इटहरी । रामधुनी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण रेमी परियोजना अन्तर्गत फिर्ता तथा पुनः एकीकरण योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

चैत्र २४ र २५ गतेका दिन रामधुनी वडा न ५ को वडा अध्यक्ष लेखनाथ वास्तोलाको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । वैदेशीक रोजगारबाट फर्केर आएको व्याक्तीहरुलाई स्वोदेशमा नै वसि सामाजिक पुनःएकिकरण जस्तै, परीवार, समाज विचको मदभेद, मनोमाजिक समस्या  र आर्थिक पुनःएकिकरणको लागी लैङ्गिक कार्य सिकाई पद्धति जिए एल एस विधीको प्रयोग गरी  फिर्ता तथा पुनः एकीकरण योजना सम्वन्धि अभिमुखीकरण गरिएको थियो ।

विधीको प्रयोग गरी फिर्ता तथा पुनः एकीकरण योजना निर्माणको सहजीकरण सहजकर्ता दाङ्गको घोराही उपमाहानगर पालिकाकी द्रौपदी सुवेदीले गर्नु भएको थीयो । कार्यक्रमबारे जानकारी दिदै ७५ जनाको योजना निमाण गर्ने उद्धेशय अनुसार पहिलो चारणमा १५ जनाको योजना निर्माण भएको र ५ औँ चरण सम्ममा ७५ जनाको सक्ने रामधुनी नगरपालीकाको रेमी परीयोजना  परीवार  परामर्शकर्ता  शान्ती दनुवारले बताउनुभयो ।

वैदेशीक रोजगारीमा लामो समय काम गरी घर फर्कीएर नेपालमा नै पुर्णरुपमा मानसीक,सामाजीक र आर्थीक रुपले शसक्त्त भै नेपालमा नै वस्न सहज हुने उद्धेश्यले पुनः एकीकरण योजना निर्माणको लागी रामधुनी नगरपालीकमा रेमी परीयोजनाले सहजीकरण गरीरहेको छ ।