इटहरी | विद्यार्थीलाई विभिन्न खानाका परिकारबारे जानकारी गराउने, पकाउने सीप विकास गर्ने तथा व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले इटहरीको शिक्षादीप एकेडेमी स्कुलले ‘फुड फेस्टिभल’ आयोजना गरेको छ।इटहरी उपमहानगरपालिका वडा नं. १६ स्थित शिक्षादीप एकेडेमी स्कुलमा अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित उक्त फेस्टिभलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न परिकारहरू स्टलमार्फत प्रदर्शन तथा बिक्री गरेका थिए।फेस्टिभलमा सहभागी विद्यार्थीहरूले किताबी ज्ञानसँगै व्यावहारिक सीप सिक्न पाएको र सानो स्तरमै व्यापार–व्यवसायको अनुभव हासिल गर्न सकेक
इटहरी । झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज २ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई शंका लागेर चेकजाँच गर्दा अटोभित्र ६ ग्राम ०९ मिलि ग्रामब्राउनसुगर फेला पारेको हो । यससँगै चालक शिवसताक्षी २का दिलकुमार विश्वकर्मा, अटोमा सवार गौरादह ८ का अमन ताजपुरिया, धरान १६ की दीपा परियार र बेलबारी ९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ ।त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ कालाबन्जार चोक स्थितबाट बराहक
इटहरी । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसल माथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान चिन्ह नभएको मासु बिक्रीका लागि राखिएको भेटिएपछि परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको महानगरले जनाएको छ । उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान पसलविरुद्ध
इटहरी । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताउनुभएको छ । झापा भ्रमण पूरा गरी काठमाडौँ फर्किने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।झापा क्षेत्र नं ५ का मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो भन्ने जिज्ञासामा अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका जनताबाट अगाध स्नेह र भरोसा प्राप्त भएको उल्लेख गर्नुभयो । एक सातासम्म आफ्नै निर्वाचन क्षेत्रमा मतदातासँग समय बिताउनुभएका ओलीलाई स्थानीयले विकासका योजना, अपुरा आयोजना र स्थानीय समस्याका बारेमा जानकारी गराएका थिए ।भेटघाटका क्रमम
इटहरी। आसन्न फागुन २१ को निर्वाचनको लागि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु आइपुग्नुभएको छ । चुनावी तयारी तीव्र बनाएको सरकारले निर्वाचनको माहोल तथा मौसमका कारण गर्नुपर्ने तयारीका बारेमा बुझ्न प्रधानमन्त्री कार्कीसहितको टोली हेलिकप्टरबाट नाम्चे हुदै सदरमुकाम सल्लेरी आएको हो । प्रधानमन्त्री कार्कीले अहिलेसम्मको अवस्थामा मुलुकभर एकै चरणमा निर्वाचन हुने बताउनुभयो । जनताले आफ्नो खुसीले मतदान गरी प्रतिनिधि छान्न सक्ने वातावरण सबैले बनाउनुपर्ने उहाँको भनाइ छ । सरकारको सिंगो ध्यान निर्वाचन सफल पार्न केन्द्रित रहेकाले निर्वाचनको मितिबारे कुनै शंका नगर्न आग्रह गर्द
इटहरी । काठमाडौँको कलङ्कीस्थित घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाई ६० लाख रुपियाँ लुटपाट गर्ने समूहका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा रमेश बुढा मगर र दीपक राई रहेका छन् । गत माघ १४ गते दिउँसो ८–९ जनाको समूहले पीडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोड, झापासँगको समन्वयमा पक्राउ गरिएको हो । पक्राउ परेकाहरूका साथबाट प्रहरीले विभिन्न कम्पनीका ६ थान मोबाइल र लुटपाटमा प्रयोग भएका दुई थान मोटरसाइकल बरामद गरेको छ ।&nbs
इटहरी । चर्च ब्याइज युनाइटेड काठमाडौ २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले फाइनल यात्रा तय गरेको हो । निर्धारित समयसम्म खेल २–२ बराबरीमा सकिएपछि निर्णय ट्राइबेकरबाट गरिएको थियो । उपाधिका लागी चर्च ब्याइजले अव शनिबार प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्ने छ । ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै आफ्नो टोलीलाई फाइनल पु¥याए । झापाका लागि प्रसान्त लक्समले
इटहरी | सुनसरीको दुहबी नगरपालिका–२ तुताहामा रहेको सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा सञ्चालित नवीन शिक्षा निकेतन आधारभूत विद्यालय मा जिल्ला स्तरीय प्रतिभा पहिचान तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ।“समान अवसर, समान सम्मान, सबै क्षमताको पहिचान, समावेशी खेलकुदबाट उज्यालो भविष्य निर्माण– हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत कुमार तामाङको सभापतित्व तथा दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।बिहीबार बिहान सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मनोज कार्कीले गर्नुभएको थियो। स्वागत मन्तव्
इटहरी । कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरु राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ । विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको भने आयोजना
इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बाङ्गे बजारमा अनुगमन गरिएको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बिहिवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बाङ्गे बजार अनुगमन गरेको हो । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको, म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप–प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । वडा कार्यालय , नगरपालिकाको कार्यलयमा गर्नु पर्ने दर्ता प्रकृया , राजश्वको रसिद ,बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.