इटहरी । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको नयाँ भवनबाट आजदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारेले प्रशासनिक काम सुुरु गरेको छ ।भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा भर्खरै निर्माण सम्पन्न गरिएको भवनबाट काम सुुरु गरिएको कार्यालयका शाखा अधिकृत कमलप्रसाद भट्टराईले बताउनुभयो । यसअघि भाडामा रहेको कार्यालय अबदेखि आफ्नै भवनमा सरेको र जिल्लाका पश्चिमी क्षेत्रमा रहेका पालिकाहरू देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष सेवा पाउने जनाइएको छ । कार्यालयबाट नागरिकता बनाउन
इटहरी। झापामा भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने कार्यमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्ने क्रममा २२ वर्षीय सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा ९ एमएमको पेस्तोल एक थान, म्याग्जिन एक थान र ४० राउन्ड गोली बरामद गरेको प्रहरीको भनाइ छ । उक्त हतियारबारे अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झा
इटहरी । झापाको क्षेत्र नं। ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ । सोमबार विहानैदेखि ओली र साह दुबैजना निर्वाचन केन्द्रित कार्यक्रममा ब्यस्त रहनु भएको छ । ओली आज दमकका मुख्य बजार तथा भित्रि चोकहरुमा मतदातासँग र साह सुकुम्बासी तथा भित्रि गाउँहरुमा रहनुभएको छ । एकैसाथ एउटै नगरमा उहाँहरुको घरदैलो आजबाट सुरु भएको हो । आज १० भन्दा बढी स्थानहरुमा ओलीको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरु तय गरेर सोहीअनुसार निर्वाचन प्रचा
इटहरी । प्रतिनिधि सभा सदस्यका लागि यमुना केसी, सुनसरी क्षेत्र नं। ४ की स्वतन्त्र उम्मेदवार, मुसा चिन्ह लिएर अहिले घरदैलो अभियानमा सक्रिय छिन्। विशेषगरी रामधुनी क्षेत्रका बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनले रामधुनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने आफ्नो प्रमुख एजेन्डा रहेको बताएकी छन्। जनताको बीच पुगेर उनी समस्या सुन्दै, आशा र भरोसा जगाउँदै अगाडि बढिरहेकी छन्। स्थानीयवासीले पनि विकास, पहिचान र धार्मिक–सांस्कृतिक महत्व बोकेको रामधुनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुने अपेक्षासहित उनको अभियानलाई सकारात्मक रूपमा लिएका छन्। केसीको भनाइमा, “रामधुनीको ऐतिहासिक र धार्मिक महत्व विश्वसामु चिन
सुनसरी | प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना केसी यतिबेला जनताको घरदैलोमा पुग्दै आशा, भरोसा र परिवर्तनको सन्देश सुनाइरहेकी छिन्। राजनीतिक भाषणभन्दा जनताको पीडा सुन्ने शैलीका कारण उनीप्रति स्थानीय मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।टोल–टोलमा पुग्दा उनलाई वृद्धहरूको आशीर्वाद, युवाको साथ र महिलाको समर्थन मिलिरहेको छ। “हामीलाई बोल्ने होइन, सुन्ने नेता चाहिएको हो,” भन्ने जनताको आवाजलाई उनले आफ्नो अभियानको आधार बनाएकी छिन्।उनले सार्वजनिक गरेका मुख्य एजेन्डाहरू यसप्रकार छन् :रामधुनीलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल युवालाई स्वदेशमै रो
इटहरी । खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ मा दुई करोड रुपियाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रव्रिmयाबाट श्री कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले एक करोड सात लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको प
इटहरी । फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका विनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । निर्वाचनका लागि कार्यकर्ता भेटघाटकै क्रममा गत बिहीबार बुवाको निधन भएपछि ढकाल अहिले कोरामा रहनुभएको छ । आइतबार कोराबाट ढकालले आफ्नो क्षेत्रका मतादातासमक्ष प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मोरङ–६ का लागि एमालेले निर्वाचन कमान्डरको रूपमा केन्द्रीय सदस्य लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ । केन्द्रीय सदस्य पण्डितले सो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । ढकालको प्रतिबद्धतामा क्षेत्रगत पूर्वाधार योजनालाई प्राथमिकता
इटहरी । भारतबाट झोलामा बोकेर ल्याएको कुखुरा सीमाक्षेत्रका फ्रेस हाउसमा जम्मा गरेर पोल्ट्रीसम्म पु¥याउने गरेको खुलेको छ । कुखुरापालन गरेर पोल्ट्रीले फ्रेस हाउससम्म वितरण गर्नुपर्नेमा उल्टै फ्रेस हाउसबाट पोल्ट्रीमा कुखुरा पु¥याउने गरेको पाइएको हो । सशस्त्र प्रहरी बल नेपाल सीमासुरक्षा बल रानीले शनिबार विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट कुखुरा लोड गरिरहेको अवस्थामा सुन्दरहरैँचा–११ का सञ्जीव श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो । फ्रेस हाउसबाट झोलामा राखिएको कुखुरा ल्याउँदै प्रदेश १–०२–००२ च ३६३७ नम्बरको बलेरो जिपमा लोड भइरहेको अवस्थामा सशस्त्रले नियन्त्रणमा लिएको थियो । चालक र तीन सय थान कुखुरा
इटहरी । रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिनको निःशुल्क विशेष तयारी कक्षा सुरु गरेको हो । स्थानीय तहबाटै लोक सेवा तथा शिक्षक सेवासम्बन्धी जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सब
मोरङ | सुतार कार्की सेवा समिति भाउन्ने, मोरङद्वारा निर्मित गौरीशंकर शिवालय मन्दिरको प्राण–प्रतिष्ठा तथा सम्मान कार्यक्रम धार्मिक श्रद्धा र सामाजिक सद्भावका साथ भव्य रूपमा सम्पन्न भएको छ।सेवा समितिका जग्गादाता तथा पूर्वमन्त्री उपेन्द्र बहादुर कार्कीले करिब साढे ९ कठ्ठा जग्गा दान गरेपछि मन्दिर निर्माण कार्य सुरु गरिएको हो। दातृजनहरूको सहयोगमा करिब ३० लाख रुपैयाँको लागतमा मन्दिर निर्माणाधीन रहेको छ भने मन्दिर परिसरको भवन निर्माण कार्य समेत तीव्र गतिमा अघि बढिरहेको र करिब ४० लाख रुपैयाँ खर्चमा सम्पन्न हुने अपेक्षा गरिएको सेवा समितिले जनाएको छ।सेवा समितिका संस्थापक तथा वर्तमान अध्यक्ष १०० वर्षका ज्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.