All Posts By कोशी प्रेस

    Showing ३,८५१-३,८६० of १२,८६८ items.
  • दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    इटहरी । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • २१९ पटक पढिएको
  • हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा हिमपात भए सँगै पर्यटन क्षेत्र प्रभावित

    इटहरी । हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा हिमपात भएको छ । देशभर मौसममा आएको परिवर्तनसँगै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मङ्गलबार बिहानैदेखि हिमपात भइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।  पर्यटकीय सिजनमै खुम्बु क्षेत्रमा हिमपात भएपछि पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटक होटेलमै सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रशासन र होटेल सञ्चालकले पर्यटकको सुरक्षा र आवश्यक सुविधाका  लागि सुरक्षित रहन आग्रह गरेका छन् 

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • २०८ पटक पढिएको
  • लुक्लामा हाइड्रो र सोलार ऊर्जाबाट सञ्चालन हुँदै आएको २५ शय्याको पासाङल्हामु निकोल निक्की अस्पतालले मनायो २० औं वार्षिकोत्सव

    इटहरी। हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का सल्लाहकार एवम् अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ । सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका स्थानीयवासीदेखि स्वदेशी र विदेशी पर्यटकसम्मका लागि जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । दुवै महान महिलाको न

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • २२० पटक पढिएको
  • निरन्तर वर्षा र हिमपातसँगै ताप्लेजुङमा चिसो ह्वात्तै बढ्यो, जनजीवन कष्टकर हुँदा पर्यटक प्रभावित

    इटहरी । सोमबार रातिदेखि मौसम बदलिएसँगै ताप्लेजुङमा चिसो बढेको छ । सामान्य वर्षा र उच्च हिमाली भेगमा हिमपात सुरु भएकाले जिल्लामा चिसो बढेको हो । चिसोका कारण सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लाको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । सोमबार रातिदेखि निरन्तर वर्षा भइरहेको र करिब तीन हजार ५०० मिटरभन्दा माथि उचाइ रहेको क्षेत्रमा हिमपात भएपछि चिसोले हिमाली भेगको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फले, घुन्सा र वडा ७ ओलाङ्चुङगोला तथा याङ्मासहित हिमाली भेगका बस्तीहरुमा चिसो निकै बढेको छ । याङ्माका स्थानीय पेमा शेर्पाका अनुसार निरन्तरको वर्षा र बस्ती नजिकसम्म हिउँ परे

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • १७५ पटक पढिएको
  • इटहरीमा १०८ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा चतुर्मास जीवनदर्शन सत्सङ्ग कार्यक्रम हुने

    इटहरी | त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा तथा केन्द्रको केन्द्रीय समितिको अभिभावकत्वमा “नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम” शीर्षकअन्तर्गत चतुर्मास जीवनदर्शन सत्सङ्ग कार्यक्रम हुन लागेको छ। सो कार्यक्रममा स्थानीय समुदाय तथा कोशी प्रदेश सरकारको समेत सहभागिता रहने केन्द्रले जनाएको छ।कार्यक्रम इटहरी–२, सुनसरीस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेश कार्यालय तथा माया घर नेपालको छेउमा निर्माण गरिएको कलात्मक भक्तपुर शैलीको इँटाको आसन र नेपालकै ढुंगाबाट बनेको १०८ शिवलिङ्गको स्थापना एवम् प्राण प्रतिष्ठा समारोह सँगै सम्पन्न हुने भएको हो।धार्मिक पर्य

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४४४ पटक पढिएको
  • फिदिममा जारी ८ औं तरुण गोल्डकपमा हिलिहाङ र फिदिम सेमिफाइनलमा

    पाँचथर | फिदिममा जारी आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार सम्पन्न दुवै खेलमा हिलिहाङ गाउँपालिका र घरेलु टोली फिदिम नगरपालिका विजयी भएका छन्।पहिलो खेलमा हिलिहाङ गाउँपालिकाले साविक विजेता तुम्बेवा गाउँपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। खेलको सुरुवातदेखि नै बलमा नियन्त्रण जमाएको हिलिहाङले तीव्र आक्रमणका साथ अग्रता लिएको थियो। पहिलो हाफमै दुई गोल गर्दै हिलिहाङले खेलमा दबदबा कायम गर्‍यो।हिटेन सुहाङ र नवराज माझीले समान दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे भने निरोज लिङदेनले एक गोल थपेका थिए। तुम्बेवा गाउँपालिका साविकका विजेता भए पनि

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ६८९ पटक पढिएको
  • नेपाल मुस्लिम ईतेहाद संगठनको तेस्रो दुहबी नगर अधिवेशन सम्पन्न इस्राफिल मियाँको अध्यक्षतामा२२ सदस्यीय नगर समिति चयन

    दुहबी । नेपाल मुस्लिम ईतेहाद संगठनको तेस्रो दुहबी नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले इस्राफिल मियाँलाई नगर अध्यक्ष, जाहिद हुसैनलाई उपाध्यक्ष, अलाउदिन मियाँलाई सचिव, खैरुललाई उपसचिव, मोजाहिद मियाँलगायत २२ सदस्यीय नगर समिति चयन गरेको छ।कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) सुनसरी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य जगदीश प्रसाद कुसयैत रहेका थिए। विशिष्ट अतिथि रूपमा नेपाल मुस्लिम ईतेहाद संगठनका उपाध्यक्ष तथा नेकपा (एमाले) केन्द्रीय सदस्य तैयब हुसेन, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा ईतेहाद संगठनका केन्द्रीय निर्वाचन अध्यक्ष आबिद हुसेन, नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष पर्शुराम

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ५०० पटक पढिएको
  • डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा

    इटहरी । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले नेपाल लिबरल पार्टी गठनको घोषणा गर्नुभएको हो । आमनागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको उहाले बताउनुभयो । उहाले बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल पार्टी गठन गरिएको उल्लेख गर्नुभयो । उदारवादी अर्थव्यवस्था, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति पार्टीको

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४६४ पटक पढिएको
  • हतुवागढी–९ हलेदेटारमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगित सुरु

    इटहरी । भोजपुरको हलेदेटारमा प्रथम पटक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यु ई वा युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता आइतबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले जिल्लाकै होचो भुभागमा आयोजित प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्नुका साथै अन्तर जिल्लाका खेलाडीहरु बीच सामिप्यता कायम राख्ने बताउनु भयो । हतुवागढी गाउँपालिका वडा नम्बर  ९ स्थित हलेदेटार खेलमैदानमा हुने उक्त प्रतियोगितामा आयोजक सहित २६ समुहको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक १३ गते सम्म सञ्चालन

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • २६२ पटक पढिएको
  • एमालेमाथि लागेका भ्रष्टाचारका आरोप प्रमाणसहित सिद्ध गर्न चुनौती

    इटहरी । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरु जोडिएको भए छानविन गर्न सरकारलाई चूनौति दिनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चूनौति दिनुभएको हो । पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताउनुभयो । सबैभन्दा बढी पपुलर मत पाएका नेता (केपी शर्मा ओली) लाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने उहाले बताउनुभयो ।उहाले&nb

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • २३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]