All Posts By कोशी प्रेस

    Showing २,९४१-२,९५० of १२,८१४ items.
  • धनकुटाको साँगुरीगढीमा बेवारिसे पुरुषको शव फेला

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका –१०, स्थित घुम्ती खोलानजिकै कोशी नदीको तीरमा एकजना पुरुषको शव फेला परेको छ । आइतवार बिहान घोप्टे परेको अवस्थामा बेवारिसे पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार कोशी किनारमा नाम थर नखुलेको करिब ३० देखि ३५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जानकारी दिनुभयो । बेवारिसे अवस्थामा फेला परेको शव जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान टोली खटी शवको प्रारम्भिक अनुसन्धानपश्चात् पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २४३ पटक पढिएको
  • हिलोमा भासिएको चित्तलको उद्धार

    इटहरी ।  झापाको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ ।स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईँको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयवासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रूपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक वन कार्यालयमा जिम्मा लगाइएको वन रक्षक वीरेन्द्र पौडेलले बताए । उक्त सामुदायिक बनमा जंगली जनाव

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ३१७ पटक पढिएको
  • सप्तकोशी बहुमुखी क्याम्पसमा प्राध्यापक सङ्घको नयाँ नेतृत्व चयन

    इटहरी ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तकोशी बहुमुखी क्याम्पस, सुनसरीको बराहक्षेत्र–७ मा क्रियाशील पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल को तेस्रो इकाई अधिवेशनबाट केशव पुरी पुनः सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा पुरी र दिवस बिष्टबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा पुरीले १३ मत प्राप्त गर्दा बिष्टले १२ मत ल्याएका थिए। एक मतको झिनो अन्तरले पुरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन। यसैगरी सचिव पदमा राजन इसार र उमेश खत्रीबीच प्रतिस्पर्धा भएकोमा इसारले १३ मत प्राप्त गरी एक मतको अन्तरले खत्रीलाई पराजित गरेका थिए। अन्

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ३२१ पटक पढिएको
  • तेस्रो आमन्त्रित पोवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा बृहत माघी मेला हुने

    भोजपुर | पोवादुङमा गाउँपालिकाको मुख्य आयोजनामा तेस्रो आमन्त्रित पोवाडुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा बृहत माघी मेला आयोजना हुने भएको छ। गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार माघ १४ गतेदेखि सुरु हुने प्रतियोगिता तथा मेलामा जिल्लाभित्र तथा बाहिरका चर्चित क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। पोवाडुङमा रङ्गशालमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले माघ १० गते बेलुका ४ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। खेल तालिका माघ ११  गते बेलुका ४ बजे प्रकाशन गरिने कार्यक्रम संयोजक इन्द्र कुमार राईले जानकारी दिनुभयो ।प्रतियोगितामा विजेता टिमले नगद ३ लाख रुपैयाँ सहित ट्रफी,

    • प्रकाशित मितिः पुस २७, २०८२
    • ३८१ पटक पढिएको
  • इटहरी लेडी जेसीज २०२६ का लागि नयाँ नेतृत्व निर्वाचित

    इटहरी । इटहरी लेडी जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा यमुना बुढाथोकी निर्वाचित भएकी छन्। उनको नेतृत्वमा संस्थाको नयाँ कार्यसमिति चयन भएसँगै इटहरी लेडी जेसीजले आगामी वर्षका कार्यक्रम र गतिविधिहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । नव निर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा तारा दुलाल र प्रकृति चौलागाई, उपाध्यक्षहरूमा उषा पौडेल, निर्मला नेपाल, निशा पौडेल र सुस्मिता कार्की चयन भएका छन्। त्यसैगरी सचिव पदमा शुषमा ढकाल निर्वाचित भएकी छन्। नयाँ नेतृत्वलाई हार्दिक बधाई दिँदै शुभेच्छुकहरूले सफल, सशक्त र उपलब्धिमूलक कार्यकालको कामना गरेका छन्।  इटहरी लेडी जेसीजले महिला नेतृत्व

    • प्रकाशित मितिः पुस २७, २०८२
    • ३९० पटक पढिएको
  • विराटनगरमा ब्राउन सुगरसहित तीन जना भारतीय नागरिक पक्राउ

    इटहरी ।  मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले १०४ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ। पुस २६ गते इलाका प्रहरी कार्यालय रानी तथा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल रोकी जाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया जिल्लाका २० वर्षीय सेठु कुमार, मोटरसाइकलमा सवार १९ वर्षीय राजकुमार साह र २० वर्षीय रोशन कुमारको साथबाट १०४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय

    • प्रकाशित मितिः पुस २७, २०८२
    • २५१ पटक पढिएको
  • धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्न सुनसरी प्रशासनले अपिल

    इटहरी । धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्न सुनसरी प्रशासनले अपिल गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा भएको अन्तर्क्रिया तथा छलफल कार्यक्रमपछि धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्न अपिल गरिएको हो । जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्ने विषयमा सर्वपक्षीय अन्तक्रिया तथा छलफल भएको छ । प्रदेश र स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, धार्मिक संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको छलफलपछि जिल्लामा शान्ति, सद्भाव र सहअस्तित्व प्रवर्धन गर्न चारबुँदे निर्णय गर्दै सद्भावका लागि अपिल गरिएको छ । जिल्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • २७१ पटक पढिएको
  • सरकारी समन्वय अभावले रोकियो पहिरोपीडितको आवास अनुदान

    इटहरी ।  विसं २०७७ को वर्षाका कारण आएको पहिरोले बस्नै नहुने गरी घर भत्किएपछि धनकुटाको सहिदभूमि गाउँपालिका–६, माम्फिङकी धनकुमारी राईले सरकारको भरोसामा नयाँ घर निर्माण गर्नुभयो । स्थानीय तहको सिफारिसका आधारमा जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयपछि राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणबाट राईले नयाँ आवास निर्माणका लागि चार लाख रुपियाँ पाउने निर्णय भएको थियो । उहाँले २०७९ सालमै घर निर्माण गर्नुभयो तर उहाँले घर निर्माण गरेको तीन वर्ष बित्दासमेत पूरै रकम पाउनुभएको छैन । पहिलो र दोस्रो किस्ताबापतको पाउनेमध्ये हालसम्म एक लाख ७५ हजार रुपियाँ  मात्र प्राप्त गर्नुभएको छ । बाँकी दुई लाख २५ हजा

    • प्रकाशित मितिः पुस २७, २०८२
    • २४६ पटक पढिएको
  • सदरमुकाम दिक्तेल बजारको सडक ढलान सम्पन्न

    इटहरी । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारको सडक ढलान सकिएको छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कार्यले ७ वर्षमा पूर्णता पाएको हो । दिक्तेल बजारको सडक ढलानको लागि पहिलो पटक २०७६ सालमा बजेट विनियोजन भएको थियो । पुरै सडक ढलानका लागि अपुरो बजेट विनियोजन हुँदा ७ वर्षमा सडक ढलानले पूर्णता पाएको हो । दिक्तेल बजारको रत्नपार्कदेखि हाडडाँडासम्म सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने छैन् । कुनै समय हिलोका कारण हिड्नसमेत नसकिने दिक्तेल बजारको सडकले सबैलाई सास्ती दिएको दिक्तेलका प्रेमकुमार श्रेष्ठ बताउनुहुन्छ । लामो समयको प्रतिक्षा पश्चात पुरै सडक ढलान

    • प्रकाशित मितिः पुस २७, २०८२
    • १७१ पटक पढिएको
  • मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले मनाए प्रथम भक्का पिठ्ठा उत्सव

    इटहरी  । मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन् । मेचीनगर–७, इँटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो । रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भाक्कालाई प्रवर्धन र सम्बर्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताउनु भयो । भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भाक्का उत्सवले पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताउनु भयो । उहाँले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी

    • प्रकाशित मितिः पुस २७, २०८२
    • २१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]