काठमाण्डौ – बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको ८९ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई हिजो ब्रिच क्यान्डी अस्पताल मुम्बईमा भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । धर्मेन्द्रको जन्म १९३५ डिसेम्बर ८ तारिखमा नस्रालीमा भएको थियो । बलिउडमा धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोड्न सफल भए । उनी अभिनित ‘शोले’ सबैभन्दा धेरै चलेको भारतीय चलचित्रमध्येमा पर्छ ।यो चलचित्रमा निभाएको ‘वीरु’ चरित्रले धर्मे
दुहबी / दुहबी नगरपालिका–४ मा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई आधुनिक र व्यवस्थित रूपले सञ्चालन गर्न भारत सरकारद्वारा १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैयाँ ४१ पैसा (भ्याटसहित) लगानी हुने भएको छ।सो लगानी सम्बन्धी त्रिपक्षीय सम्झौता (MOU) आज भारतिय राजदूतावासमा हस्तान्तरण गरिएको छ। सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादार सहभागी रहे।सम्झौता अनुसार एक हप्ताभित्र परियोजनाको ठेक्का प्रक्रिया शुरु गरिने र काम संचालनमा ल्याइने छ।नगरप्रमुख गच्छादारका अनुसार, “४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परकीय लगानी आउन लागेको हो। यो सफलता हा
काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
इटहरी | २४ गते इटहरीस्थित खुकुरी होटलमा यङ एनफिल्ड मोटरसाइकल क्लबको आयोजनामा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय, इटहरीको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा क्लबका सदस्यहरूले मोडिफाइड साइलेंसर प्रयोग नगर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाए। साथै, अन्य चालकहरूलाई पनि ध्वनि प्रदूषण नियन्त्रणमा सहकार्य गर्न आग्रह गरिएको थियो।प्रहरी निरीक्षक बिकास थपलियाले कानूनी प्रावधान, सवारी सुरक्षा र जिम्मेवार चालक संस्कारबारे जानकारी दिँदै क्लबको प्रयासको उच्च मूल्यांकन गर्नुभयो।कार्यक्रमले स्थानीय स्तरमा ध्वनि प्रदूषण नियन्त्रण र जिम्मेवार चालक संस
इटहरी । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. ले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि हो। साथै यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ ।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीका साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरू
सुन्दरहरैचा। गछिया युवा समाजले आयोजना गर्न लागेको प्रथम गछिया गोल्डकप २०८२ को उद्घाटन मिति सार्वजनिक गरिएको छ। पाथीभरा देवीको मन्दिरबाट विशेष कार्यक्रमका बीच गोल्डकपको उद्घाटन मंसिर १५ गते, सोमबार हुने घोषणा गरिएको आयोजक समितिका सदस्य राजकुमार बयलकोटीले बताए।युवा खेलाडीको प्रतिभा विकास, स्थानीय खेलकुदको प्रवर्द्धन र समुदायमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यसहित गछिया युवा समाजले यस वर्ष पहिलोपटक गोल्डकप आयोजना गर्न लागेको क्लबका अध्यक्ष सरोज दाहालले बताए ।प्रतियोगितामा स्थानीयदेखि बाहिरी जिल्लाका टोलीहरूको सहभागिता रहने अनुमान गरिएको छ। विस्तृत खेल तालिका तथा कार्यक्रमबारे थप जानका
इटहरी। बाल सुधारगृह विराटनगरबाट पटक पटक भाग्ने तथा उत्छृङ्खल गतिविधिमा नियन्त्रण नभएका ६० जना बाल बिज्याइँकर्तालाई अन्यत्र सार्ने तयारी गरिएको छ । त्यसरी अन्यत्र सार्ने तयारी गरिएकामा २० वर्षभन्दा माथिको उमेर समूहका छन् । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा पटक पटक झडप हुने, भाग्ने तथा सुधारगृहको सुरक्षाव्यवस्थामै खलल हुने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयसमेतको समन्वयमा त्यहाँबाट ६० जनालाई मोरङ कारागारको पुरानो खाली भवनमा सार्ने तयारी गरिएको हो । उक्त भवनमा बस्ने बिज्याइँकर्ताको व्यवस्थापनको सबै जिम्मेवारी बाल सुधारगृहकै हुन्छ भने भवनपरिसरको सुरक्षा कारागार सुरक्षा टोलीले नै गर्ने भएक
इटहरी । झापाको मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक नीजि अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो । अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गर्दा अटेर गरेपछि दर्ता प्रक्रिया पूरा नगरेसम्मका लागि पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभएको छ । नगरपालिका र स्वास्थ्य कार्यालय झापाले गत असोज ३० गते अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन अस्पताललाई लिखित परिपत्र गरेको थियो । उक्त परिपत्र अनुसार
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखा पर्ने खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ । अभियानको शुभारम्भ वडा नं. २ स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको गाई फार्मबाट सुरु गरिएको हो ।"गाईभैंसीमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाऔं, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔं" भन्ने नाराका साथ सञ्चालन भएको अभियान कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडा अध्यक्षहरू तथा स्थानीय स
सुनसरी | सुनसरीको कोशी गाउँपालिका -३,जमुवाचौक स्थित नवनिर्माण प्रवेशद्वारमा गरिएको नामाकरनले धर्म र जातीय विवाद, समाजमा शुशासनको भङ्ग र जनमानसमा आक्रोश र आतंकको बिचार बढेकोले नामाकरन लाई परिवर्तन र मेटिने निर्णय भै सक्दा पनि अझै मेटिएको छैन। केही ब्यक्तीहरु अझै पनि सामाजिक संजालमा प्रवेशद्वारको भिडियो र फोटो हाल्दै गर्दा धार्मिक विवाद निम्त्याउन खोजिएको भनी निस्पकक्ष युवाले महसुस गरेको भन्दै बताएका छन । निर्मानकर्ता र सम्बन्धित जनप्रतिनिधिहरुलाई यस्मा चाडो भन्दा चाडो ठोस कदम लिन जरुरी छ । समाजिक संतुलन सामाजिक संजालद्वारा असन्तुल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.