सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दर हरैचा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रणमा सम्पन्न एनि प्रथम गछिया गोल्डकप–२०८२ को दोस्रो खेलमा आयोजक गछिया युवा समाजले ७–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा लिनेण्ड फुटबल क्लबले कुनै गोल गर्न सकेन । खेलमा प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष दिवश प्रधान उपस्थित हुनुहुन्थ्यो । खेलको पहिलो हाफमा, १२ औँ मिनेटमा जर्सी नम्बर ९ प्रदीप बुढाथोकीले अग्रता दिलाए । १९ औँ मिनेटमा जर्सी नम्बर ८ सन्तोष क्षेत्रीले टिमको दोस्रो गोल थपे । पहिलो हाफमा लिनेण्ड क्लबले गोल गर्ने प्रयास गरे पनि सफल
इटहरी । विराटनगरमा दूध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दूध उत्पादन सुरु गरेको छ । पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दूध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दूधको उपयोगका लागि पुनः पाउडर दूध उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले काठमाडौँस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध–तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको जनाएको छ । नयाँ सम्झौता प्रक्रियामा केही स
इटहरी । देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ । श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उहाँको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको सोमबार शिलान्यास गरिएको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले कानेपोखरी(५, भौंसावारीमा प्रमुख प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकार र कानेपोखरी गाउँपालिकाको संयुक्त लगानीमा १० करोड ९७ लाख ७० हजार २७८ रुपियाँ ७३ पैसामा भवन निर्माण हुने भएको हो । हेटौँडाको अर्थ(श्रीमान जेभीले लागत इस्टमेट भन्दा ३२ दशमलव २८ प्रतिशत अर्थात पाँच करोड २३ लाख २४ हजार ६२३ रुपियाँ ९० पैसा घटीमा भवन निर्माणको ठेक्का लिएको छ । गत कात्तिक २७ गते पालिका र निर्माण कम्पनीबिच सम्झौता भएको प्रशासनिक भवन २०८४ को कात्तिक मसान्तसम्ममा निर्मा
संखुवासभा | “स्वच्छ समाज, स्वस्थ समाज” भन्ने मुख्य नाराका साथ संखुवासभाको मादी नगरपालिका वडा नं. ६ का युवाहरूले सरसफाइ गरेका छन्। स्थानीय युवाहरूको पहलमा भएको सो अभियानमा विभिन्न संघ–संस्था, विद्यालय तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहयोग प्राप्त भएको आयोजकहरूले जनाएका छन्।यस्तो अभियान सामुदायिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको र यसले समाजमा स्वच्छता र स्वास्थ्यप्रति सकारात्मक संदेश पुगेको संयोजक शिवराज बस्नेतले जानकारी दिए ।उनीहरूले आगामी दिनमा पनि यस्तै सामाजिक तथा सामुदायिक हितका कार्यक्रमहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता रहेको सचिव मनिस बस्नेतले जानकारी दिए ।अभियानलाई आर्थिक,
भोजपुर | भोजपुरको हतुवागांढी गाउँपालिका–५ होमताङमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालक र स्वास्थ्य शाखा प्रमुख गम्भीर घाइते भएका छन्।दुर्घटनामा एम्बुलेन्स चालक सञ्जीव राई (अन्दाजी २६) र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई (अन्दाजी ५०) गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय घोडेटारले जानकारी दिएको छ।हतुवागढी गाउँपालिकाको प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको एम्बुलेन्स बिरामीलाई होमताङ पुर्याएर घोडेटार फर्किने क्रममा आज बिहान करिब ९:४५ बजे दुर्घटनामा परेको प्रहरीको भनाइ छ।घाइते दुवैजनालाई उद्धार गरी उपचारका लागि पठाइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इटहरी । सुन्दर हरैचा गछिया युवा समाजको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज गछिया युवा समाज र लिनेण्ड फुटबल क्लब भारत बीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा विजेता टोलीलाई दुई लाख एक हजार, उपविजेतालाई एक लाख एक हजार, ‘म्यान अफ द सिरिज’लाई पच्चिस हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही एघार पुरस्कार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई पाँच हजार एक सय प्रदान गरिने छ । साथै, खेलको अवधीमाअ सुन्दरहरैचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ जना नागरिकलाई व्हिलचेयर प्
इटहरी । ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत सोमबार, आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् । सोमबार भएको खेलमा फक्ताङ्लुङ गाउँपालिकालाई ३–० गोलले पराजित गर्दैैै फुङ्लिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै, आइतबार पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिबेणी गाउँपालिकालाई ३–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा सिरि
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार दिनमा ५०० भन्दाबढी पर्यटक घुमघामका लागि आउने गरेका छन् । वनभोजका लागि यहाँ एकैपटक ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने उहाँले ब
इटहरी । समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उहाँहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियोे । कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.