इटहरी । धरान उपमहानगरमा आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान(८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ । उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको प्रमुखमा निर्वाचित हुनुभएको थियो।

उहाँले २० हजार ८ सय २१ मत प्राप्त गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । यो नतिजाले धरानमा दलगत राजनीतिभन्दा फरक, वैकल्पिक सोच र व्यक्तित्व केन्द्रित राजनीतिप्रति जनताको भरोसा बढ्दै गएको देखिएको थियो । प्रमुख हुँदा राईको कार्यकालको सबैभन्दा ठोस उपलब्धि धरानको दीर्घकालीन खानेपानी समस्या समाधानतर्फ गरिएको पहल थियो । हरेक निर्वाचनमा सबै पार्टी उम्मेदवारहरुले खानेपानीलाई मुख्य  एजेन्डा बनाउँदै आएकोमा उहाँले पनि आफ्नो प्रमुख एजेन्डामा खानेपानी नै थियो । उहाँ निर्वाचन हुनुभएदेखि पकुवा, सर्दु, सेउती, भालु र कोकाहा खोलाबाट पानी ल्याउने योजना अघि बढाउनुभएको थियो ।

विशेषगरी कोकाहा १ र २ बाट ४२ किलोमिटर जंगलको बाटो हुँदै पाइपलाइन विस्तार गरी ९८ औं दिनमा धरानमा पानी झारिनु ऐतिहासिक मानिन्छ ।खानेपानी व्यवस्थापन बोर्डका अनुसार हाल कोकाहाबाट दैनिक करिब १२ लाख लिटर पानी धरान आउँछ, जबकि धरानको दैनिक माग ३ करोड लिटरभन्दा बढी छ । पूर्ण समाधान नभए पनि यसले धरानको  पानीको समस्या केही हदसम्म कम भएको छ । नियमित सरसफाइ अभियान, ढल व्यवस्थापन र लागूपदार्थविरुद्धको अभियानमार्फत उहाले स्वास्थ्यलाई नागरिक व्यवहारसँग जोड्न खोज्नुभएको थियो । ‘से नो टु ड्रग्स’ अभियानले युवामाझ चेतना फैलाउनुभएको थियो । 

स्थानीय स्रोतमा आधारित आत्मनिर्भर अर्थतन्त्रमा उहाँले धरान(२० मा सञ्चालन गरिएको ‘माया धराने’ बेसार उद्योग यसै सोचको परिणाम हो । कृषि पकेट क्षेत्रका किसानले उत्पादन गरेको बेसार प्रशोधन गरी अर्गानिक उत्पादन बजारमा ल्याइएको छ । यसले स्थानीय किसान, महिला र युवालाई प्रत्यक्ष आर्थिक लाभ दिएको छ । यसैगरि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ का लागि हालसम्म अध्यक्ष राईसहित ४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेपाल मजदुर पार्टीको उम्मेदवार महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू ,मगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।