इटहरी। नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रणशार्दुल गणले संयुक्त रूपमा पदयात्राको तयारी गरेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । गत वर्षदेखि सुरु गरिएको पदयात्रा यसपटक पनि निरन्तरता दिन लागिएको उहाँको भनाइ छ । इलाम नगरप्रमुख केदार
इटहरी। धनकुटा नगरपालिका–६, स्थित सल्लेरीमा रहेको नेपाल नेत्रज्याति सङ्घ धनकुटाद्वारा सञ्चालित डा। रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले वार्षिक १५ हजार आँखाका बिरामी परीक्षण गर्दै आएको छ । सोमबार सङ्घको १५ औँ वार्षिक साधारण सभा तथा अस्पतालको १२ औँ वार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको हो । आँखा अस्पतालका सचिव देवबहादुर खड्काले अस्पतालमा दैनिक ५० देखि ७० जनासम्मलाई बहिरङ्ग सेवा दिने गरेको बताउनुभयो । त्यस्तै वार्षिक एक हजार जनाको शल्यव्रिmया गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जिल्लामा रहेका सात वटै पालिकासँग समन्वय गरी आँखा परीक्षण शिविर सञ्चालनसमेत गर्दै आएको जनाइएको छ । अस्पतालले
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमालेको काठमाडौँमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ। आज ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल भृकुटी मण्डपमा बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको हो। कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज समेत रहनु भएको बस्नेतले पार्टी र राजनीतिमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको महसुस गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनु भएको छ। उहाँले पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउन आफ्नो उम्मेदारी रहेको प्रष्ट पार्नु भयो
इटहरी । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्रीवितरण भइरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको कार्यतालिका अनुसार दिउँसो २ बजेबाट मतदानको तयारीमा केन्द्रीय निर्वाचन आयोग जुटेको छ । ढिलोमा २ बजेबाट मतदान शुरु गराउनका लागि आयोगले काम गरिरहेको जनाएको छ ।विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली हस्तान्तरण गरेको आयोगका सदस्य कुन्साङ लामाले बताए ।सबै नामावली सेट गर्न १२ घण्टाको समय माग गरेका कारण ढिलोमा २ बजेभित्र मतदान शुरू गर्ने लामा बताउँछन् । बुधबार भृकुटीमण्डपको परिसर अर्कै कार्यक्रमका लागि बुक भइसकेका कारण आज राति नै यो स्थल छोड्नुपर्ने बाध्यता छ । त्यसैले मतदान आरम्भ २ बजेभन्दा ढिलो नहुने लामाले बताए ।
प्रेेक्षा आचार्यइटहरी | समुदायस्तरमा महिलाको आवाजलाई सम्मान र प्राथमिकता दिने उद्देश्यका साथ LOLA इटहरीको पहलमा इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा ‘आँगनमा आमाको आवाज’ कार्यक्रम सम्पन्न भएको छ।‘आमाको जीवन : दुःख, खुशी, बल र सपना’ विषयमा केन्द्रित उक्त कार्यक्रम खुला छलफलका रूपमा सञ्चालन गरिएको थियो। कार्यक्रममा ३० वर्षभन्दा माथिका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमले आमाहरूलाई केवल पारिवारिक भूमिकामा सीमित नराखी एक महिला र व्यक्तिका रूपमा आफ्ना जीवनका अनुभव, भावना, संघर्ष, खुशी र सपनाहरू खुला रूपमा व्यक्त गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।छलफलका क्रममा सहभागी महिलाहरूले प
इटहरी । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी– ७ बोगलस्थित देउराली आधारभुत विद्यालय ३ कोठे भवनको शिलान्यास गरिएको छ । यस शैक्षिकसत्रबाट कक्षा वृद्धि गरेको उक्त विद्यालय भवनको गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो । गाउँपालिका प्रवक्ता समेत रहनुभएका सोही वडाका अध्यक्ष भोजराज कार्कीका अनुसार वडाको ५ लाख र गाउँपालिकाको ९ लाखबाट उक्त भवन निर्माण हुनेछ । भौगोलिक हिसाबले कक्षा ६ अध्ययन गर्न १ घण्टा सम्मको यात्रा गर्नुपर्ने विद्यार्थीको बाध्यता र समस्यालाई ध्यानमा राखेर कक्षा वृद्धिको लागि पहल गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले प
इटहरी । वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक बिद्यालयका व्यवस्थापन समिति पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीलाई विपद् जोखिम न्युनिकरण तालिम दिइएको छ । वराहक्षेत्र नगरपालिकासंगको समन्वयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा राष्ट्रिय वातावरण तथा सम बिकास (निड्स ) नेपालको प्राबिधिक सहयोगमा उक्त तालिम आयोजना गरिएको हो । आईतवारबाट सुरु तालिम २ दिनसम्म आयोजना हुनेछ । पुर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत बिद्यालयमा आधारित विपद् जोखिम न्युनिकरण तालिम आयोजना गरिएको यस तालिममा पाठ्यक्रममा विपद व्यवस्थापन , पुर्वानुमान र पुर्वतयारी बिषयलाई प्रथामिकता दिईने
इटहरी । पोखरामा आगामी पुस १३ गतेदेखि हुने सडक महोत्सवको निम्तो दिन व्यवशायीहरु इटहरी आइपुगेका छन् । नयाँ वर्षको अवसरमा २७ औँ पोखरा सडक महोत्सव आयोजना हुँदैछ । महोत्सवमा सहभागि हुन निम्ता बाँड्दै हिँडेको पोखरेली पर्यटनकर्मीहरूको टोलीले इटहरीमा पर्यटन व्यवसायी, पत्रकार, स्थानीय पालिकाका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको थियो । उनीहरूले भेटका क्रममा पोखरा घुम्न आउन निम्तो दिनका साथै जेनजी आन्दोलनपछि पनि पोखरामा सुरक्षाको कुनै समस्या नभएको भन्दै आश्वस्त पारेका थिए । सो क्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका अध्यक्ष गोपीचन्द्र भट्टराईले पोखरा घुुम्नका लागि सुरक्षित रहेको
इटहरी । ओखलढुङ्गामा पाँच वटा नयाँ मतदान केन्द्र थपिएका छन् । दुरीका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएको गुनासो आएपछि जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले निर्वाचन आयोगमा सिफारिस गरेको थियो । जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विदुरकुमार बस्नेतका अनुसार सोही सिफारिसका आधारमा निर्वाचन आयोगले जिल्लामा पाँच मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो । नयाँ थपिएका मतदान केन्द्रहरूमा चिशंखुगढी गाउँपालिका–६ स्थित छात्र प्रगति माध्यमिक विद्यालय भदौरे, मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक विद्यालय ढुस्के, सिद्धिचरण नगरपालिका–५ स्थित कालिकादेवी आधारभूत विद्यालय वर्णालु, चम्प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.