All Posts By कोशी प्रेस

    Showing २,६६१-२,६७० of १२,८१४ items.
  • भद्रपुरमा सिरिञ्ज प्रहार गरी निर्मम हत्या, एमबिबिएस विद्यार्थी पक्राउ

    इटहरी ।  झापामा एक व्यक्तिको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१० सत्रविघेमा बिहीबार बेलुका खेम ढकाल हत्या भएको प्रहरीले जनाएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गर्दा एक समूहले ढकाललाई सिरिञ्ज प्रयोग गरी आक्रमण गरेको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार स्थानीय गाउँलेहरूको प्रतिकारपछि उक्त समूह फरार भएको थियो । आक्रमणमा गम्भीर घाइते बनेपछि ढकाललाई स्थानीयले उपचारका लागि ओमसाइ अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । हत्याका कारण नखुलेको खड्काले बताउनुभयो । स्थानीयको सहयोगमा घटनामा संलग्नता रहेको अभियोगमा एक

    • प्रकाशित मितिः माघ २३, २०८२
    • २३२ पटक पढिएको
  • धाप्लाङघाट मोटरेबल पुल निर्माणले फेरि गति लियो

    इटहरी । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए । विसं २०७४ भदौ ३१ गते तत्काली

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १६७ पटक पढिएको
  • निर्वाचन सुरक्षालाई लक्षित गरी धनकुटामा सेना परिचान तीव्र

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी धनकुटामा पनि सेना परिचान तीव्र पारिएकोे छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाल सरकारले दिएको निर्देशन अनुसार धनकुटामा पनि सेना परिचालन गरिएको भीम दल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले जानकारी दिनुभयो । उहाँका एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार धनकुटाका सात वटा पालिकामा आवश्यकता अनुसार  सेना परिचालन गरिएको बताउनुभयो । गृह मन्त्रालयबाट प्रेसित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुरूप सेना परिचालन गरेको नेपाली सेनाले जनाएको छ । एकीकृत निर्वाचन सुरक्षा योजनामा नेपाली सेन

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १७३ पटक पढिएको
  • पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं। ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुँदै

    इटहरी ।  पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं। ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुँदै छ । यहाँ लगातार दुई पटक निर्वाचन जित्नुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा र दुई पटक नै साँवासँग पराजय बेहोर्नु भएका नेपाली कांग्रेसका झापा सभापति देउमान थेवेको प्रतिस्पर्धालाई रोचक हुने आकलन मतदाताले गरेका छन् । साँवा ह्याट्रिक गर्ने दाउमा हुुनुहुन्छ भने थेवे यस पटक चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त हुनुहुन्छ ।  तर यस पटक उहाँहरूलाई अन्य राजनीतिक दलका उम्मेदवारले पनि उत्तिकै चुनौती भने थपेका छन् । अघिल्लो पटक मतका आधारमा तेस्रो स्थानमा रहेको राष्

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १९६ पटक पढिएको
  • धनकुटामा माघ २७ देखि एचपिभी खोप अभियान सञ्चालन हुने

    इटहरी ।  धनकुटामा माघ २७ देखि  एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपनसम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी दिएको हो । यो वर्ष १४१ वटा विद्यालयका एक हजार दुई सय ५७ जना, विद्यालय बाहिर रहेका २ जना तथा गत वर्ष छुट भएका ५७ जना गरी कुल एक हजार दुई सय ८६ जना किशोरीलाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभर कुल ६ हजार नौ सय ११ जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो । जनस्वास्थ्य अधिकृत सिर्जना बन्जाडेका अनुसार एचपिभ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १५७ पटक पढिएको
  • चैनपुरमा आगलागी, पन्ध्र लाख बराबरको धनमाल क्षति

    इटहरी ।  सङ्खुुवासभा चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।  प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे ।       

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १८१ पटक पढिएको
  • पाठेघरको क्यान्सरविरुद्ध इलाममा खोप अभियान

    इटहरी । इलाममा बालिकाहरुलाई लक्षित गरी यही माघ २५ गते देखी २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने भएको छ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने क्रममा इलाममा पनि खोप अभियान सञ्चालन हुने भएको हो  । जिल्ला स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार गएको वर्ष छुटेकाहरुलाई पनि खोप लगाइने छ । विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालनका लागि काम अगाडी बढाइएको समेत जनाइएको  छ । इलामका सबै विद्यालयमा प

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १७५ पटक पढिएको
  • सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार यमुना केसी को हुन् ? किन सुनसरीबाट उम्मेदवारी ?

    सुनसरी | सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. को परिचय र उहाँले किन सुनसरीबाट उम्मेदवारी दिनुभयो भन्ने विषय यतिबेला जनचासोको केन्द्रमा परेको छ।रोल्पामा जन्मिएर हुर्किएकी यमुना के.सी. विगत झण्डै दुई दशकदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ। रोल्पा जस्तो विकट भूभागमा बाल्यकाल बिताएकी उहाँले समाजका दुःखी, पीडित तथा पछाडि पारिएका वर्गको वास्तविक अवस्था नजिकबाट बुझ्दै सामाजिक सेवाको यात्रा सुरु गर्नुभएको हो।सामाजिक सेवाबाट स्थापित पहिचानरोल्पाली चेली फाउन्डेसनकी अध्यक्षसमेत रहनुभएकी के.सी. ले स्वास्थ्य, शिक्षा, खानेपानी र मानवीय सेवाका

    • प्रकाशित मितिः माघ २३, २०८२
    • २९९ पटक पढिएको
  • वराहक्षेत्रमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

    इटहरी । वराहक्षेत्र नगरपालिकामा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक , संस्थागत तथा धार्मिक माध्यमिक तहका बिद्यालयको सहभागिता रहेको छ । बिहिबारबाट सुरु प्रतियोगिताको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यालयस्तर देखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउ

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३५२ पटक पढिएको
  • राजनितिको ‘उर्वर भूमि’ सुनसरी ४ नम्बरको चुनावी अंक गणित

    सुनसरी । नेपाली राजनीतिको ‘उर्वर भूमि’ भनेर चिनिने सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ यही क्षेत्र सधै चर्चामा आउने गरेको छ ।सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बिजयी भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेर उदाएका थिए ।काग्रेसका डा खलिल आजाद यश क्षेत्रबाट निर्वाचित भएर २०४८ सालकाे पहिलो आम निर्वाचन पछि बसेकाे प्रतिनिधिसभा बैठककाे सभामुख बन्न पुगे। उनका छाेरा  जमिल आजाद यसपटक काग्रेसकाे समानुपातिक उम्मेदवार रहेका छन । गिरिजापछि यही क्षेत्रबाट सुजाता कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञाने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]