इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ । कञ्चनजङ्घा चोकमा रहेको महेन्द्र सार्कीको झोला बनाउने गोदाममा मङ्गलबार साँझ ७ बजे आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार गोदाममा आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको झोला बनाउने मेसिन, २० लाख रुपियाँ बराबरको तयारी भएका झोला र १३ लाख रुपियाँ बराबरको झोला बनाउँन प्रयोग गरिने मेटेरियल गरी जम्मा ३६ लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नि
इटहरी । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल सम्वत् पात्रो मात्र नभएर नेपालीहरूको पहिचान भएको बताएका छन्। नेपाल सम्वत् ११४६ का अवसरमा शुभकामना दिदैं कोइरालाले यसले नेपाली स्वभिमान, सांस्कृतिक विविधता र ऐतिहासिक चेतनालाई अभिब्यक्त गर्ने बताए । नेपालीहरुको राष्ट्रिय संस्कृति, पहिचानलाई संरक्षण र सम्मान गर्नु सबैको दायित्व भएको उनको भनाइ छ। महानगर पनि समावेशी विकास, सुशासन, सामाजिक न्याय र सम्बृद्ध नगरतर्फ उन्मुख रहेको उनले बताएका छन्।
इटहरी । मोरङको पथरी शनिश्चरे–१ जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा यही कात्तिक १५ गतेदेखि दोस्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न तयारी तीव्र पारिएको आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ । प्रतियोगिता सुरु हुन १३ दिन बाँकी रहँदा पनि मुख्य, सह–प्रायोजक र अन्य सहयोगी प्रायोजकको टुंगो भने अझै लागेको छैन । करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपमा काठमाडौंका तीन ‘ए’ डिभिजन क्लब, एक भारतीय टोली सहित कुल ८ टिम सहभागी हुनेछन् । कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ७५ हजार रुपैया
इटहरी । काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ । कागेश्वरी मनोहरा–०९ काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा विधुत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योगमा भएको आगलागीका कारण करिव ६ लाखको क्षति भएको अनुमान गरिएको छ । काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालीकाको दमकलका साथै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
इटहरी । नेपाल संवत् ११ सय ४६ बुधबारबाट सुरु हुँदै छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिֿय विभूति शंखधर साख्वाले विक्रम संवत ९ सय ३७ (इस्वी संवत ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराउनुभएको थियो । सोही संवतका अवसरमा देशभर विविधकार्यक्रम आयोजना गरिने गरिएको छ । यसै क्रममा धनकुटामा न्हुदँया भिन्तुना, अर्थात् नेपाल संवत् ११ सय ४६ को अवसरमा धनकुटामा मंगलबार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ। सिरानबजार समुहको आयोजनामा भएको मोटरसाइकल ¥यालीले बजार परिक्रमा गरेको थियो। मोटरसाइकल ¥याली भिमसेन थान, निशान मन्दिर, मदन च
इटहरी । तिहार अन्तर्गत भाइटिका नजिकिदै जाँदा उपत्यका छाड्ने यात्रुहरुको संख्या बढेको छ । उपत्यकाका बिभिन्न नाकाका साथै बसपार्कहरुमा यात्रुहरुको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहान सम्ममा करिव ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उपत्यका बाहिरने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरुको संख्या पनि उतिनै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिदा ४० हजार ४ सय ८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष नेपालले सञ्चारकर्मी संग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको हो । उहाले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राख्नुभयो । अध्यक्ष नेपालले सवै राजनीतिक दल र नेत
इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताउनुभएको छ । मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रिया सम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताउनुभयो । त्यस्तै जनेजी आन्दोलनले दिएको म्यान्डेट अनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उहाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिनुभयो । छलफलका क्रममा जेनजी आन्दोलनका घ
इटहरी | आगामी कार्तिक १० र ११ गते मनाइने हिन्दुहरूको महान पर्व छैठ (बैठ पर्व)को तयारी इटहरीमा पुरा भएको छ। छैठ पर्व सेवा समिति, इटहरीले पत्रकार सम्मेलनमार्फत पर्वको तयारी र कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरेको हो।समितिका अनुसार इटहरीको बुढीगंगा जमुना मुक्तिधाममा यो पर्व निरन्तर ३५ वर्षदेखि मनाइँदै आएको छ र यस वर्ष ३६ औं वर्षमा प्रवेश गरेको छ। देशको विषम परिस्थितिमा समेत समितिले धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न गर्दै आएको उल्लेख गर्दै यस वर्ष पनि भव्य, सभ्य र सुरक्षित रूपमा पर्व मनाउने तयारी भएको जानकारी दिइएको छ।समितिका सचिव मुकेश कुमार चौधरीका अनुसार यस वर्ष करिब २ लाखभन्दा बढी व्रता
सुनसरी - सुनसरीको वराहक्षेत्र-५ स्थित एक विद्यालयको माइन्युट च्यातेको आरोपमा पक्राउ परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अदालतले धरौटीमा छाडेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ (१) २ ७२ बमोजिम मुद्दा पुर्पक्षको लागि सुनसरी जिल्ला अदालतले २५ हजार धरौट माग गरेको हो । न्यायाधीश चन्द्रमणि चापागाईंको एकल इजलासद्वारा जारी आदेश पर्चामा विव्यस अध्यक्ष प्रतिवादी पुष्कल पराजुलीलाई प्रमाणका आधारमा निर्दोष भनी मान्न मिल्ने नदेखिएको उल्लेख छ । बयानका क्रममा पराजुलीले 'माइन्युट समाउन खोज्दा सोरिएर दुई पाना च्यातिन पुगेको मात्र थियो' भन्ने बयान दिएको साथै माइन्युटसहित
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.