All Posts By कोशी प्रेस

    Showing ४,०११-४,०२० of १२,८६९ items.
  • कोप्चे बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

    इटहरी। भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिनुभयो । दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमि

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४७७ पटक पढिएको
  • मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने

    इटहरी । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सड

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ३९६ पटक पढिएको
  • ९७ वर्षे जसबहादुर खेवाङद्वारा गाउँलाई १५ लाखको ‘भ्यू टावर’ उपहार

    इटहरी।  पाँचथरको याङवरक गाउँपालिका(६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू(टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त हुनुभएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएको छ । पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू(भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू(टावर निर्माण गर्नुभएको हो । व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू(टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गर्नुभयो । खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँ

    • प्रकाशित मितिः असोज २९, २०८२
    • २१६ पटक पढिएको
  • पूर्वी नेपालमा चराको बसाइँसराइ सुरु, साइबेरिया र हिमाली क्षेत्रका पाहुना चरा तराई झर्न थाले

    इटहरी । पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने व्रmम सुरु भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जङ्गल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने व्रmम सुरु भएको हो । चराविज्ञ अनिश तिम्सिनाका अनुसार क¥याङकुरुङ, जलेवा, खोयाहाँस, सिन्दुरे हाँसलगायतका पाहुना चरा पूर्वी नेपालदेखि पश्चिम नेपालको तराई क्षेत्रका नदी र तालमा आउने व्रmम सुरु भएको छ । उहाँ भन्नुहुन्छ, “नौ हजार मिटर उचाइसम्मको उडान भर्न सक्ने खोयाहाँस जाडो छल्न तराईको सिम क्षेत्र र फाँटमा

    • प्रकाशित मितिः असोज २९, २०८२
    • २२८ पटक पढिएको
  • वराहक्षेत्रमा बजार अनुगमन निरन्तर हुँदै , अधिक मात्रमा म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारी जरिमाना

    वराहक्षेत्र । वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन गर्न कार्यलाई निरन्तर गरि राखेको छ । वराहक्षेत्र नगरपालिकाले नियमित अभियान अन्तर्गत  नगर क्षेत्रमा बजार अनुगमनलाई निरन्तरता दिएको हो  । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा मङलवार वराहक्षेत्र नगरपालिका वडा नं ९ राजावास बजारका पसलहरु

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ५७८ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कपको दोश्रो खेलमा सुन्दर भेट्रान्स फुटबल क्लबको जित

    सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा दोश्रो दिन को खेल मा सुन्दर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल मा सुन्दर भेट्रान्स फुटबल क्लबले २ गोल गरि जित हासिल गरेकाे हो । जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को दोश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा स्थानिय समाज सेवि स्याम कुमार कार्की रहनु भएको थियो भने, अतिथिको रुपमा स्थानिय समाजसेवि संजय चन्द्रवंशी , जिवन लिम्बु लगाएत स्था

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ८५४ पटक पढिएको
  • लेटाङमा कोशी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

     इटहरी । लेटाङ नगरपालिका र लेटाङ नगर भलिबल क्लबको संयुक्त आयोजनामा आयोजित कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिता अन्तरर्गत पहिलो दिन पुरुषतर्फ ३ र महिलातर्फ २ गरि ५ वटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा पुरुषतर्फ आयोजक लेटाङले मिक्लाजुङलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ भने उर्लाबारीले रतुवामाईलाई र इटहरीले झापालाई हराएका छन् । त्यस्तै, महिलातर्फ दमकले पथरीलाई पराजित गरेको छ भने केपिलासगढी (खोटाङ) ले आयोजक लेटाङ–‘बि’ लाई हराउँदै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।आजदेखि सुरु भएर असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा २४ ट

    • प्रकाशित मितिः असोज २८, २०८२
    • २९८ पटक पढिएको
  • हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड

    इटहरी । एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ । सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मानित गरिएको हो । उहाँले विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा आयोजित मलेसियाको कलालम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त गर्नुभएको हो । कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके,

    • प्रकाशित मितिः असोज २८, २०८२
    • २२८ पटक पढिएको
  • तुम्लिङटार विमानस्थलमा भिआइपी कक्ष बन्द

    इटहरी । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भिआइपी कक्ष बन्द गरेको छ । विमानस्थल प्रशासनका अनुसार जेनजी आन्दोलनपछि सुरक्षासम्बन्धी चुनौती र भिआइपी कक्षको अनावश्यक प्रयोगका कारण उक्त सेवा स्थायी रूपमा बन्द गरिएको हो । विगतमा राजनीतिक दलका नेतासहित विशिष्ट व्यक्तिहरू भिआइपी कक्ष प्रयोग गर्ने र उनीहरूका समर्थक नाराबाजीसहित भिडभाड गर्ने गरेका कारण विमानस्थलमा सुरक्षा चुनौती हुने गरेको थियो । विमानस्थल प्रमुख नवराज दाहालले केन्द्रको निर्देशन अनुसार भिआइपी कक्ष बन्द गरिएको जानकारी दिनुभयो । उहाँले अब सबै यात्रुले एउटै कक्षबाटै सेवा लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो 

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ३३७ पटक पढिएको
  • ओखलढुङ्गामा ११ कांग्रेस प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग

    इटहरी ।  नेपाली कांग्रेस ओखलढुङ्गाका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् । जेन–जेड पुस्ताको भावना अनुसार कांग्रेसलाई पुनःनिर्माण र पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनीहरूले औपचारिक रूपमा हस्ताक्षरसहित माग अघि सारेका हुन् । विशेष महाधिवेशनको पक्षमा उभिनेहरू नेताहरू कुमार लुइटेल, रुद्रप्रसाद अधिकारी, सविता राई, सर्वधन तामाङ, हरिप्रसाद दाहाल, बेदबहादुर रोक्का, कुमारबहादुर श्रेष्ठ, प्रकाश दाहाल, दुर्गाकुमारी तामाङ, होमबहादुर विक र अर्चना लुइटेल हुनुहुन्छ ।त्यसैगरी, केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र प्रदीप सुनुवार तथ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ३०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]