्कार सहित सम्मान गरिएको थियो।
प्रमुख अतिथि राईले ए के मन्टेश्वरी स्कुलले प्रारम्भिक बालविकासको क्षेत्रमा लामो समयदेखि पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै साना बालबालिकाको भविष्य निर्माणमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथिहरूमा कोको मिलन मन्टेश्वरीकी प्रिन्सिपल क्रिष्टिना श्रेष्ठ, सुनसरी स्टार एकेडेमीका फाउण्डर तुलसा बन्ताव राई लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।


