सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम नजिकै ड्रोन क्यामराबाट देखिएको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटार विमानस्थल, अरुण नदी तथा आसपासको अरुण उपत्यका ।अरुण उपत्यका समुद्री सहतबाट ४५७ मिटर उचाइमा अवस्थित छ।
ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारहरूलाई निस्सा वितरण गरेको छ । जग्गा व्यवस्थापन प्रक्रियाअन्तर्गत गाउँपालिकाले १ सय ८ घरपरिवारलाई निस्सा वितरण गरेको हो । गाउँपालिकामा १ सय २० जनाले आवेदन फाराम भरेका थिए । तीमध्ये १२ घरपरिवारको कागजी तथा प्राविधिक प्रक्रिया पूरा नभएकाले हाल १ सय ८ घरपरिवारलाई सामूहिक रूपमा निस्सा प्रदान गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं। १ निगुरादिनमा ११ भूमिहीन सुकुम्बासी र १ अव्यवस्थित बसोवासी, वडा २ फुलवारीमा २६ भूमिहीन सुकुम्बासी र ५ अव्यवस्थित, वडा
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अङ्ग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी, सरल र गुणस्तरीय बनाउने उद्देश्यका साथ विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा एक दिवसीय ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालको अध्यक्षतामा सञ्चालन भएको थियो। उक्त समारोहमा सुन्दरहरैंचा नगरपालिकाकी नगर उपप्रमुख अकलि चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। तालिममा मुख्य प्रशिक्षक राजेन्द्र
इटहरी — रोट्रयाक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापन कार्यक्रम इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष शीतल धितालले नवनियुक्त अध्यक्ष अनुप्रास बिष्टलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर नोमिनी रोटरियन अमित गिरी रहेका थिए। विशेष अतिथिका रूपमा जेडआरआर प्रेम पारख, ब्रह्माकुमारी राजयोग इटहरीकी प्रमुख शारदा दिदी, रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमला, रोटरी क्लब अफ इटहरीका पूर्वअध्यक्षहरू,रोट्रयाक्ट क्लब अफ इटहरीका पूर्वअध्यक्षहरू, विभिन्न रोट्र्याक्ट क्लबका अध्यक्षहरू तथा स्थानीय समाजसेवी र बुद्धिजीवीह
इटहरी । निर्माण तथा घर सजावटमा प्रयोग हुने रंगरोगन सामग्रीको कारोबार गर्दै आएको नव दुर्गा ट्रेडर्सले आफ्नो नवौँ वार्षिकोत्सव सम्पन्न गरेको छ। इटहरीस्थित सोल्टी होटलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा के.एन.पी. नेरोल्याक पेन्ट्सका प्रतिनिधि, नव दुर्गा ट्रेडर्सका पदाधिकारी, व्यवसायी तथा पूर्वी नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको नौ वर्षे व्यावसायिक यात्रा, ग्राहकलाई प्रदान गर्दै आएको सेवा तथा आगामी योजनाबारे चर्चा गरिएको थियो। नव दुर्गा ट्रेडर्सका अध्यक्ष देवी खनालको अध्यक्षता तथा के.एन.पी. नेरोल्याक पेन्ट्सका कन्ट्री हेड मनोज मिश्राको प्रमुख आ
इटहरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र त्यसमा सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरीलाई पक्राउ गरिएको हो । अभियुक्तहरुला
इटहरी । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा बिहानैदेखि यात्रुको चहलपहल सुरु हुन्छ । विभिन्न गन्तव्यतर्फ जाने सार्वजनिक सवारीसाधनले पुरानै स्थानबाट यात्रु चढाउने र ओराल्ने गर्छन् । बजारको कोलाहलभन्दा केही पर भने आधुनिक सुविधासहित निर्माण गरिएको नयाँ बसपार्क सुनसान छ । चिल्ला पक्की पार्किङ, आकर्षक टर्मिनल भवन, अपाङ्गमैत्री शौचालय, बस विश्रामस्थल र गार्ड हाउससहितको बसपार्कमा न बसको आवाज सुनिन्छ, न यात्रुको चहलपहल देखिन्छ । करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको यो बसपार्क सञ्चालनमा नआउँदा अहिले प्रयोगविहीनजस्तै बनेको छ । कोशी प्रदेश सरकारको ७ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्मा
इटहरी। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा होटल, क्याटरिङ तथा अन्य व्यवसायीले आफ्ना कामदारमार्फत आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको छ । ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको पाइएको अनुगमन अधिकृत सापकोटाले बताउनुभयो । उहाँका अनुसार धरानमा हाल दैनिक न्यूनतम एक हजारदेखि अधिकतम दुई हजारसम्म ग्यास सिलिन्डर आउने गरेको छ । आपूर्ति भइरहे पनि वितरण
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र चतरा सडक खण्डमा चार सय अठार किलोग्राम गाँजा फेला परेको छ । गाँजा ओसार्ने सवारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जिल्लाको बराहक्षेत्र नगरपालिका वडा–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागू औषध गाजाँ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार प्र.१–०२–००२ च. ४८५१ नम्बरको कार र को. ११ प. ५६०१ नम्बरको मोटरसाईकलमा गाँजा बरामद भएको हो । कार र मोटरसाईकललाई रोकी चेकजाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको अवस्थामा लागू औषध गाँजा ४१८ के.जि.बरामद भएको स
इटहरी । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयमा सञ्चालित ५२ औँ ब्याच जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एन.सी.सी.) संस्थागत तालिमको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले तालिमको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो। सो क्रममा श्रेष्ठले एन.सी.सी. तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्दै अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.