All Posts By कोशी प्रेस

    Showing ४,१०१-४,११० of १२,८९४ items.
  • झापामा हात्ती आतंक नियन्त्रणका लागि विशेष गस्ती टोली परिचालन

    इटहरी । झापाको  बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए । विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन्भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २२२ पटक पढिएको
  • दमकमा ‘हुनेले दिउँ, नहुनेले लिउँ’ अभियानसहित कपडा बैंक सुरु

    इटहरी । ‘हुनेले दिउँ, नहुनेले लिउँ’ भन्ने मूल नारासहित झापाको दमक वडा ६ ले आफ्नो वडामा कपडा बैँक सुरु गरेको छ । यसअघि विभिन्न सामाजिक सङ्घसंस्थाहरूले दमकमा यस किसिमको कार्यक्रम गर्दै आएपनि यसपटक वडा आफैँले यो कार्यक्रम सञ्चालन गरेको हो । वडाध्यक्ष टेकबहादुर कार्कीका अनुसार यसलाई चाडपर्वको समयमा मात्र नभएर नियमित रूपमा सञ्चालन गर्ने गरी कपडा बैँक सुरु गरिएको हो । सकेसम्म नयाँ कपडाहरू ल्याउन प्रोत्साहित गरिने उहाँले बताउनुभएको छ । स्वेच्छिक रूपमा जो कोहीले पनि कपडा बैँकमा ल्याएर कपडा राख्न सक्ने र आवश्यक परेकाले आएर लैजान सक्ने उहाँले बताउनुभयो । यसले विपन्नहरूलाई टेवा पुग्ने अपेक्षा लिइएको थापा

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ४०७ पटक पढिएको
  • बाढीपहिरोबाट ठूलो क्षति ,इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

    काठमाडौँ । सरकारले बाढीपहिरोका कारण ठुलो क्षति पुगेको इलाम जिल्लालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो । गत असोज १८ गते भीषण वर्षासँगै आएको बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । पहिरोले सयौँ घर पुरेका कारण हजारौँ नागरिक विस्थापित हुनु परेको छ । देश

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ३५९ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिका द्धारा कर्मचारीलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन

    इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दसैँसहितका बिदा समाप्त भइसक्दा पनि अनुपस्थित रहेका कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । सेवाग्राहीको दैनिक सेवासँग जोडिएका काममा अवरोध सिर्जना भएकोभन्दै गाउँपालिकाले अनुपस्थित रहने कर्मचारीलाई तोकिएको समयभित्र अनिवार्य उपस्थित हुने निर्देशन दिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बिहीबार सूचना जारी गर्दै विदा सकिँदासमेत विभिन्न कारण देखाई हालसम्म कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई हाजिर ९उपस्थित० हुन निर्देशन दिनुभएको हो । दसैँ बिदा साथै बाढीपहिरोजस्ता विपत्लाई दृष्टिगत गरी सरकारले उपलब्ध गराएको बिदासमेत समाप्त

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २५१ पटक पढिएको
  • इलामको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा कोशी प्रदेशका मन्त्रीहरूको टोली

    इटहरी । कोशी प्रदेशका मन्त्री र प्राविधिकसहितको टोलीले गत १८ गते रातिको बाढीले बगाएको मयू खोला पुल र फिक्कल–नयाँबजार सडकको क्षतिको निरीक्षण गरेका छन् । बाढीपहिरोले क्षति गरेको एक सातामा पहिलोपटक प्रभावित क्षेत्रमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, पूर्व मुख्यमन्त्री उद्धव थापासहितको प्राविधिक टोलीले मयू खोला, फिक्कल नयाँबजार सडक र फिक्कल खानेपानीको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको हो । मयू खोलाको पुल बगाएपछि र फिक्कल–नयाँबजार सडक पहिरोले क्षतिग्रस्त बनाएपछि उक्त सडकमा यातायत

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ६०३ पटक पढिएको
  • इटहरीमा सस्तो जुत्ता पसल खुल्ने, अदालतले दियो अन्तरिम आदेश

    इटहरी | इटहरीमा खुल्न लागेको ‘नेपाली जुत्ता घर’ को सञ्चालनमा अवरोध नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।उच्च अदालतका न्यायाधीश गणेश ठाकुर र कैलाश गुरुङको संयुक्त इजलासले निवेदक मात्रीका प्रसाद नेपालको तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै पसल सञ्चालनमा अवरोध नगर्न आदेश दिएको हो। अदालतले दुवै पक्षसँग छलफल गरी यही असोज २२ गतेसम्म पसल सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन आदेश दिएको छ।नेपालले नेपाली जुत्ता उद्यमी समूह प्रा. लि. सँग सहकार्यमा सस्तो दरमा जुत्ता–चप्पल बिक्री गर्ने उद्देश्यले पसल सञ्चालन गर्न लागेका थिए। तर, इटहरी उपमहानगरपालिकाको नगर प्रहरीले पसलमा हस्तक्षेप गरी सामान जफत ग

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २८८ पटक पढिएको
  • भोक्रहा नर्सीङ गाउँपालिकामा नेपाल राइजिङ र कर्मयोग फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत वितरण

    सुनसरी । नेपाल राइजिङ र कर्मयोग फाउन्डेसनको सहयोगमा भोक्रहा नर्सीङ गाउँपालिकाका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ।हालैको अविरल वर्षाका कारण गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा व्यापक जनधनको क्षति पुगेको प्रति दु:ख व्यक्त गर्दै १०० घरधुरीलाई राहत सामग्री वितरण गरिएको हो।राहत वितरण कार्यक्रम बराहक्षेत्र नगरपालिका–१० का अध्यक्ष तेजबहादुर गुरुङ, समाजसेवी भीम कटुवाल, रमेश कुमार कार्की, स्थानीय युवा नेता जमालुधीन मन्सुरी र हैदर अली, प्रहरी प्रशासन तथा जनता युवा क्लबका स्थानिय युवाहरूको सक्रिय समन्वयमा सम्पन्न गरिएको हो।वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, तेल, स्वासीन, नुन, चिउरा, डालमोठ, बाल्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ३७७ पटक पढिएको
  • महिला बचत तथा ऋण सहकारी संस्था, इटहरीको २८ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न, ५० भन्दा बढी विशिष्ट व्यक्तित्व सम्मानित

    इटहरी । करिब एक अर्ब रुपैयाँको कारोबार नजिक पुगेको महिला बचत तथा ऋण सहकारी संस्था, इटहरीले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ ।   सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ५० भन्दा बढी विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै दिवसलाई विशेष बनाएको छ । कार्यक्रम प्रदेश सहकारी तथा प्रशिक्षण कार्यालय, कोशी इनरुवाका प्रमुख भुपेन्द्र खनालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष मुना तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा सहकारीले ७० वर्ष उमेर नाघेका ज्येष्ठ सदस्यहरूलाई नियमित भत्ता दिने पेन्सन सुविधा’ सुरु गर्ने नीति सार्वजनिक गरेको छ । यस्तै, गम्भ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ५३८ पटक पढिएको
  • तालतलैया फुटबल क्लबलाई एक लाख ५१ हजार राशिको उपाधि

    इटहरी । नव युवा क्लब बूढीगंगा–६, सुकुचर, मोरङद्वारा आयोजित पाँचौं बूढीगंगा सुकुचर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि इटहरीको तालतलैया फुटबल क्लबले हात पारेको छ । बुधवार सम्पन्न फाइनल खेलमा तालतलैयाले चुलाचुली स्पोर्टिङ क्लब दमकलाई २–० ले पराजित गर्दै उपाधि चुमेको हो । तालतलैयाका लागि विजय भुजेलले दुई गोल गर्दै उपाधि दिलाउन सफल हुनुभएको थियो । खेलको ३१ औँँ मिनेटमा विजयले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो भने ५२ औँ मिनेटमा पुनः अर्को गोल गर्दै जीत सुनिश्चित गर्नुभयो । उपाधि चुमेसँगै तालतलैया फुटबल क्लबले नगद एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चुलाचुली स्पोर्टिङ क्

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४७३ पटक पढिएको
  • परोपकार संस्था इटहरी–४ द्वारा विपन्न परिवारलाई राहत वितरण

    इटहरी । परोपकार संस्था इटहरी–४ ले एक गरिब, दुखी र कुष्ठरोगबाट पीडित परिवारलाई लत्ता–कपडा, खाद्यान्न र सुत्ने खाट वितरण गरी सहयोग गरेको छ । सस्थाका संस्थापक अध्यक्ष धात्री प्रसाद घिमिरे स्वयं उपस्थित भई बिन्देश्वर सदा नामका विपन्न व्यक्तिलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।  स्थानियहरूका अनुसार, उक्त बस्तीमा करिब ३० देखि ४० घरधुरी रहेका छन्। तर अहिलेसम्म सरकारले कुनै किसिमको सहयोग उपलब्ध गराएको छैन। सो क्षेत्रमा शौचालय, खानेपानी र अन्य आधारभूत सुविधा अभाव रहेकाले स्थानीय बासिन्दाहरू कठिन जीवन बिताइरहेका छन् ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]