इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष राईले भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा सुशासन कायम गरी भ्रष्टचार अन्त्य गर्न सबै लाग्नुपर्ने उल्लेख गर्दै राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकुल असर पार्ने कुनै पनि सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमाना रक्षाका लागि नेपाली सेना खटाउनुपर्ने, प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
शान्ति सुरक्षाका साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायत जनताका आवश्यकताका क्षेत्रमा प्रभावकारी काम गर्न उहाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।


