All Posts By कोशी प्रेस

    Showing २,९६१-२,९७० of १२,८१४ items.
  • ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने

    इटहरी। ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम ९माघे सङ्क्रान्ती ०को अवसरमा ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कप सञ्चालन हुने भएको हो । शनिबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी फक्ताङलुङ गाउँपालिका–३, लिङ्खिमस्थित सिंवा बजारमा मेलासँगै गोल्ड कप सञ्चालन हुने जानकारी गराइएको छ । मेला यस अघि पनि सञ्चालन हुँदै आएको थियो भने गोल्ड कप भने पहिलो पटक सञ्चालन गर्न लागिएको हो । आमन्त्रीत गोल्ड कपमा जम्मा आठ समूहको सहभागिता रहने माघे मेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक सिंवा स्पोर्टिङ

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १९० पटक पढिएको
  • उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

    इटहरी । दाउरा काट्ने क्रममा रुखबाट लडेर उदयपुरको चौडण्ढीगढी नगरपालिका –७ हाङबजार निवासी एक महिलाकोे शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार ४२ बर्षीया नमिता राईको रुखबाट लडेर मृत्यु भएको हो । घरभन्दा केही पर रहेको बसन्त पञ्चमी सामुदायिक वनमा दाउरा काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएकी राईलाई उपचारका लागि बेल्टारस्थित नगर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् । मृतक राईको शब पोस्टमार्टमका लागि अस्पताल राखिएको र कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १८७ पटक पढिएको
  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

    इटहरी । झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ट्याक्टरको डालामा सवार ज्यान जाने र घाइते हुने स्थानीय मजदुरहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति साढे १० बजे गौरादह नगरपालिका–५ स्थित चान्दु खोला भित्री सडकखण्डमा बालुबथानबाट फकिढिपतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरमा अन्य व्याक्तिहरु पनि रहेका थिए । दुर्घटनामा ट्याक्टरमा सवार गौरादह–७ का ३५ वर्षीय महमद माजिमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मा

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १८८ पटक पढिएको
  • मेचिनगरमा बसभित्र एक व्यक्ति मृत अवस्थामा फेला

    इटहरी ।  झापाको मेचिनगरमा बसभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान मेचिनगर नगरपालिका–७ प्यारीभित्ता बसपार्क क्षेत्रमा बिग्रिएर थन्क्याइएको को १ ख ७८३९ नम्बरको बसभित्र सुतिरहेको अवस्थामा अन्दाजी ४० वर्षीय तम्बु भनिने मागीखाने पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तम्बुको वतन र थर खुल्न नसकेको र आवश्यक कानुनी प्रक्रिया पुर्याएर शव पोष्टमाटमको लागि भद्रपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयले चिसोको कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १४५ पटक पढिएको
  • आन्दोलनका क्रममा काठमाडौँबाट भागेका कैदी ताप्लेजुङमा पक्राउ

    इटहरी । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका ३३ वर्षीय जीवनकुमार चर्मकार ताप्लेजुङबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जटाशङ्कर यादवले ओखलढुङ्गगको सिद्धिचरण नगरपालिका–७ घर भएका चर्मकार पक्राउ परेका जानकारी दिनुभयो । प्रहरी निरीक्षक यादवका अनुसार हाल काठमाडौँ महानगरपालिका–२८ बागबजारमा डेरा गरी बस्दै अएका चर्मकार लिखत किर्ते र चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएर कैद सजाय भुक्तान गर्दै आएका थिए । ताप्लेजुङ

    • प्रकाशित मितिः पुस २६, २०८२
    • ११० पटक पढिएको
  • इटहरीमा शनिबार ‘फाइनप्रिन्ट फिभर’ साहित्य उत्सव हुँदै

    इटहरी । इटहरीमा शनिबार (भोलि) एकदिने साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना हुने भएको छ। प्रकाशन गृह फाइनप्रिन्टद्वारा प्रकाशित पुस्तकका लेखकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।उक्त साहित्य उत्सवबारे शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा महानायक राजेश हमालसहित छ जना चर्चित लेखक सहभागी हुनेछन्।कार्यक्रममा महानायक राजेश हमालको आत्मपरक कृति ‘युगदेखि युगसम्म’ मा केन्द्रित रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गर्नेछन्। यस्तै, २०८१ सालको मदन पुरस्कार वि

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ३५४ पटक पढिएको
  • Asia Visionary CEO Award 2026 बाट PVIHM का अभिषेक श्रेष्ठ सम्मानित

    काठमाडौं | World Research Congress र United Research Council को सहकार्यमा Asia Awards द्वारा प्रदान गरिने प्रतिष्ठित Asia Visionary CEO Award 2026 बाट नेपाली शैक्षिक तथा उद्यमशील नेतृत्वकर्ता अभिषेक श्रेष्ठ सम्मानित भएका छन्।एसियाली मुलुकका विभिन्न क्षेत्रका प्रभावशाली नेतृत्वकर्तामध्येबाट दूरदृष्टि, नवप्रवर्तन, संस्थागत विकास र सामाजिक प्रभावका आधारमा छनोट हुँदै श्रेष्ठले यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका हुन्।शिक्षा क्षेत्रमा दीर्घकालीन सोचसहित गुणस्तरीय जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको संस्था PVIHM को नेतृत्व गर्दै आएका श्रेष्ठले युवा पुस्तालाई सीपमुखी, व्यावसायिक तथा अन्तर्र

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ९२० पटक पढिएको
  • प्रविधि क्षेत्रमा सहभागिता: सबैका लागि समान अवसरको आवश्यकता

    प्रेक्षा आचार्यइटहरी | आजको समयमा प्रविधि हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। शिक्षा, रोजगारी, व्यापार र सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ। यस्तो अवस्थामा सबै वर्गको समान सहभागिता आवश्यक हुन्छ। महिलाको सहभागिता बढ्दै गएको भए पनि अझै पर्याप्त छैन।एक डिजिटल प्रविधि विद्यार्थीको रूपमा हेर्दा, प्रविधि सबैका लागि समान अवसर दिने माध्यम बन्न सक्छ। महिलाले पनि प्रविधि र अन्य क्षेत्रमा सक्रिय सहभागिता जनाउँदा नयाँ सोच र उपयोगी समाधानहरू आउँछन्, जसले समग्र समाजलाई अगाडि बढाउन सहयोग गर्छ।हाल Ladies of Liberty Alliance (LOLA) Itahari ले महिलाको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्च

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ७३६ पटक पढिएको
  • विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना नदिन इटहरी उपमहानगरको निर्देशन

    इटहरी । इटहरीमा विद्यार्थीहरूलाई यातना दिएको भन्दै उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिन निर्देशन दिएको छ । अनुशासनको नाममा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, डर–त्रास देखाउने, मानसिक दबाब सिर्जना गर्ने जस्ता क्रियाकलापबाट बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर परेको भन्दै उपमहानगरपालिकामा गुनासो प्राप्त भएपछि निर्देशन दिइएको हो । नेपालको संविधानले सुनिश्चित गरेको बालबालिकाको मौलिक हक, बालअधिकार ऐन २०७५ तथा शिक्षा ऐन र नियमावलीमा स्पष्ट रूपमा शारीरिक वा मानसिक यातना निषेध गरिएको स्मरण गराएको छ । प

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २९४ पटक पढिएको
  • तिला–संक्रान्ति माघी मेला तथा सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुँदै

    सुनसरी । थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तिला–संक्रान्ति माघी मेला तथा सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गरिने भएको छ । ग्रामथान संरक्षण समिति रामधुनी नगर समितिको आयोजनामा तथा रामधुनी नगरपालिका, वडा कार्यालयहरू, विभिन्न थारु संघ–संस्थाको सहयोगमा मेला आयोजना हुन लागेको हो । कार्यक्रम २०८२ साल माघ १ र २ गते रामधुनी नगरपालिका–९ झुम्का स्थित जितमहान चोकमा सञ्चालन हुनेछ । आयोजकका अनुसार तिला–संक्रान्ति तथा माघी पर्व थारु समुदायको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व हो । यस पर्वले सामाजिक एकता, आपसी सद्भाव र नयाँ वर्षको स्वागतको सन्देश दिने व

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ४०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]