इटहरी । उत्तर पूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं। ८ मा आरन र ठेकी बनाउने तालिमसँगै ठेकी उद्योग अनुदान वितरण गरिएको छ ।
मंगलबार वडा नं। ८ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एक कार्यक्रमका बिच आरन तथा ठेकी उद्यमीहरूलाई अनुदान वितरण गर्नु भएको हो ।
आफ्नो परम्परागत पेसा– व्यवसाय ठेकी बनाउने, तोङ्बाको भाडा बनाउने तथा अन्य काठजन्य सामाग्रीहरु बनाउने ७ जना युवा उद्यमीलाई काठ दुलो पार्ने मोटर र आरनको आगो फुक्ने विद्युतीय मेसिन, हतियार धार लगाउने विद्युतीय मेसिन वितरण गरिएको वडाध्यक्ष नविन कार्कीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तुम्वापोले वडाभित्रका परम्परागत अरु आरनहरुलाई आगो फुक्ने विद्युतीय मेसिन लगायतको सामाग्री वितरण गर्नुभएको थियो । केही वर्ष अघि देखि वडा कार्यालयले परम्परागत पेशा व्यवसाय तथा सिपलाई संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।


