इटहरी । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझबाट तीन हजार ६९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात सुरु भएको हो । हिमपात भएपछि पाथीभरा क्षेत्रमा चिसो समेत बढेको छ । मन्दिर क्षेत्रमा कार्यरत पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार सामान्य मात्रामा हिमपात भएको हो । सामान्य हिमपातले समेत दर्शनार्थीलाई भने प्रभाव पारेको उहाँको भनाइ छ । गत असोजमा ताप्लेजुङको उच्च हिमाली भेगमा मात्रै हिमपात भएको थियो । जिल्लाको पर्यटकीय क्षेत्रहरू तिम्बुङ पोखरी, लोदेन, सिङ्जेमा ताल, स्याम्दो ताल लगायतको क्षेत्रमा हिमपात
इटहरी । ताप्लेजुङमा करिव दुई हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी मिति तोकेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो । उक्त अवधिमा ताप्लेजुङमा कुल एक हजार ८५६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिका
इटहरी । ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई नेपाली कम्युनिष्ट पार्टी, वाइसीएल नेपाल र रेडक्रस सोसाइटी ताप्लेजुङले राहत वितरण गरेको छ । मङ्गलबार मध्यराति भएको आगलागी पीडितलाई आर्थिक सहयोगसँगै राहत वितरण गरिएको हो । नेपाली कम्युनिष्ट पार्टी र वाइसीएल नेपालले आगलागीपीडितलाई नगद दुई लाख १९ हजार २२४ रुपियाँ सहयोग सहयोग गरेको वाइसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबोले जानकारी दिनुभयो । यस्तै रेडक्रस सोसाइटी ताप्लेजुङले म्याट्ससहित सरसफाइ किट, चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न राहत सामग्री वितरण गरेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू
इटहरी । तीव्र जलवायु परिवर्तनका कारणले सङ्खुवासभाको चारसहित कोशी प्रदेशका ४२ हिमताल उच्च जोखिममा भएको विवरण सार्वजनिक भएको छ । एसियाली माउन्टेनियरिङ तथा विकास केन्द्र (इसिमोड) ले शुक्रबार खाँदबारीमा आयोजित अन्तव्रिर्mयामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । इसिमोडका अनुसन्धानकर्ता शरदप्रसाद जोशीले २०२० को अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा दुई हजार ६९ हिमतालमध्येको उल्लेख्य हिस्सा कोशी प्रदेशमा रहेको र तीमध्ये ४२ वटा हिमताल उच्च जोखिमयुक्त सूचीमा परेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो वर्षमा तापक्रम लगातार बढ्नु, हिमनदीको बरफ छिटो पग्लिनु र तलतिर असन्तुलित रूपमा ढुङ्गा, माटोको थुप्रो जम्
भोजपुर | फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय भोजपुरले तयारी तीव्र बनाएको छ। सोही क्रममा आज बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ८७ मतदानस्थल र १५५ मतदान केन्द्र यथावत् राख्ने निर्णय गरेको हो।प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले गत निर्वाचनमा प्रयोग भएको संरचना नै आगामी उपनिर्वाचनका लागि उपयुक्त ठहर गर्दै सिफारिस अघि बढाउने निर्णय गरेको छ।तिवारीले मतदानस्थल तथा केन्द्रमा हाल कुनै समस्या नदेखिएको बताउँदै, “विशेष अवस्था उत्पन्न भएमा पुनः बैठक बसेर आवश्यक समायोजन गर्नेछौँ
सुनसरी | बराहक्षेत्र नगरपालिकामा चक्रघट्टि जेसिज सप्ताह २०२५ अन्तर्गत आयोजना एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि आयोजक चक्रघट्टि जेसिजले हात पारेको छ। ग्रामिण पत्रकार समूह उपविजेता बनेको छ।स्वास्थ्यको लागि खेलकुद र मनोरञ्जनात्मक गतिविधि प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यसरी खेल सहभागी, विजेता र उपविजेता टोलीलाई बधाई छ र विभिन्न क्षेत्रका व्यक्तिहरुप्रति आभार व्यक्त गर्दै जेसिज सप्ताह अन्तर्गत फुटबल जेसिज तर्फबाट २०२५ का अध्यक्ष सुरज घिमिरेले बताउनुभयो।
सुनसरी। नेपाल खेलकुद महासङ्घ सुनसरीले जिल्लाभरि रहेका सहरदेखि ग्रामीण बस्तीका बालबालिकाको खेलकुद प्रतिभा विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘बालबालिकासँग खेलकुद’ कार्यक्रम सुरु गरेको छ। बालबालिकामा खेलप्रति उत्पन्न हुने रुचिलाई प्राविधिक सहयोग, सामग्री तथा नियमित गतिविधिबाट सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम प्रारम्भ गरिएको महासङ्घले जनाएको छ।महासङ्घ सुनसरीका अध्यक्ष विकल पौडेलले बालबालिकाको उमेरअनुसार खेलका अवसर विस्तार गर्न महासङ्घ प्रतिबद्ध रहेको बताउनुभयो।“सुनसरीका १२ वटै स्थानीय तहमा पुगेर, विशेषगरी गाउँ–बस्तीका बालबालिकासम्म खेल अवसर पुर्याउँछौँ। खेलले बालबालिकाको अनुशासन, आत्मविश्
इटहरी। पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । अघिल्लो आर्थिक २०८१र८२ को सोही अवधिमा उक्त नाका भएर रु। २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको तुलनामा चालु आवमा रु। १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका म
इटहरी । सुनसरीको वराहक्षेत्रबाट अवैद्य लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भारतीय नम्बर बिआर ११ बीएफ ०१८९नम्बरको मोटरसाईकलमा धरान तर्फबाट अवैद्य आउदै गरेका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ का लालदेव रजकलाई प्रहरीले साडे ४१ किलो ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । गएरातीको सुनसरीको वराहाक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा लागु औषध ओसार पसार भईरहेको विशेष सुचनाका आधारमा अस्थायी प्रहरी चौकी नडाहाले गाँजा र मोटरसाईकल सहित रजकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । पक्राउ परेका रजकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर
इटहरी । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो । अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरुपता र समय बचत हुने भएकाले अनिवार्य रूपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.