All Posts By कोशी प्रेस

    Showing ३,७११-३,७२० of १२,८६० items.
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    इटहरी । धरानस्थित पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले केन्द्रका सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ। धरान–११ मंगलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार केन्द्रभित्रको सीसी क्यामेरा फुटेजमा राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले बाँधेर हातखुट्टा चल्न नसक्ने गरी लडाएको देखिएको छ। कुटपिटबाट गम्भीर घाइते भएका राईको गत मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३६५ पटक पढिएको
  • उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

    इटहरी । उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित गेरुवाई खोला नजिकै गुडिरहेको ट्याक्टरबाट खसेर त्रियुगा–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमशेर राईको मृत्यु भएको हो । स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर गुडिरहेको अवस्थामा खसेर राई गम्भीर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३५७ पटक पढिएको
  • लिम्बू संस्कृतीमा आधारित च्याब्रुङ नाच केलाङ सम्बन्धि सप्ताहव्यापी प्रशिक्षण पाँचथरको फिदिममा सम्पन्न ,४९ जनाले लिए प्रशिक्षण

    इटहरी। लिम्बू संस्कृतीमा आधारित च्याब्रुङ नाच केलाङ सम्बन्धि सप्ताहव्यापी प्रशिक्षण पाँचथरको फिदिममा सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुम्हात्लुङ गडी मन्दिर परिषरमा सञ्चालित प्रशिक्षण याक्थुङ मुन चइत पाँचथर लिम्बू चलचित्रकर्मी सङ्घले आयोजना गरेको हो । लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाच संरक्षणसँगै आफ्ना पिता पुर्खासँग भएको ज्ञान र सीप युवा पुस्तामा हस्तान्तरण गर्ने उद्येश्यले यो प्रशिक्षण सञ्चालन गरिएको आयोजक याक्थुङ मुन चइत पाँचथरका अध्यक्ष फुङसो जवेगूले जानकारी दिनुभयो । प्रशिक्षणमा लिम्बू र गैर लिम्बू समुदायका प्रौढ र किशोर किशोरीसँगै बाल बालिका गरी ४९

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २९९ पटक पढिएको
  • लायन्स क्लब र लियो क्लबको नयाँ नेतृत्वको संयुक्त पदस्थापन समारोह सम्पन्न

    इटहरी । लायन्स / लियो क्लब अफ इटहरी क्रियटिभ लेडि ,लायन्स / लियो क्लब अफ इटहरी एक्टिभको नयाँ पदाधिकारीहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ।२०२५–२६ लाई हाक्नको लागि लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिका अध्यक्ष जस्तो गरिमामय पदमा MJF लायन स्मृति सापकोटा (भट्टराई ) ,लायन्स क्लब अफ इटहरी एक्टिभका अध्यक्ष लायन बलबहादुर न्यौपाने , लियो क्लब अफ इटहरी  क्रिएटिभ लेडिको ओरिजनल अध्यक्षमा लियो अनुष्का भट्टराई , लियो क्लब अफ इटहरी एक्भिटका अध्यक्षमा लियो निरज भट्टराई सहित २० जनाको नयाँ कार्यसमिति चयन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि  डिस्ट्रिक्ट 325 C का डिस्ट्रिक गर्भनर PMJF लायन बबरज

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३२७ पटक पढिएको
  • चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः सुवेदी निर्विरोध निर्वाचन

    इटहरी । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा साहित्यकार गंगा सुवेदी पुनः निर्वाचित भएकी छन् ।  शनिबार विराटनगरमा सम्पन्न २१ औं साधारणसभाबाट सुवेदी तीन वर्षका लागि निर्विरोध निर्वाचित भएकी हुन् । सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रेवतबहादुर कार्की, उपाध्यक्षमा सरला चापागाईं, सचिवमा दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’, सहसचिवमा लक्ष्मी पोखरेल र कोषाध्यक्षमा बाबुराम श्रेष्ठ ‘वर्षा’ छानिएका छन् । कवि मीनकुमार नवोदित, हरिप्रसाद बराल, करुणा जोशी, निर्मला कोइराला र नानुमैयाँ दाहाललाई प्रतिष्ठानको सदस्यमा चयन गरिएको छ । स्वेच्छिक समा

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २७३ पटक पढिएको
  • कोशी प्रदेश खोरेतमुक्त अभियानः विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप कार्यक्रम सुरु

    इटहरी । विराटनगरलाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको अभियानले विराटनगरलाई खोरेतमुक्त बनाउने दाबी गरिएको छ । प्रदेश खारेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्यअनुरुप विराटनगरबाट निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा आयोजित औपचारिक समारोहबाट अभियानको शुभारम्भ गरि

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २५६ पटक पढिएको
  • झुम्का कारागारमा एक कैदीको मृत्यु

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार मिति २०८२ कात्तिक २३ गते बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी सुधना सरदार (५३ वर्ष) अचेत अवस्थामा फेला परेकी थिइन्। उनी मिति २०८० असोज २ गतेदेखि जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहेकी थिइन्। अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। तर अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • १६४ पटक पढिएको
  • टु स्टार ग्रामीण सिर्जनशील क्लबले जित्यो पुरुष र महिला दुवै फुटबलको उपाधि

    इटहरी । ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २५१ पटक पढिएको
  • पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

    इटहरी ।   भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने सम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३९६ पटक पढिएको
  • सशस्त्र प्रहरी बलले विद्यार्थीलाई न्यानो कपडा वितरण

    इटहरी ।  भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ । चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समु

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]