All Posts By कोशी प्रेस

    Showing ४,०४१-४,०५० of १२,८६९ items.
  • झापाको कन्काई पुल १४ वर्षदेखि अलपत्र , छिट्टै निर्णय गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

    इटहरी। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गर्नुभएको छ । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७(६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम जेभी सँग करिब ५१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३३१ पटक पढिएको
  • जेनजी आन्दोलनमा इटहरी उपमहानगरपालिकामा आगजनी भएका महत्वपूर्ण कागजात नष्ट र छरपस्ट

    इटहरी । जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा व्यापक तोडफोड र आगजनी भएको छ। घटनामा प्रशासनिक भवनभित्र रहेका विभिन्न महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् भने केही कागजातहरू बाहिर छरपस्ट अवस्थामा फेला परेका छन्।प्रदर्शनकारीहरूको भीडले नगरप्रवेशद्वार तोड्दै कार्यालय परिसरमा प्रवेश गरी ढोका, सिसा र फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए। आगलागीका कारण राजश्व शाखा, लेखा शाखा, भवन निर्माण स्वीकृति शाखा र नागरिक अभिलेख शाखाका धेरैजसो फाइल र अभिलेख पूर्ण रूपमा जलेका छन्।दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि आगलागीको तीव्रता अत्यधिक भएको कारण

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३०४ पटक पढिएको
  • विपद् प्रभावित क्षेत्रका घरमै स्वास्थ्य सेवा

    इटहरी । असोज १८ मा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा इलामको माईजोगमाई गाउँपालिकाले सर्वसाधारणको घर–घरमै स्वास्थ्य सेवा दिन थालेको छ । पहिरोका कारण स्वास्थ्य संस्थासम्म जान सक्ने अवस्था नभएपछि माईजोगाई(छ प्याङका स्थानीयको घरमै प्राथमिक स्वास्थ्य सेवा दिन थालिएको हो ।  स्वास्थ्य संस्था सम्म आउन नसक्ने भएपछि वृद्धवृद्धा, बालबालिकासहित अशक्तहरूलाई घरमै गएर उच्च रक्तचाप, ज्वरोलगायतका बिरामीलाई प्राथामिक सेवा प्रदान गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डाक्टर अभिषेक देव ठकुरीले बताउनुुभयो । असोज १८ को पहिरोमा परी प्याङमा दुई परिवारका आठ जनाको मृत्यु भएको थियो । यस्तै, विपद्का कारण

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३८२ पटक पढिएको
  • लौकही नाकाबाट तीन लाखको पटका बरामद

    इटहरी । सुनसरीको कोशी गाउँपालिका– १ लौकही सीमा नाकाबाट सशस्त्र प्रहरीले तीन लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ । आइतबार बिहान करिब ९ बजे सीमा नाका हुँदै लुकाएर ल्याएको अवस्थामा सशस्त्र प्रहरी लौकहीले पटका बरामद गरिएको हो । बरामद भएको पटकालाई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका प्रमुख प्रहरी निरीक्षक मनीष कटुवालले जानकारी दिनुभयो । सशस्त्र प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा पटका फेला पारेको थियो । विभिन्न १७ प्रकारका पटकाको अनुमानित मूल्य तीन लाखभन्दा बढी रहेको

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३०७ पटक पढिएको
  • संघीय निर्देशनमा धनकुटाका दुई पालिका द्धारा अस्थायी र करार सेवाका कर्मचारीको नियुक्ति रद्द

    इटहरी । धनकुटाका दुई पालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ । महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका हुन् ।  महालक्ष्मी नगरपालिकाले शुक्रबार र छथरजोरपाटी गाउँपालिकाले  विज्ञप्ति निकाल्दै कर्मचारी हटाउने निर्णय गरेको जनाएका छन् । छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार कार्य सम्झौता खारेज भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईले

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २६९ पटक पढिएको
  • वराहक्षेत्रमा पानी सुल्के प्रतियोगिता हुने

    इटहरी । सुनसरीको वराहक्षेत्रमा तेस्रो पानी सुल्के ९स्टोनस्किपिङ च्याम्पियनसिप० हुने भएको छ । कात्तिक ३ गते अमाह सिमसारमा स्टोनस्किपिङ च्याम्पियनसिप हुने भएको हो । चतरा हाइकिङ समूहको आयोजना र अमाह सिमसारको सह आयोजनामा पानी सुल्के प्रतियोगिता गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा नगद पुरस्कारसहित प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउने छन । विजेताले ट्रफी र प्रमाणप

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३२९ पटक पढिएको
  • झापामा ५५ राउण्ड गोली बरामद

    इटहरी । झापाको कमल गाउँपालिका–७ रंगपुरस्थितबाट ५५ राउण्ड गोली फेला परेको छ। स्थानीयले केराबारीमा सेतो बोरामा गोली फेला पारेको जानकारी गराएपछि गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २८८ पटक पढिएको
  • सुनसरीमा सिटी सफारी चालकको हत्या

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटी सफारी चालकको हत्या भएको छ । सोही नगरपालिका बस्ने ४५ वर्षीय दिनेशकुमार चौधरीको शनिबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ७८०४ नम्बरको सिटीमा रगताम्य भइ घोप्टो परेको अवस्थामा चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपी केशवकुमार थेबेसमेतको प्रहरी टोली घटनास्थलमा पुग्दा चौधरी मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँका अनुसार चौधरीको बायाँ छातीमा हतियार प्रहार भएका कारण उनको मृत्यु भएको हुन सक

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २५२ पटक पढिएको
  • ताप्लेजुङमा बढ्दै सापु सङ्क्रमण

    इटहरी । ताप्लेजुङमा सापु रोगको सङ्क्रमण बढ्न थालेको छ । जिल्लामा अत्याधिक मात्रामा सेतो पुतली देखिन थालेसँगै सापु रोगको सङ्क्रमण बढ्न थालेको हो । अहिले नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा उपचारका लागि आएका मध्ये दैनिक पाँचदेखि छ जनामा सापु रोगको सङ्क्रमण पुष्टि हुने गरेको डिचेन डोङ्गलाका वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले बताउनुभयो । उहाँका अनुसार फक्ताङलुङ गाउँपालिका–६ लेलेपका बसन्त लिम्बू र फुङलिङ नगरपालिकाकी रियाना शाह अति नै जटिल अवस्थामा उपचारका लागि आउनुभएको थियो । उहाँहरुमा सापु रोगको सङ्क्रमण पुष्टि भए सँगै थप उपचारका लागि मेची आँखा

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २०८ पटक पढिएको
  • गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेन

    इटहरी ।  गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो । पहिरो

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]