इटहरी । बेमौसमी हिमपात र वर्षाका कारण हजारौँ पर्यटक खुम्बु क्षेत्रमा अलपत्र परेका छन् । पछिल्ला चार दिनयता लगातार परेको वर्षा र हिमपातका कारण उडान हुन नसक्दा तथा आवतजावतमा समस्या भएपछि खुम्बु क्षेत्रमा मात्र करिब साढे पाँच हजार पर्यटक तथा तिनका सहयोगीको विचल्ली भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजको पर्खाइमा रहेका तथा मौसमका कारण रोकिएर करिब छ सयभन्दा बढी पर्यटक अलपत्र परेको लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी पुगेको सुर्केमा पनि पर्यटकको चाप धेरै छ । लुक्ला र सुर्केमा बस्नका लागि होटल अभाव भएकाले विदेशी पर्यटकलाई समेत बासको समस्या भएको
इटहरी । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताउनुभयो । कृषकले लगाएको धानबाली पाकेर पहँेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभयो । दुई नगरपालिका र
इटहरी। भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बन्नु भएको छ । उहाँले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गर्नुभएको छ । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उहाँले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याउनु भएको हो । जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उहाँको भनाइ छ । उद्योगबाट हरियो चिया ९ग्रीन टि०, कालो चिया र सिल्भर चिया उत्पाद
इटहरी । ताप्लेजुङमा अपराधजन्य घटना बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्तव्य ज्यान, जबरजस्ती करणी, राष्ट्रसेवकमाथि बाधा अवरोध सिर्जना गर्नेसहित अपराधजन्य घटना बढ्दो क्रममा रहेको पाइएको हो । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार प्रत्येक वर्ष अपराधजन्य घटना बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१र८२ मा अपराजन्य घटना ११ बढि रहेको छ । अघिल्लो आवमा १८१ अपराधका घटना भएकोमा गत आवमा १९२ वटा घटना भएका छन् । त्यस्तै आव २०७९र८० मा १६३ वटा अपराधजन्य घटना भएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाको तथ्याङ्क रहेको छ । शाखाको
इटहरी । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ । हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक ९एटिसी० नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन । यस याममा दैनिक औसत ६० भन्दा हवाई उडान हुने गरिए पनि अहिले सबै ठप्प भएको उहाँले बताउनुभयो । हवाई उडान रोकिएसँगै खुम्बु क्षेत्र भ्रमण गरी फर्कने तयारीमा रहेका पर्यटकहरु लुक्
इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ । हिड्न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका छन् । काफ्लेपाटीदेखि मन्दिरसम्म पुग्नका लागि १ केजी बराबर एकसय रुपियाँ भाडा दर तोकिएको छ । विषेशगरी हिड्न नसक्ने बालबालिका, वृद्धवृद्धा दर्शनार्थीलाई भरियाले बोकेरै पाथिभरा पुर्याउने गरेका छन् । पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थी बोक्ने पाँचसय बढी भरिया रहेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।
इटहरी । एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको हत्या भएको खुलेपछि अवस्था तनावग्रस्त बनेको छ । गत आइतबारदेखि हराइरहेका शर्माको शव शनिवार विहान झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेपछि घटनामा संलग्न रहेको आङ्शका गरिएका ब्याक्तिहरुको घर तथा भौतिक सम्पत्तिमा तोडफोड गर्न थालेपछि तनाव सिर्जना भएको हो । शर्माले चलाउँदै आएको बा १३ च ३८६४ नम्बरको कार मेचीनगर–१३ चारआली–भद्रपुर सडक नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको केहिदिनपछि शव अर्कैतिर फेला परेको घटना सार्व
सुनसरी । ‘मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षण’ भन्ने नारासहित सन् २०२५ अक्टोबर १९ को बायोइथिक्स दिवस नेपालभरका मेडिकल कलेजहरूले विभिन्न चेतनामूलक र प्रतियोगितात्मक कार्यक्रमसहित मनाएका छन्। नेपाल एकाईका तर्फबाट आयोजित कार्यक्रमहरूको समापन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ। नेपाल एकाईका प्रमुख तथा नेपालका लागि संयोजक प्रा।डा। धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी संकायका अनिशा गिरी र क्रिष्टिना राईले सञ्चालन गरेका थिए। प्रमुख वक्ताका रूपमा प्रा।डा। शाक्यले बायोइथिक्सको १७ औं सिद्धान्त यस वर्षको विषयसँग
इटहरी | नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमितिका उपसभापति सेराज हुसेनमाथि भएको आक्रमणप्रति नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीले कडा आपत्ति जनाएको छ।तरुण दलका अनुसार कात्तिक १३ गते भोक्राहा नरसिंह गाउँपालिकामा भएको उक्त आक्रमण गम्भीर र अमानवीय कार्य हो। दलले यस घटनामा संलग्न सबै व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाको दोषीलाई उम्किन नदिई प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने हाम्रो जोडदार माग छ।”तरुण दलले घटनाको छानबिन निष्पक्ष र पारदर्शी र
काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी निर्माणमा योगदान दिएका सबै नेताहरूलाई पुनः एमालेको आन्दोलनमा समाहित हुन आह्वान गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी ओलीद्वारा गरिएको एकताको आह्वानलाई ‘स्वागतयोग्य र समय सान्दर्भिक’ बताउँदै वाम आन्दोलनको सशक्त एकतालाई आजको राष्ट्रिय आवश्यकता र ऐतिहासिक जिम्मेवारीका रूपमा चित्रण गर्नुभएको छ ।सचिव भट्टराईका अनुसार जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा आधारित नेकपा एमालेले सिङ्गो वाम आन्दोलनलाई एकताबद्ध बनाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘शान्तिपूर्ण,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.