All Posts By कोशी प्रेस

    Showing २,६८१-२,६९० of १२,८१४ items.
  • प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकालाई

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा सडन डेथमा ५–४ गोल अन्तरले सिरिजङ्घा गाउँपालिकालाई पराजित गर्दै सिदिङ्वाले उपाधि जितेको हो । सुरुवाती अग्रता सिदिङ्वाले लिएपछि निर्धारित समयावधिमा दुवै टोलीले बराबरी दुई–दुई गोल भएर खेल समाप्त भएको थियो । सिदिङ्वाका तर्फबाट दुवै गोल विवेक सुनामले गर्नुभएको थियो भने सिरिजङ्घाका तर्फबाट हप्पु लिम्बूले पहिलो र भाइचुङ शेर्पाले दोस्रो गोल गर्नुभएको थियो । यसरी दुवै टोलीबाट दुई–दुई बराबरी गोल भएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २४२ पटक पढिएको
  • धनकुटामा एक कच्ची घरमा आगलागी,क्षतिको विवरण आउन बाँकी

    इटहरी ।  धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरुपामा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरुपमा जलेर नष्ट भएको हो । स्थानीय लोक बहादुर श्रेष्ठको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँएर टिन ढुङ्गा माटोले बनेको एक तले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगो धनकुटा नगरपालिकाको दुईवटा दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरूको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाए

    • प्रकाशित मितिः माघ २२, २०८२
    • १८४ पटक पढिएको
  • इलाम–२ मा चुनावी सरगर्मी तीव्र, एमाले–कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

    इटहरी ।   इलाम क्षेत्र नं। २ मा चुनावी गतिविधि निकै बढेको छ । चुनावी मैदानमा रहेका यस क्षेत्रका १४ जना उम्मेदवार आआफ्नै ढङ्गले मतदाताको घर घर पुगिरहेका छन् । संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नं। २ मा पछिल्लो समय सुहाङ नेम्वाङको लोकप्रियता बढेको छ । २०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गरेर विजयी भएका सुहाङ अबको निर्वाचनमा पनि यही क्षेत्रमा नेकपा (एमालेर्) बाट उम्मेदवार बन्नुभएको छ । नम्र स्वभाव, मिलनसार र शालीन व्यक्तित्वका सुहाङलाई यहाँका मतदाताले प्रिय मान्दै आएका छन् । उहाँ आफ्नो १६ महिनाको संसदीय अभ्यासमा आफूले गरेका काम र

    • प्रकाशित मितिः माघ २२, २०८२
    • १५७ पटक पढिएको
  • पूर्वाञ्चलका सिभिल इन्जिनियरिङ्का विद्यार्थीहरूको टेक फेस्ट हुँदै

    इटहरी । पूर्वाञ्चल इन्जिनियरिङ् क्याम्पस धरानमा सिभिल इन्जिनियरिङ्मा अध्ययनरत विद्यार्थीहरुको टेक फेस्ट हुने भएको छ । यही माघ २३ गतेदेखि तीन दिनसम्म टेक फेस्ट चल्नेछ । टेक फेस्टमा विद्यार्थीहरुले अध्ययन गरेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रस्तुत गर्नेछन् । जसमा अटोकेड (ड्रइङ् तथा डिजाइन सफटवेयर), इट्याब्स (संरचनात्मक विश्लेषण तथा डिजाइन सफ्टवेयर), सर्वेक्षण, फाइला गनेर दुरी मापन गर्ने विधि, कागजको पुल निर्माण, आइसक्रिम स्टिक (पप्सिकल स्टिक) प्रयोग गरि पुल निर्माणलगायतका कार्यको अभ्यास कार्य गरेर प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको  छ। तीनदिने कार्यक्रममा २०० भन्दा बढी

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ४१५ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नक्सा पास गराएर मात्र घर बनाउन पाइने

    इटहरी  । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नक्सा पास गराएर मात्र घर बनाउन पाइने भएको छ । पालिकाले विकास निर्माण मापदण्ड २०८२ जारी गर्दै घर संरचना निर्माण गर्दा नक्सा पास अनिवार्य गरेको हो । पालिकाभित्र पक्की तथा कच्ची दुबै प्रकृतिका घर निर्माण गर्न नक्सापास अनिवार्य गरिएको गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । भूक्षय तथा बाढी पहिरोको जोखिमबाट बच्ने उपायस्वरुप मापदण्ड जारी गर्दै घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष वनेमले बताउनुभयो । गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार नयाँ संरचना अर्थात घर निर्माणसँगै

    • प्रकाशित मितिः माघ २१, २०८२
    • २६६ पटक पढिएको
  • प्यागोडा मोडेल इङ्गलिस बोर्डिङ स्कुलद्वारा ४ जिपीए ग्रेडेङ छात्र –छात्राहरू पुरस्कृत

    इटहरी । पुर्वी मोरङ्गको पथरी शनिश्चरे वडा नं ३मा रहेको प्यागोडा मोडेल इङ्गलिस बोर्डिङ स्कुलले शैक्षिक सत्र –२०८२ मा ४ जीपीए ग्रेड ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहका बीच तेस्रो त्रैमासिक परीक्षामा चार जि. पी. ए. ग्रेड प्राप्त गर्ने २३ जनालाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । पहिलो त्रैमासिक परीक्षामा १३ जना र दोस्रो त्रैमासिक परीक्षामा १८ जनालाई पनि यसअघि नै चेक मार्फत पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक इन्द्र गौतमले जानकारी दिनुभयो । सोहि समारोहमा कक्षा नर्सरीदेखि १० सम्मका जेहन्दार विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । वि

    • प्रकाशित मितिः माघ २१, २०८२
    • २८२ पटक पढिएको
  • कोलबोटेमा तीन दिने घरेलु साबुन बनाउने तालिम सम्पन्न

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.–१ अन्तर्गतको पहाडी बस्ती कोलबोटेमा तीन दिने घरेलु सर्फ, हर्बल, फिनेल तथा तितेपातीको साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । प्रगति महिला समाज सुन्दरहरैंचाको प्राविधिक सहयोग तथा वडा नं.–१ को आर्थिक सहयोगमा सम्पन्न तालिममा ज्यामिरे, कोलबोटे र गुर्दुम डाँडाका स्थानीय गरि २५ देखि ३० जना महिला तथा पुरुषको उत्साहजनक सहभागिता रहेको थियो । स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ आशा र आत्मविश्वास थपेको छ । तालिममा सहभागी वडा सदस्य टंक राईले सिकेको सीपलाई व्यक्तिगत सीमाभन

    • प्रकाशित मितिः माघ २१, २०८२
    • २०१ पटक पढिएको
  • नेसनल प्याब्सन कोशी प्रदेश र नोबेल मेडिकल कलेजबीच सहुलियत उपचार सम्झौता

    इटहरी । शिक्षा क्षेत्र समाजको मेरुदण्ड हो र त्यही मेरुदण्डलाई सबल बनाउने शिक्षक, कर्मचारी तथा विद्यालय सञ्चालकहरूको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल कोशी प्रदेश (नेसनल प्याब्सन) र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडबीच सहुलियत उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । २०८२ माघ २० गते सम्पन्न उक्त सम्झौताले कोशी प्रदेशभरका निजी विद्यालयमा कार्यरत हजारौँ शिक्षक, कर्मचारी र विद्यालय सञ्चालकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने भरोसा दिलाएको छ । सम्झौताअनुसार नेसनल प्याब्सन कोशी प्रदेशमा आबद्ध सदस्य विद्यालयका सञ्चालक, प्रिन

    • प्रकाशित मितिः माघ २१, २०८२
    • २१५ पटक पढिएको
  • होलसेल पसल तथा होटलहरूको अनुगमन

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको अनुगमन टोलीले  होलसेल पसल तथा होटलहरूको अनुगमन गरेको छ । आज उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको संयोजकत्वमा नगरपालिकाभित्र सञ्चालनमा रहेका किराना होलसेल पसल र होटलहरूको अनुगमन गरिएको हो । अनुगमनका क्रममा एक्सपायरी मिति नछुट्याइएका, म्याद रहेका र म्याद गुज्रेका खाद्य सामग्रीहरू एकै स्थानमा भण्डारण गरी विक्री कक्षमै राखिएको पाइएकाले आगामी दिनमा यस्तो नगर्न व्यवसायीहरूलाई सचेत गराइएको छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका खाद्य सामग्रीहरू तत्काल नष्ट गरिएको थियो । साथै, पसल तथा होटलहरू दर्ता तथा नविकरण भए–नभएको विषयमा पनि जाँ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • १९१ पटक पढिएको
  • बराहक्षेत्र –९ राष्ट्रिय स्वतन्त्र पार्टी लाई हाल कोरिया बस्ने श्रबण चन्द्रवंशी द्वारा ८० कपडा सहयोग

    इटहरी । बराहक्षेत्र नगरपालिका वडा–९ पूर्व टोल घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बस्दै आउनु भएका श्रवण चन्द्रवंशीले करिब ५० हजार रुपैयाँ बराबरका ८० थान कपडा सहयोग गर्नु भएको छ । उक्त कपडा बराहक्षेत्र नगरपालिका वडा–९ भित्रका युवा पुस्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा–९ समितिका लागि सौजन्य स्वरूप प्रदान गरिएको हो । देशमा सकारात्मक परिवर्तन होस्, नयाँ युगको सुरुवात होस् र परिवर्तनको यात्रालाई अगाडि बढाउन वडा–९ निवासीहरूमा उत्साह र हौसला प्रदान गर्ने उद्देश्यले कपडा सहयोग गरिएको श्रवण चन्द्रवंशीले बताउनुभयो । उहाँले सुनसरी–४ को उज्यालो भविष्य, सुशासन तथा देशको मुहा

    • प्रकाशित मितिः माघ २१, २०८२
    • १७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]