प्रेेक्षा आचार्य
इटहरी । Ladies of Liberty Alliance अन्तर्गतको LOLA Itahari Chapter ले Rotaract Club of Sunsari तथा Leo Club of Itahari Pathibhara सँगको सहकार्यमा “The Art of Public Speaking and Professional Hosting” विषयक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
इटहरीस्थित Lunar IT Solution मा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूलाई सार्वजनिक बोल्ने कला, आत्मविश्वास विकास, स्टेजमा प्रभावकारी प्रस्तुति दिने तरिका, दर्शकसँग जोडिने सीप तथा प्रोफेसनल होस्टिङका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा प्रशिक्षक Chetan Singh Basnet ले सहजीकरण गर्नुभएको थियो। उहाँले स्टेजमा आत्मविश्वासका साथ प्रस्तुत हुने तरिका, आवाजको उचित प्रयोग, दर्शकसँग प्रभावकारी अन्तरक्रिया गर्ने कला तथा व्यावसायिक रूपमा कार्यक्रम सञ्चालन गर्ने तरिकाबारे सहभागीहरूलाई सरल र सहज ढंगले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै आफ्नो अनुभव र धारणा पनि साझा गरेका थिए। सहभागीहरूका अनुसार कार्यक्रम प्रेरणादायी, ज्ञानवर्धक तथा व्यावहारिक रूपमा अत्यन्त उपयोगी रहेको थियो।
कार्यक्रमकी संयोजक तथा च्याप्टर लिड Preksha Acharya ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, सहकार्य संस्था तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। साथै यस्ता कार्यक्रमहरूले युवाहरूको नेतृत्व विकास तथा पेशागत सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।


