इटहरी । काठमाडौंबाट असोज २४ गते हराएको गाडी बुधबार साँझ पाँचथरको हिलिहाङमा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको ज्यानसमेत गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बा ७ च ५४४९ नम्बरको उक्त पिकअप असोज २४ गते काठमाडौंबाट हराइरहेको थियो । सिन्धुपालचोक निवासी सुरेश श्रेष्ठको नाममा दर्ता भएको उक्त गाडी हराएसँगै सवारी धनी श्रेष्ठसमेत २५ गते कीर्तिपुरमा मृत अवस्थामा भेटिनुभएको थियो । सवारी धनीको हत्या भए पनि उक्त गाडीको अत्तोपत्तो नलागेपछि प्रहरीले खोजीका लागि देशभर सर्कुलर गरेको थियो । यसैबिच असोज २९ गते साँझ फिदिम आइपुगेको उ
इटहरी। भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ । कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडिएको हो । लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । रामप्
इटहरी । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि तस्करहरू गाडी छाडेर फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति बर्जु गाउँपालिका(३ स्थित खरी टोलमा प्रहरी चौकी अमडुवाबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा रहेको एक बोलेरो गाडीलाई जाँच गर्न खोजेको थियो। तर, प्रहरीलाई देख्नासाथ गाडीमा सवार अपरिचित व्यक्तिहरू गाडी छाडेर अँध्यारोको फाइदा उठाउँदै भागेका थिए। प्रहरीले उक्त नम्बर नखुलेको बोलेरो गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ३ सय किलोग्राम गाँज
इटहरी । इटहरी वडा नम्बर ४ स्थित आइतबारेस्थित दुर्गा पार्टी प्यालेस नजिकै ‘नेपाली जुत्ता घर’ नामक नयाँ जुत्ता पसल सञ्चालनमा आएको छ। यही असोज २९ गतेदेखि शुभारम्भ गरिएको उक्त पसलमा नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरू सुलभ मूल्यमा उपलब्ध गराइएका छन्।‘नेपाली जुत्ता घर’ का सञ्चालक मातृका प्रसाद नेपालकाअनुसार उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ। शुभारम्भ अफर अन्तर्गत बजार मूल्यभन्दा आधा सस्तोमा जुत्ता र चप्पल खरिद गर्न सकिने बताइएको छ। साथै, विभिन्न मोडलका जुत्ता चप्पलहरूमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ।पसलमा बालबालिका, गृहिणी, युवायुवतीदेखि वृद्धवृद्धासम्मका लागि उपयुक्त नेप
इटहरी । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिनुभयो । वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ । बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताउनुभयो । उहाँले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको
इटहरी । मोरङका विभिन्न स्थानमा परिचालित सादा पोसाकका प्रहरी (घुमुवा) को जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटमा लामो समयदेखि परिचालित घुमुवा प्रहरीको जिम्मेवारी खोसिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार इलाका प्रहरी कार्यालय नेमुवा दरबन्दी भई लामो समयदेखि जिप्रकाका लागि घुमुवाका रूपमा काम गर्दै आएका प्रहरी नायब निरीक्षक (प्रनानि) भुवन श्रेष्ठको जिम्मेवारी खोसेर उहाँलाई वडा प्रहरी कार्यालय विराटनगर पठाइएको छ । सादा पोसाक लगाएर घुमुवाको काम गर्दै आउनुभएका प्रनानि श्रेष्ठले अब प्रहरी युनिफर्म लगाएर
काठमाडाै । नेपाली ब्याटर कुशल मल्लले टी-२०आई क्रिकेटमा १००० रन पूरा गरेका छन् । ५९ खेलमा एक हजार रन पूरा गरेका हुन् । उनी एक हजार रन पूरा गर्ने पाँचौ नेपाली खेलाडी हुन् ।
सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा तेश्रो दिन को खेल मा नेता चोक टाईगर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुबै टिमले एक एक गोल गरि पछि खेल टाइब्रेकरमा पुगेको थियो भने टाइब्रेकरमा ४-२ गोल गर्दै नेता चोक भेट्रान्स फुटबल क्लब सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को तेश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा स्थानिय समाज सेवि रबिन कुमार घिमि
इटहरी । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटना महालक्ष्मी नगरपालिका–७ की गङ्गा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेको जिल्ला सदरमुकामस्थित धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, म
इटहरी । एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरंगको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ। नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको हो । अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.