All Posts By कोशी प्रेस

    Showing ३,८२१-३,८३० of १२,८६८ items.
  • सडकखण्डको स्तरोन्नति हुन नसक्दा सर्वसाधारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

    इटहरी । कटारीको  सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डको स्तरोन्नति हुन नसक्दा सर्वसाधारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सवारीसाधनबाटै सो खण्डको ४६ किलोमिटर दुरी पार गर्न यात्रुलाई छ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।  कोशी प्रदेशको पश्चिम क्षेत्रमा अवस्थित उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका मानिसलाई तराईसँग जोड्ने गरी निर्माण गरिएको मुख्य सडक सिद्धिचरण लोकमार्ग सञ्चालनमा आएको तीन दशक भइसकेको छ । समयानुकूल मर्मतसम्भार नहुँदा यस क्षेत्रका आमनागरिकले हरेक पटक ज्यान नै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।  मधेश प्रदेशको सिराहाको मिर्चैयाबाट स

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • १८५ पटक पढिएको
  • कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना, एक जना घाइते

    इटहरी । धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ९ बजेको दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस सडकमा पल्टिएको हो । बसको हावाको अचानक पाइप पड्किएर अनियन्त्रित हुँदा सडकमा पल्टिर दुर्घटना हुँदा बसमा सवार मोरङको लेटाङ नगरपालिका–३ बस्ने ५५ वर्षीया मिना गुरुङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा करिब २७ जना सवार रहेका थिए । घाइते गुरुङको ढाडमा चोट लागेको र उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको प्रह

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • १९४ पटक पढिएको
  • बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध

    इटहरी ।  बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण पुनः सडक अवरुद्ध भएको हो । मेची राजमार्गमा हिजो साँझ देखिनै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले शुक्रबारदेखि बन्द गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।वैकल्पिक सडक सिमलगोलाई सडकमा पनि ठाउँ–ठाउँमा पहिरो झरेको, सडक चर्किएको र त

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • १७९ पटक पढिएको
  • ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध

    इटहरी ।  मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । पछिल्लो पाँच दिनयता निरन्तर वर्षा भई मौसम प्रतिकूल हुँदा सुकेटारमा शुक्रबारको उडान रद्द भएको हो । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार निरन्तरको वर्षासँगै मौसम प्रतिकूल भएपछि उडान अवरुद्ध बनेको हो । निरन्तर वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेकाले शुक्रबारको उडान सम्भव नभएको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो । उहाँका अनुसार शुक्रबारको उडान रद्द हुँदा काठमाडौँ जान लागेको दुई जना विदेशी पर्यटकसहित १७ जना यात्रु रोकिएका छन् ।उडान नभएपछि काठमाडौँदेखि ताप्लेजुङ

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३५३ पटक पढिएको
  • इटहरीमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसद्वारा शैक्षिक मेला कार्यक्रम सम्पन्न

    इटहरी । २२ वर्षदेखि सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीले अष्ट्रेलिया र युकेका विभिन्न कलेजका प्रतिनिधिहरुको सहभागितामा शैक्षिक मेला कार्यक्रम गरेको छ ।उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा अध्ययनका लागि आवश्यक शैक्षिक परामर्श, लागत तथा अन्य प्रक्रियागत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी अष्ट्रेलिया र युकेका विभिन्न कलेजका प्रतिनिधिहरुले आफ्ना कलेजमा उपलब्ध विषय, अवसर र खर्चसम्बन्धी विवरण प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीका  शिक्षा शाखा

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ५५३ पटक पढिएको
  • किसान कल्याण वचत तथा ऋण सहकारी संस्थाको ३०औं स्थापना दिवस सम्पन्न

    इटहरी | इटहरीमा अवस्थित किसान कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३०औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक सदस्य छत्रप्रसाद रिमाल प्रमुख अतिथी रहनु भयो भने संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा समारोह सम्पन्न भयो।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले सहकारीको इतिहास र प्रगतिबारे जानकारी दिँदै वि.सं. २०५३ सालमा ३४ जना सदस्य र रु. १,७०० पूँजीबाट किसान कल्याण कोषको रूपमा स्थापना भएको र वि.सं. २०५८ सालमा सहकारी डिभिजन कार्यालय, इनरुवामा बचत तथा ऋण सहकारीको रूपमा दर्ता गरिएको बताए।हाल सहकारीमा २५ हजार ५ सय सदस्य र कु

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ४८९ पटक पढिएको
  • तरुण गोल्डकपको उपाधी कुम्मायकलाई

    पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कुम्मायक गाउँपालिकाले जितेको छ । विहिवार सम्पन्न फाईनल खेलमा हिलिहाङ गाउँपालिकालाई हराउँदै उपाधी जितेको हो ।१–० गोलको  झिनो अन्तरले कुम्मायकले उपाधी जितेको हो । दोश्रो हाफको अन्तिम समयमा सुदिप लावतीले गरेको गोलनै जितका लागि पर्याप्त भयो ।विजेता टिमले १ लाख १ सय ७३ रुपैँया नगद र ट्रफि पाएको छ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा कुम्मायक गाउँ पालिकाका वेष्ट किपर रोचक लावती,वेष्ट डिफ

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ४१६ पटक पढिएको
  • मौसमका कारण सगरमाथा विद्यालयको देउसी भैलो कार्यक्रम स्थगित

    भोजपुर | सगरमाथा माध्यमिक विद्यालयको आयोजनामा र अरुण गाउँपालिका–७ सिक्रेटारको प्रायोजनमा कार्तिक १५ गते तय गरिएको “बृहत देउसी भैलो सांस्कृतिक कार्यक्रम–२०८२” प्रतिकूल मौसमका कारण स्थगित भएको छ। लगातारको वर्षा र हावाहुरीका कारण सुरक्षा जोखिम बढेपछि कार्यक्रमलाई कार्तिक २२ गते शनिबारका दिन सारिएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाका अनुसार तयारी पूरा भइसकेको भए पनि जिल्ला प्रशासन, गाउँपालिका र प्रहरी कार्यालयको सिफारिसका आधारमा मिति परिवर्तन गरिएको हो। राष्ट्रिय र स्थानीय कलाकारहरूको सुझावअनुसार पनि कार्यक्रम सारिएको बताइएको छ। अब सोही स्थानमा कार्तिक २२ गते कार्यक्र

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ६२२ पटक पढिएको
  • जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मुत्यु

    इटहरी । जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मुत्यु भएको छ । जिल्ला कारागार मोरङका अनुसार बिहीबार बिहान एक जना कैदीको मृत्यु भएको हो । गत शुक्रबार राति एक जना बन्दीको मृत्यु भएको थियो ।  दुवै कैदीबन्दीको स्वास्थ्य समस्या भने एउटै छ । कारागार प्रशासनका अनुसार दुवैको शरीर सुन्निने र शाश फेर्न गाह्रो हुने समस्या थियो। मोरङको उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए । उनलाई बुधबार कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको 

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३८६ पटक पढिएको
  • कृषि थोक बजारको भवनमा कोशी प्रदेश सभा राख्ने तयारी

    इटहरी। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदेश सभा भवन र प्रदेश सभा सचिवालय ध्वस्त भएपछि कोशी प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको छ । आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालयमा आगजनी, तोडफोड र लुटपाट भएपछि प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको हो । कोशी प्रदेश सरकारले मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारको भवनमा प्रदेश सभा राख्ने तयारी गरेको हो । सङ्घीय कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका(१ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण गरिएको थियो । विराटनगर महानगरपालिका

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]