All Posts By कोशी प्रेस

    Showing ३,६८१-३,६९० of १२,८६८ items.
  • फाल्गुनन्द लिङ्देनको एक सय एकचालिसौँँ जन्मजयन्ती ,सहिष्णुता, एकता र सद्भाव अनुकरणीय

    इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्मजयन्ती विविध कार्यव्रmम गरेर मनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरुका सत्य, अहिंसा र नारी सम्मानको शिक्षालाई प्रदेशको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँका अनुसार फाल्गुनन्दले प्रचार गरेको सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने सन्देश आजको समाजका लागि अझ सान्दर्भिक बनेको चर्चा गर्नुभयो । समाज सुधारमा बाल्यकालदेखि सव्रिmय रहनुभएका महागुरुको जीवन नेपाली समाजका लागि स्थायी प्रेरणा बनेको उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश स

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • २१८ पटक पढिएको
  • संखुवासभाको किमाथाङ्कामा नेपाल–चीन सीमा स्तम्भको स्थलगत निरीक्षण

     इटहरी । संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको स्थलगत निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा गएको जिल्ला सुरक्षा संयन्त्रको टोलीले सीमाक्षेत्रको अवलोकन गर्दै ६८, ६९ र ७० नम्बरका सीमा स्तम्भहरू निरीक्षण गरेको हो । उक्त टोलीमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेललगायत सुरक्षा निकायका अधिकारी सहभागी हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारी थपलियाका अ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • १६४ पटक पढिएको
  • किराँत राईको पापानी चाड सुरु

    इटहरी। धनकुटाको शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका किराँत राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरुले नयाँ बाली भित्र्याएको आफ्नो खुशीयालीमा मनाउने पापानी चाड सुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमा पछिको पहिलो मङ्गलबार शहीदभूमि गाउँपालिका–३, को साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुने गर्दछ । पापानी चाडमा नयाँ बाली भित्र्याएको खुशीयालीमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना गरी मनाउने गर्दछन् ।  पापानी चाड ६ दिन ६ रातसम्म एकआपसमा खुशीयाली साटासाट गरेर मनाउने गरेको स्थानीय नरेन्द्र कश्चित राईले बताउनुभयो । पापानी पर्वमा

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • २२३ पटक पढिएको
  • दोस्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

    इटहरी। दोस्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने भएको छ । मिक्वाखोला गाउँपालिकाको ४ नम्बर वडा थलङ्मा अवस्थित फुङ्फुङगे झरनाको प्रचारप्रसारका लागि मेलाको आयोजना गरिने भएको हो । फङ्फङ्देन झरना पर्यटन विकास समिति मूल आयोजक समितिले मङ्गलबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मङ्सिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फूटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो । उहाँका अनुसार पुरुष फुटबलत

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • २७६ पटक पढिएको
  • दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी

    सुनसरी | सुनसरीको दुहबी वडा नम्बर ६ स्थित सञ्चालित युनाइडेट टेनरिज छाला उद्योग र एसियन लेदर छाला उद्योगमा स्थानीयले आज देखी अनिश्चिति काल तालाबन्दी गरेका छन ।छाला फ्याक्ट्रि संघर्श समितिका सचिव बासु देव मण्डलका अनुसार बस्तीमा दुर्गन्ध फैलिए संगै गाउँनै बिस्थापित हुने खतरामा परेको हुनाले उद्योग यिस्थान्तरन गर्न बिगत लामो समय देखि आन्दोलन गर्दै आएकोमा स्थानीयको समन्वय बिना पर्यटन बन तथा वातावरण मन्त्रालयले IEE प्रतिवेदन सकृति गरेकोले IEE प्रतिवेदन सकृति बदरको माग राख्दै दुई उद्योगमा अनिश्चिति काल तालाबन्दी गरेको बताए ।गाउँमा बिहेबारी गर्न छोरी समेत दिन छोडेको स्थानीयहरुले दुखेसो पोख्छन । उद्योगल

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४६९ पटक पढिएको
  • धरान जङ्गलमा पाटे बाघको डमरु भेटियो

    धरान : विश्वमा घट्दो सङ्ख्यामा रहेको वन्यजन्तु पाटेबाघको डमरु (बच्चा) धरानमा भेटिएको छ । धरान-१४, हात्तीसार क्षेत्रमा मङ्गलवार साँझ स्थानीय युवाहरूले बाघको डमरु भेटेका हुन ।धरान-१६ का १८ वर्षीय युसन राई, सिमन राई, धरान-१३ का १७ वर्षीय अमन लिम्बुले सडक छेउ असामान्य रूपमा हिँडडुल गरिरहेको देखिएका डमरुलाई उनीहरूले बाघको बच्चा भएको अनुमान गरी सुरक्षित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन् ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार प्रारम्भिक अध्ययनले उक्त बच्चा पाटे बाघ, चितुवा वा निगालेको हुन सक्ने देखाएको छ । वन्यजन्तु संरक्षण ऐन अनुसार यस्तो अवस्थामा भेटिएका

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • २९६ पटक पढिएको
  • के नेपाली कांग्रेस फेरि जनताको पार्टी बन्न सक्ला त ?

    ✍️विश्व प्रकाश तिम्सिना(शर्मा)युवा नेता,नेपाली कांग्रेस(झापा)नेपालको लोकतान्त्रिक यात्राको प्रत्येक मोडमा नेपाली कांग्रेसको नाम स्वर्ण अक्षरमा लेखिएको छ। राणाशासनको अन्त्यदेखि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, ०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को ऐतिहासिक आन्दोलनसम्म — कांग्रेसले देशलाई स्वाधीनताको बाटोमा डोर्‍यायो। संविधान निर्माण, नागरिक अधिकारको संस्थागत व्यवस्था र जनताको आवाजको प्रतिनिधित्व  यी सबै कांग्रेसको योगदान हुन्।तर आजको यथार्थ भिन्न छ। जनताको पार्टी भनेर चिनिने कांग्रेस अहिले सत्ताको दलजस्तो देखिन्छ। संगठनभित्रको असन्तुलन, गुटगत स्वार्थ र टिकटको दौडबाजीले जनताको विश्वास ओझेलमा

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ४२१ पटक पढिएको
  • चक्रघट्टी जेसिजद्वारा जेसिज सप्ताहको सुरुवात — विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित जनता माध्यमिक विद्यालयमा आज चक्रघट्टी जेसिजद्वारा आयोजित जेसिज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका–११ का वडा अध्यक्ष श्री कृष्णकुमार महतो रहनु भएको थियो। कार्यक्रमको संयोजन जेसी अस्वन यादवले गर्नुभएको थियो भने अध्यक्षता चक्रघट्टी जेसिजका अध्यक्ष जेसी महेश घिमिरेले गर्नुभएको थियो।उक्त अवसरमा विद्यालयका ५८ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। जेसिज सप्ताहअन्तर्गत सञ्चालन हुने सप्तारुपी कार्यक्रमका मूल संयोजक चक्रघट्टी जेसिजका कार्यकारी उपाध्यक्ष जेसी

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ६०२ पटक पढिएको
  • लोकतन्त्र बलियो भयो भने मात्रै श्रम आन्दोलन बलियो हुन्छ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    विराटनगर । लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो । जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक संक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ४०१ पटक पढिएको
  • ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास

    इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय भवन सोमबार शिलान्यास अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ। उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुँदैछ। भारत सरकारको अनुदानमा बन्ने यो भवन साढे तीन तले हुनेछ । जसमा कक्षाकोठा र छात्र–छात्राका लागि शौचालय सुविधासमेत रहनेछ। सन् २००३ देखि भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना छन्, जसमा ओखलढुङ्गाका पाँच परियोजना पनि समावेश छन्। यससँगै, भार

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • २५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]