इटहरी । भोजपुरको षडानन्द नगरपालिका–१३ रेवामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार षडानन्द नगरपालिका–१३ मुखियाटोल घर भई विगत १२–१३ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका २४ वर्षीय सम्मरबहादुर तामाङलाई हिजो ९मङ्गलवार० बेलुका ९ बजे कुटपिट गरिएको हो। उनलाई षडानन्द नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका उनीहरूको खोजतलासका क्रममा आज ९बुधवार० बिहान ४ः३० बजे चारै जनालाई घरबाट फेला पारी नियन्त्रणमा लिइएको र प्रहरी चौकी बोयामा ल्याइएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक नवराज खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।