इटहरी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको थियो । आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।
इटहरी / पूर्वाञ्चल मिल्क एण्ड फुड्स प्रा.लि.ले आफ्नो उद्योगबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै औपचारिक स्पष्टीकरण जारी गरेको छ।२०६७ सालदेखि इटहरी–१२ मा सञ्चालनमा रहेको उक्त उद्योगले उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट बेकरीजन्य खाद्य सामग्री उत्पादन र वितरण गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा इटहरीस्थित उद्योगमा गरिएको संयुक्त अनुगमन क्रममा म्याद सकिएका खाद्य सामग्री फेला परेको विषय सत्य भए पनि त्यसको सन्दर्भलाई लिएर समाचारमा भ्रामक ढंगले प्रस्तुत गरिएको दाबी गरिएको छ।कम्पनीले जारी गरेको विज्ञप्तिमा भण्डार
धरान–१६ स्थित सिटी चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा केन्द्र धरानमा फलफूल वितरण गर्दै मानव सेवामा आफ्नो सक्रिय उपस्थिति जनाएको छ। मन्टेश्वरीमा अध्ययनरत नानिबाबुहरूलाई ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने शिक्षा व्यवहारिक रूपमा सिकाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको मन्टेश्वरीकी निर्देशक ओमु राईले जानकारी दिनुभयो।राईका अनुसार, बालबालिकालाई पुस्तकमै सीमित नराखी वास्तविक जीवनमा मानवीयताको मूल्य बुझेका नागरिक बनाउन मन्टेश्वरीले वर्षेनि यस्ता सामाजिक क्रियाकलापहरू गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले आफैँले तयारी गरेका फलफ
इटहरी । इटहरीमा माघ १ देखि हुने दोस्रो चन्द्रमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा माघ १ देखि ३ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । इटहरी रंगशाला परिसरको कभर्डहलमा हुने प्रतियोगितामा जुनियर र सिनियर विधामा विभिन्न उमेर समूह अन्तर्गत विभिन्न ४३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिनुभयो । कोशी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतिय
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रीत युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गर्नुभएको हो । पार्टी भित्र स्वस्थ बहसबाट दुई कार्यकालको बिषयलाई टुङ्गो लगाउनुपर्ने उहाले बताउनुभयो । उहाले अव युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिनुभयो । देश र पार्टी
काठमाडौं । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो । सवै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रहि अन्य सुरक्षा निकायसंग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्
काठमाडौं । नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लाष्टिकमुक्त क्षेत्र बनाइएको छ । ५ धाम मध्यको एक देवघाट धामलाई देबघाट क्षेत्र बिकास समितिले चितवन नवलपरासी र तनहुका तीनवटा पालिकाहरुको समन्वयमा प्लाष्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो । देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक सस्थाले प्राबिधिक सहयोग गरेको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष डाक्टर ईश्वरी लौडारीले बताउनुभयो । उहाले पवित्र तीर्थस्थललाई प्रदुषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिनेगरी देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरुलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृति अब अन्त्य हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडियार र युवा सम्वादमा मन्त्री खरेलले बर्षौबर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरुलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृति अन्त्य हुनुपर्ने बताउनुभएको हो । बिगतदेखि दलहरुमा एउटै व्यक्ति हावी हुने र युवालाई निषेध गर्ने प्रवृति अन्त्यका लागि युवाहरुले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा रा
इटहरी | यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले नागरिकता प्राप्तिका लागि समेत राज्यबाटै दरव्यवहारको शिकार बन्दै झन्झटिलो प्रक्रियाबाट गुज्रीनुपरेको बताएका छन् ।सुनसरीको इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई समाजमा सही रूपमा प्रस्तुत गर्न पत्रकारहरूको भूमिकाका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा राज्यबाटै अमानविय व्यवहारको शिकार हुनुपरेको दुःखेसो पोखेका छन् । नेपालको संविधान धारा १२ मा लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था गरिएकोमा विषमलिङ्गिले झैँ सहज रुपमा नागरिकता समेत पाउन नसकेको उनिहरुको भनाइ छ । कार्यक्रममा क्वयर अधिकारकर्मी एवं निल हिरा
इटहरी । विराटनगरबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन ९ब्राउन सुगर०सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना सुनसरीका हुन्। उनीहरु बिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकबाट पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको जानकारी दिइन्। उनका अनुसार प्रहरी पुग्दा दुवै जना सडक छेउमा मोटरसा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.