All Posts By कोशी प्रेस

    Showing ३,४०१-३,४१० of १२,८२४ items.
  • रामधुनीबाट शैक्षिक भ्रमण गएको गाडी दुर्घटनामा घाइतेमध्ये एकको निधन

    इटहरी । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर सुनसरीतर्फ फर्किंदै गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्ती नजिकै आइतबार दिउँसो करिब ४ः२५ बजे दुर्घटनामा पर्दा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय बस चालक भुवन चौधरीको विराट टिचिङ अस्पताल, विराटनगरमा उपचारका क्रममा मंगलवार मृत्यु भएको हो। सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक भ्रमणका लागि पठाएको उक्त बसमा चालकसहित ४१ जना सवार रहेका थिए। दुर्घटनामा परेकाहरूमध्ये अधिकांश घाइते भएपनि उपचारपछि घर फर्किएका छन्। तर, चालक चौधरी भने गम्भीर

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • २४४ पटक पढिएको
  • धनकुटाको चाँपेमा किवी खेती संकट,रोगकिरा र मूल्य अभावका कारण किसान किवी मास्न बाध्य

    इटहरी । धनकुटा नगरपालिका–२, चापेका कृषक अमृत रानामगरले आफ्नो बारीमा लगाएको किवी अहिले सबै मास्नुभएको छ । विसं २०७० देखि किवी खेती सुरु गर्नुभएका मगरले करिब पाँच रोपनी क्षेत्रफलमा किवी लगाउनुभएको थियो । विभिन्न रोगकिराले सताएपछि उहाँको बारीमा अहिले केही बोट मात्रै किवी छ । किवीले सुरुमा त राम्रै आशा देखाए पनि पछिल्लो समय उत्पादन घट्दै गएपछि तथा देखिएको रोग किराको उचित उपचार नपाउँदा खेती छाड्न बाध्य भएको उहाँको भनाइ छ । सुरुमा त आम्दानी पनि ठिकै थियो तर अहिले विभिन्न रोगकिराको समस्या भने जस्तो उत्पादन नहुने तथा बिक्री नहुने भएपछि मासियो राना भन्नुहुन्छ । धनकुटाको चाँपे जिल्लामा किवी खेती सुरुवात

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • २१७ पटक पढिएको
  • ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

    इटहरी। ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश छ । यो सँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । लिम्बूहरूको महान चाड चासोक तङ्नाम ९न्वागी पूजा० २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा ७औँ मिनेटमा मेरिङदेन गाउँपालिकाका अनुष्का शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ३८औँ मिनेटमा मेरिङ्देनकै अनुष्काले फेरी दोस्रो गोल गर्दै टिमलाई दोब्बरमा पुर्‍याउनुभयो । खेलको ७०औं मिनेटमा स

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • २२२ पटक पढिएको
  • दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशन खोटाङ खार्मीमा सुरु

    इटहरी  । देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन् । ‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिनुभयो । किरात समुदायको मह

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • १९५ पटक पढिएको
  • मेची भन्सारमा आयात वृद्धि, पहिलो चौमासिकमा निर्यात घट्यो

    इटहरी।  आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए । गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए । काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • १८४ पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्वारा हिमाली सीमाक्षेत्रको अनुगमन

    इटहरी। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्रकेन्द्रित सीमानाका अनुगमन गरेको छ । प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतमको कमान्डमा नौ जनाको प्रहरी टोलीले नाकाको अनुगमन गरेको हो । टोलीले फक्ताङ्लुङ गाउँपालिका–६ अन्तर्गतको घुन्सा, खाम्बाचेन, लोनाक हुँदै उत्तरी कञ्चनजङ्घा बेस क्याम्पसम्मको अनुगमन गरेको डिएसपी वेदप्रसाद गौतमको भनाइ छ । उहाँका अनुसार अत्यन्तै दुर्गम, हिमाली तथा सीमावर्ती क्षेत्रमा हुने चोरीको निगरानी, सुरक्षा चुनौतीको मूल्याङ्कन, विदेशी पर्यटकको गतिविधि निगरानी, अवैध हिमाली जडीबुटी तथा वन्यजन्तुको ओसारपसार नियन्त्रण र प्रहरी सेवा प्रवाह सुदृढीकरण तथा स्थानीयलाई आवश

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • १९७ पटक पढिएको
  • लैङ्गिक हिंसा न्यूनीकरणमा प्रविधिको दुरुपयोग प्रमुख चुनौती, सचेतना विस्तारमा जोड

    इटहरी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विराटनगरमा हालै आयोजित एक अन्तव्रिर्mयामा सहभागीले प्रविधिको दुरुपयोगले समाजमा हिंसा र उत्पीडनका नयाँ रूप थपिएको जनाएका छन् ।  गैरसरकारी महासङ्घ मोरङको समन्वय तथा जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा राष्ट्रिय महिला आयोगले गरेको कार्यक्रममा वक्ताले डिजिटल प्रविधिको विकाससँगै त्यसको गलत प्रयोगले महिला, किशोरी र एकल महिला जोखिममा पर्न थालेको बताएका छन् । कार्यक्रममा आयोगकी सदस्य कृष्णकुमारी पौडेलले प्रविधिमार्फत मानव बेचबिखनको खतरा बढेको र यस्तो जोखिमबारे घर घरमा पुगेर सचेतना विस्तार गर्न आवश्यक रहेको चिन्ता व्यक्त गर्नुभयो । मोरङका

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • २५४ पटक पढिएको
  • पाख्रिवास घामेमा दाइँको उत्साह

    इटहरी ।  पछिल्लो समय धनकुटामा पनि गोरु नारेर दाइँ गर्ने प्रचलन हराउँदै गएको छ । कृषिमा प्रविधि भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै जाँदा दाइँ हाल्ने परम्परा पनि हराउँदै जान थालेको हो । युवा विदेसिने प्रवृत्ति र सहरीकरणका कारण गाउँघरमा मानिसहरू बस्न छाडेका छन्, जसका कारण कृषि गर्ने परम्परा पनि घट्दै गएको छ । तर धनकुटाको पाख्रिवास नगरपालिका ८ घामेमा भने अहिले पनि यो परम्परालाई स्थानीयले जोगाइरहेका छन् । स्थानीय देवीबहादुर पुरीले लगाएको दाइँमा निक्कै उत्साह देखियो । काम गर्ने जनशक्ति गोरु अभाव हुँदाहुँदै पनि पुरानो तरिकाले गर्ने दाइँको रौनाक नै बेग्लै हुने भएकाले दाइँ गोरु नारेरै गरिएको

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • १९९ पटक पढिएको
  • एनि गछिया गोल्डकपमा आज उदयपुर र झापा भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर) र जलथल फुटबल क्लब (झापा) मैदान विच खेल हुँदै छ   । दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो ३ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका अन्तर्गत बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनि

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ३८९ पटक पढिएको
  • अरुण गाउँपालिकामा मंसिर १८ गतेदेखि पहिलो अध्यक्ष कप भलिबल प्रतियोगिता हुने , प्रथम पुरस्कार २ लाख ६६ हजार ६ सय ६६

    भोजपुर | भोजपुरको अरुण गाउँपालिका, प्याउलीमा ‘प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८२’ हुने भएको छ। मंसिर १८ गते देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन प्याउलीस्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा बिहान १ बजे गरिने भएको हो । अरुण गाउँपालिकाले आयोजना हुने प्रतियोगिता खेलकुद मार्फत युवाहरूलाई प्रेरित गर्ने, स्थानीय समाजमा एकता र उत्साह जगाउने उद्देश्यले गरिएको बताइएको छ।कार्यक्रममा अरुणवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूको गौरवपूर्ण उपस्थितिका बीच भलिबल प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको थियो। खेल प्रेमी दर्शकहरूको उत्साहपू

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ३८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]