इटहरी । कात्तिक १३ गतेदेखि अवरुद्ध तमोर करिडोर सञ्चालनमा आएको छ । यो सडक खण्ड अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीले सडक बिगारेपछि यो सडक कात्तिक १३ गतेदेखि अवरुद्ध थियो । निरन्तरको प्रयासपछि तमोर करिडोर आयोजनाले यो सडक दिउँसो १२ बजे खुलाएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि यस सडक खण्डमा पर्ने धनकुटा र पाँचथरको सीमावर्ती नावा खोलामा स्कावेटर परिचालन गरिएको थियो । तमोर करिडोरको अवरोध हटाइएसँगै ताप्लेजुङ र पाँचथरतर्फ रोकिएका सवारी र इन्धनवाहक गाडी गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
इटहरी । कात्तिक १३ गतेदेखि भइरहेको वर्षाका कारण आएको बाढीपहिरोले पाँचथरका मुख्य तीनवटा सडक अवरोध भएको छ । निरन्तर पानी परिरहेकाले सडक अवरोध हटाउन कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । जिल्लाका तमोर करिडोरसँगै फिदिम फालौट र राँके –रवि –भेडेटार खण्ड तीन दिनदेखि बन्द छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णका अनुसार फिदिम फालौट खण्डको फिदिम ११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलासँगै र राके रवि भेडेटार खण्ड मिक्लाजुङ क्षेत्रमा अवरोध कायम छ । मिक्लाजुङमा गएको पहिरोले राँके रवि भेडेटार खण्ड शुक्रबार साँझदेख
इटहरी । देउरालीमा निर्माण गरिएको उद्यान ९पार्क० अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ । यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिनुभयो । युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैँचा निर्माण गरेर उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन् । उद्यानको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ । यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेक
इटहरी। धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको सिमान्तकृत आठपहरिया जातिको मुख्य चाड वडाङ्मी ९मङ्सिरे० सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मेट बिहीबार आठपहरियाको ठुलो घर अर्थात ५२ चुले घरमा माङ्लाङ् उठाएपछि चाड सुरु भएको आठपहरीयाका पुजारी उमेश राइले जानकारी दिनुभयो । जसअन्तर्गत उनीहरु आइतबार धनकुटाबाट बराह क्षेत्रतर्फ प्रस्थान गरेका छन् । पैदल यात्रामार्फत उनिहरु दुइ दिन लगाएर बराहक्षेत्र पुग्ने गरेका छन् । आज सिमालीवासमा बास बसी सोमबार बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मङ्गलबार देउता लिएर फ
इटहरी । कोशी प्रदेशमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नवीकरण हुन नसकेका सवारी र चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी जरिवाना मिनाहा गरिने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयका बारेमा जानकारी दिँदै सेवा पुनः सुचारु नहुनेसम्मको अवधिलाई ‘शून्य समय’ मानेर जरिवाना नलाग्ने व्यवस्था गरिएको बताउनुभएको हो । उहाँका अनुसार इटहरी सवारी तथा यातायात कार्यालय र बिर्तामोड कार्यालय बाहेकका प्रदेशका सबै यातायात कार्यालयहरूले सोमबार कात्तिक १७ गते देखि सवारीसाधनसम्बन्धी सेवा सञ्चालन गर्ने भएका छन् । इटहरी र बिर्तामोडमा भने आन्दोलनका क्
इटहरी । चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ । निरन्तरको वर्षातका कारण खेतमा लगाइएका धान, कोदो, मकै, तरकारीदेखि फलफूलसम्मका अधिकांश बालीहरू ढलेर नष्ट भएका छन् । खेतबारी जलमग्न बनेका छन् र केही स्थानमा पहिरो र बाढीले समेत खेतीयोग्य जमिन बगाएको स्थानीयहरूले बताएका छन् । तेह्रथुमका किसानहरूले वर्षभरिको परिश्रम र आशामा लगाएको बाली अहिले वर्षाको कारण तहसनहस भएको छ । जिल्लाका अधिकांश गाउँहरू—म्याङलुङ, फेदाप, लालीगुराँस, छथर, मेन्छ्यायेम, आठराईलगायतका क्षेत्रमा निरन्तरको वर्षाका कारण किसानहरूको अनुहारमा निराशा र चिन्ता झल्किएको छ । गत असारमा रोपाइँक
✍️ विश्व प्रकाश तिम्सिना (शर्मा)नेपाली कांग्रेस युवा नेता१. काँग्रेसको आत्मा—विचार र आचरणमानेपाली कांग्रेस केवल एउटा पार्टी होइन—यो देशको राजनीतिक चेतनाको मेरुदण्ड हो। तर पछिल्ला दुई महाधिवेशनले देखाएको चित्रले काँग्रेसको आत्मा कमजोर हुँदै गएको संकेत गरेको छ।१३औं महाधिवेशनमा परिवर्तन र सुधारको उत्साह थियो, १४औं महाधिवेशनमा नयाँ पुस्ताको आगमन पनि भयो। तर आचरण र नियतमा सुधार ल्याउन नसक्दा त्यो उत्साह क्षणिक सावित भयो।विपीले भनेका थिए—> “लोकतन्त्र शासन प्रणाली होइन, जीवनशैली हो।”तर अहिलेको नेतृत्वले त्यो जीवनशैली बिर्सिएको छ—जहाँ पद स्वार्थका भरमा बाँडिन्छ, र विचार नारा बनेर हराउँछ।२. नेतृत्वक
धरान | धरानस्थित बगैँचा क्याफेमा शनिबार “द जेन् जी मोमेन्ट: द इकोनोमिक्स अफ पोलिटिक्स बुझ्दै” शीर्षकमा विशेष छलफल कार्यक्रम सम्पन्न भयो।दिउँसो १२ बजेदेखि साँझ ५:३० बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी, युवाहरू र स्वतन्त्र सोच भएका सहभागीहरूले स्वतन्त्रता, शासन र अर्थतन्त्रबारे विचार आदान–प्रदान गरे। कार्यक्रम स्टुडेन्ट्स फर लिबर्टीको “द इकोनोमिक्स अफ पोलिटिक्स रिडर” पुस्तकबाट प्रेरित थियो।वक्ताहरूले “जेन् जी मोमेन्ट” लाई सोच्ने र बुझ्ने क्षणका रूपमा व्याख्या गर्दै मानिसले भावनाभन्दा तर्कका आधारमा निर्णय गर्न सक्ने अवस्थालाई यसको सार बताए। उनीहरूले राजनीतिक र आर्थिक निर्णयमा विवेकपूर्ण सोच र तथ
इटहरी। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा रहेको सिदिडाँडा पर्यटकको पर्खाइमा रहेको छ। सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण क्षेत्र सिद्धिडाँडा पर्यटकको पर्खाइमा रहेको हो। जिल्लास्थित प्रमुख पर्यटकीय गन्तव्य विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध तीर्थस्थल पाथीभरासँगै नर्या पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको सिँजेमा ताल, ढङढङ्गे झरना हुन्। त्यस्तै फुङफुङ्गे झरना, तिम्बुङ पोखरी, तोक्पेगोला लोदेन क्षेत्र, मिल्के जलजले यहाँका पर्यटकीय गन्तव्य हुन्। जिल्लाका थुप्रै पर्यटकीयस्थल तथा गन्तव्यमध्ये प्रचुर सम्भावना बोकेको फुङ्लिङ बजार
भोजपुर | भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङला तर्फ आउँदै गरेको लकडी लोड गरिएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।शनिबार बिहान करिब ११ बजे प्रदेश १–०२–००३ त १२१३ नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।दुर्घटनामा परेकामध्ये चालकसहित चार जनालाई तत्काल उद्धार गरी दिङला नगर अस्पताल पठाइएको र दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकहरूमा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय आईत बहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षीय नविन तामाङ र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.