All Posts By कोशी प्रेस

    Showing ४,१३१-४,१४० of १२,८९४ items.
  • वीरगञ्जको होटलमा बाबु छोरा मृत फेला

    इटहरी। वीरगञ्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बास बसेका बाबु र छोरा होटलको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार छिमेकी राष्ट्र भारतको वेस्ट बङ्गाल भुवनेश्वरका नागरिक रहेका ६७ वर्षीया सजल आचार्य र २४ वर्षीया सागर आचार्य भानुचोकमा रहेको होटलको कोठामा मृत फेला परेका हुन् । होटलले दिएको जानकारी अनुसार ती बाबु छोराले उपचारको लागि नेपाल आएको उल्लेख गर्दै असोज १९ गते आइतबार दुई दिनको लागि भनेर कोठा बुक गरेका थिए । आइतबार साँझ र सोमबार बिहान होटलमा खाना खाएका तर सोमबार साँझ र मङ्गलबार बिहान खाना

    • प्रकाशित मितिः असोज २२, २०८२
    • ४०७ पटक पढिएको
  • नेपालको आर्थिक वृद्धिदर २।१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२(८३ मा नेपालको आर्थिक वृद्धिदर २।१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो । गत आर्थिक वर्ष २०८१(८२ मा नेपालको आर्थिक वृद्धि दर ४।६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १।५ देखि २।६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • २५२ पटक पढिएको
  • भोजपुरका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित

    इटहरी । भोजपुरका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो । परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख स्रोत बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः सबै स्थानीय तहका किसानले मौरीपालन गर्दै आएका छन् । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ । यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल

    • प्रकाशित मितिः असोज २२, २०८२
    • २७३ पटक पढिएको
  • बाढीपहिरोबाट क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न झण्डै साढे १२ अर्ब लाग्ने अनुमान

    काठमाण्डौ  । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न झण्डै साढे १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा

    • प्रकाशित मितिः असोज २२, २०८२
    • १८७ पटक पढिएको
  • सुनसरीका बाढीपीडितलाई राहत वितरण

    इटहरी । सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन्। सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो। बाढीपीडितलाई चामल, भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताए। इनरुवा(४ मरिकटोलका ४० जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • १७५ पटक पढिएको
  • गोगनेमा अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

    भोजपुर | “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गोगनेमा आयोजना हुने भएको छ।युवाहरूमाझ खेलकुदप्रतिको रुचि बढाउँदै सामाजिक विकृति र विसंगतिलाई अन्त्य गरी आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले खेलकुद विकास समिति, गोगनेले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।प्रतियोगिता आगामी  असोज ३०, ३१ र कात्तिक १ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। प्रतियोगिता विद्येश्वर माध्यमिक विद्यालय, गोगनेको खेलमैदानमा बिहान ७ बजेदेखि प्रारम्भ हुनेछ।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः रु. ४१,

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ५६४ पटक पढिएको
  • पाँचथरको तुम्बेवा गाउँपालिकामा सालनालसहित नवजात शिशुको शव फेला

    इटहरी। पाँचथरको तुम्बेवा गाउँपालिकामा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । वडा –२ को मेवामा गएराति शव भेटिएको हो । मेवाको भिरमा भर्खरै जन्मिएजस्तो देखिने बालकको शव भेटिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताउनुभयो । उहाँका अनुसार अनकन्टार भिरमा फ्याकिएको उक्त शिशु कसैले अनाधिकृत रूपमा जन्माएर फ्याकेको हुनसक्ने आशङ्का गरिएको छ । शव भेटिएपछि घट्नास्थल पुग्नुभएका अध्यक्षसहितको टोलीले प्रहरी झिकाएर मुचुल्का उठाएको थियो । घट्नाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ३१६ पटक पढिएको
  • ‘माइतीघर’ले देशभर बटुल्यो प्रशंसा र सफलता, नेपालगञ्जमा सातै शो हाउसफुल

    काठमाडौं | नेपाली फिल्म ‘माइतीघर’ ले प्रदर्शन सुरु भएको केही दिनमै देशभर उत्साहजनक व्यापार गर्दै उल्लेखनीय सफलता हासिल गरिरहेको छ । बडादशैंको फूलपातीका दिनबाट प्रदर्शनमा आएको फिल्मले पछिल्ला दिनहरूमा दर्शकको प्रशंसा र साथ दुवै पाउँदै आफ्नो प्रदर्शनलाई अझ बलियो बनाएको छ । दशैंपछिको समयसँगै फिल्मको व्यापार झनै उचाइमा पुगेको बताइन्छ ।विशेषगरी मंगलवार नेपालगञ्जमा ‘माइतीघर’ ले बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा सातै शो हाउसफुल भएका छन्, जसले दर्शकबीच फिल्मप्रतिको उच्च उत्साह झल्काएको छ । निर्माता रोहित अधिकारी कलाकारहरूसहित सोमवार साँझ नेपालगञ्ज पुगेका थिए । उनका अनुसार हलमा पुग

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ४०१ पटक पढिएको
  • बाढी–पहिरो पीडितका लागि प्रभावकारी कदम चाल्न सरकारसँग तरूण दल सुनसरीको माग

    सुनसरी | हालैको अविरल वर्षाका कारण सुनसरीसहित देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोका घटनाले व्यापक जनधनको क्षति पुर्याएकोप्रति तरूण दल, सुनसरीले गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।एक विज्ञप्तिमार्फत दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तुरुन्तै प्रभावकारी कदम चाल्न जोडदार माग गरेको छ। साथै, विपद् व्यवस्थापनमा संलग्न सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई थप सक्रियता र समन्वयका साथ कार्य गर्न पनि अपिल गरिएको छ।विज्ञप्तिमा भनिएको छ, “आजको दिनमा पीडितहरूप्रति समवेदना प्रकट गर्नु मात्र पर्याप्त हुँदैन, प्रत्येक नागरिकले सकेको सहयोग गर्नुपर्ने समय

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ४३१ पटक पढिएको
  • झापामा दुई हजार परिवारलाई राहत सामग्री

    इटहरी । झापामा बाढीका कारण सबैभन्दा बढी प्रभावित र विस्थापित बनेको झापा गाउँपालिकाका बाढी पीडितलाई खाद्यान्न राहतको आवश्यकता टड्कारो देखिएको भन्दै त्यो जुटाउन सुरु गरिएको छ । वर्षा रोकिएपछि अवस्था सामान्यतर्फ उन्मूख भए पनि झण्डै ५ हजार घर परिवारका २५ हजारभन्दा बढि बाढी पीडितलाई खाद्यान्नको अभाव हुने देखिएको बताइएको छ । पालिकाको अधिकांश घरहरू डुबानमा पर्दा त्यहाँ रहेको खाद्यान्न र लत्ता कपडा केही पनि बाँकी रहेको छैन । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार आफु प्रकोपको क्षेत्रमा झापामा ४ दशक अघिदेखि काम गर्दै आएको तर यस्तो विपत्ति अहिलेसम्म नदेखेको बताउनुभयो । यति धेरैको सङ्ख्

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]